Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • विद्युत कर्मचारी संघ लुम्बिनी प्रदेशको भेला नेपालगञ्जमा
विद्युत कर्मचारी संघ लुम्बिनी प्रदेशको भेला नेपालगञ्जमा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ १३, २०७९ बागेश्वरी पोस्ट
विद्युत कर्मचारी संघ लुम्बिनी प्रदेशको भेला नेपालगञ्जमा

नेपालगञ्ज । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेश समितिको भेला तथा अन्तरक्रिया कार्यक्रम आज नेपालगञ्जमा सम्पन्न भएको छ । भेला तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गरेका थिए ।

No description available.

कार्यक्रमलाई सम्बोधन गर्दै पुनले जनतालाई सुशासनको प्रत्याभूति दिने गरी उत्कृष्ट कार्यसम्पादन गर्न आग्रह गरेका छन् । उनले आफ्ना हक अधिकार रक्षाका पक्षमा काम गर्न पनि आग्रह गरे । सभापति पुनले विद्युत प्राधिकरण आर्थिक उन्नतिको महत्वपूर्ण मेरुदण्ड भएको भन्दै गम्भीरतापूर्वक काम गर्न आग्रह गरे । उनले विद्युतको क्षेत्रमा हिजोको तुलनामा आज निकै सुधार भएको चर्चा गर्दै कर्मचारीतन्त्रले अझ मजबुत बनाउने विश्वास व्यक्त गरे । पुनले कर्मचारीहरुलाई आफ्नो दायित्व निभाउँदै उपभोक्तालाई छिटो, छरितो र प्रभावकारी सेवा सुविधा दिने विषयमा लाग्न आग्रह गरे । उनले सिंगो पार्टी पंक्ति कर्मचारीहरुको पक्षमा रहेको बताउँदै अप्ठेरो पर्दा साथमै रहने प्रतिबद्धता जनाए ।

No description available.

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका केन्द्रीय अध्यक्ष जनार्दन भट्टराईले कर्मचारीहरुको अधिकार कटौती गरिएको भन्दै संघले यस विषयमा तत्काल छिनोफानो गर्न दबाब बढाउने बताए । उनले संस्था जोगाउन कर्मचारी संघले गरेका कामहरुको चर्चा गर्दै विद्युत प्राधिकरणलाई नाफामा पुर्याउन आफूहरुको विशेष योगदान रहेको उल्लेख गरे । उनले सरुवा, बढुवा र ओभर टाइम (ओटी) का विषयमा संघ बोल्नै नपर्ने भएपनि बोल्नुपर्ने अवस्था सिर्जना गरिएको भन्दै पूरापूर ओटी दिलाउन कर्मचारी संघ लाग्ने दृढता व्यक्त गरे । भट्टराईले प्राधिकरणमा आग्रह पूर्वाग्रह राखेर कर्मचारीहरुका बीचमा भेदभाव भइरहेको बताउँदै सम्बन्धित पक्षलाई सच्चिन आग्रह गरे । ज्यालादारी कर्मचारीहरुको समस्यामा संघ जोडदार ढंगले लागिरहेको विगत स्मरण गराएका उनले ज्यालादारीका विषयमा विद्युत प्राधिकरणको व्यवस्थापन पक्ष सकारात्मक रहेको आफूले पाएको उल्लेख गरे ।

नेपाली कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले विद्युत प्राधिकरण कर्मचारी संघले उपभोक्तालाई सन्तुष्ट बनाउँदै आफ्ना हक अधिकार सुरक्षित गर्न ध्यान दिनुपर्ने बताए । नागरिकसंग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले सेवा प्रवाहमा उत्कृष्टता जरुरी रहेको गौडेलको भनाई छ । उनले कर्मचारी संघलाई कर्मचारी हक हितका पक्षमा दृढताका साथ उभिन आग्रह गरे ।

भेला तथा अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष मुकुन्द अधिकारी, बाँके अध्यक्ष रामबहादुर मल्ल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कर्मचारी संघ लुम्बिनी प्रदेश अध्यक्ष दुर्गाप्रसाद जैसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रोहिन्द्र भण्डारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । सचिव शक्तिराज घिमिरेले सञ्चालन गरेको भेला तथा अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका विद्युत कार्यालयका प्रमुख एवम् प्रतिनिधि, कर्मचारी संघमा आवद्ध कर्मचारी लगायतको उपस्थिति रहेको सहसचिव भाइराजा श्रीवास्तवले जानकारी दिए ।

No description available.May be an image of 2 people, people standing, balloon and indoorMay be an image of 2 people, people sitting and people standing


प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  २०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP