prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा भोलिदेखि दोस्रो वेष्टर्न ट्राभल मार्ट हुँदै
नेपालगञ्जमा भोलिदेखि दोस्रो वेष्टर्न ट्राभल मार्ट हुँदै
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ १४, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा भोलिदेखि दोस्रो वेष्टर्न ट्राभल मार्ट हुँदै

नेपालगञ्ज । नेपालगञ्जमा भोलिदेखि दोस्रो वेष्टर्न ट्राभल मार्ट हुँदैछ । पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीन दिने दोस्रो वेष्टर्न ट्राभल मार्ट हुन लागेको हो । माघ १५ देखि १७ गतेसम्म नेपाल पर्यटन बोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल एशोसिएसन अफ नेपाल (हान) बाँके, होटेल व्यवसायी संघ बाँके लगायतका संघसंस्थाहरुको सहकार्यमा दोस्रो संंस्करणको प्रारम्भका रुपमा Gateway of Western Nepal प्रमुख नाराका साथ WTM 2023-FAM Trip with Sales Mission (परिचयात्मक भ्रमण कार्यक्रम २०७९) गर्न लागिएको हो । नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर वेष्टर्न ट्राभल मार्टका संयोजक श्रीराम सिग्देलले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । गत वर्ष पनि नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट आयोजना गरिएको थियो । 

सिग्देलले यो कार्यक्रममार्फत ठूलो संख्यामा भारतीय पर्यटक पश्चिम नेपालमा ल्याउन सफल हुन लागेको बताए । उनले पर्यटन व्यवसायीहरुको व्यवसायिक विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत बजारका टूर अपरेटर एवम् पर्यटन व्यवसायीसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न नेपाल पर्यटन बोर्ड र सरकारका अन्य निकायसँगको साझेदारी तथा वेष्टर्न ट्राभल मार्टको आयोजनामा ट्राभल एजेन्ट्स एशोसियसन अफ इण्डिया (TAAI) बाट कार्यकारी निकाय समेत ७५ जना भारतीय बजारमा बजारीकरण गर्न भारतीय सीमावर्ती सहरका ४० जना टूर अपरेटर र आन्तरिक पर्यटन व्यवसायीहरु गरी करिब ३०० जना महत्वपूर्ण व्यक्तित्वहरुको सहभागिता रहने बताए । काठमाडौं उपत्यका लगायत सातै प्रदेशका पर्यटन व्यवसायीहरुको ठूलो भेला तथा सम्मेलन गरी स्थानीय संस्कृति, टूर प्याकेज र लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा पर्यटक आकर्षण गर्नेे मुख्य उद्देश्यका साथ यो मार्ट सञ्चालन गर्न लागिएको बताइएको छ । 

वेष्टर्न ट्राभल मार्टमा सहभागी भारतीय टूर अपरेटरहरु र नेपालका पर्यटन व्यवसायी समेतको सहभागितामा पहिलोपटक कैलाश मानसरोवर दुरदर्शनको निम्ति हवाई कम्पनी बुद्ध एयरसँग सम्झौता पनि गरिसकेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । यो कार्यक्रम सिंगो नेपालको पर्यटकीय क्षेत्रको विकासका लागि नै कोषेढुंगाका रुपमा स्थापित हुने विश्वास आयोजकको छ । त्यसका लागि पहिलो चरणमा भारतीय मूलधारका प्रमुख सञ्चारमाध्यममा आबद्ध ९ जना भारतीय पत्रकारसहित ४१ जना ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डियाका प्रमुख पदाधिकारीहरु कैलाश मानसरोवर दर्शनका लागि निश्चित गरिसकेको संयोजक सिग्देलले बताए । यसबाट पश्चिम नेपालका पर्यटकीय गन्तव्य तथा गतिविधिहरुको प्रचारप्रचार हुन गई कैलाश मानसरोवर दुरदर्शन समेतका लागि माउन्टेन फ्लाइटको नेपालगञ्जबाट सुरुवात गराई पर्यटक आगमन संख्या बढ्न जाने अपेक्षा आयोजकको छ । 

यस्तै प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा भोलि सन्ध्याकालीन महाआरती गरिनेछ । नेपालगञ्ज उपमहानगरपालिकाको साझेदारी भोलिदेखि हाललाई साप्ताहिकरुपमा महाआरती गरिने बताइएको छ । संयोजक सिग्देलले बागेश्वरीमा गरिने महाआरतीले निरन्तरता पाउने विश्वास दिलाउँदै यसले नेपालगञ्जलाई धार्मिक पर्यटकीय दृष्टिकोणले एउटा महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्ने आशा पलाएको बताए । साथै कर्णाली नदीमा ¥याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगञ्जका होटेल तथा क्यासिनोहरुको भ्रमण गराई प्रत्यक्ष अनुभव प्रदान गर्ने उद्देश्य रहेको छ ।

यो कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका, हान बाँके, पर्यटन प्रवद्र्धन मञ्च बाँके लगायत सञ्चारकर्मीहरु, पर्यटन व्यवसायी सबैको हातेमालो रहने विश्वास आयोजकले लिएको छ । पत्रकार सम्मेलनमा वेष्टर्न ट्राभल मार्टका संयोजक सिग्देल, सदस्य सचिव कृष्णप्रसाद श्रेष्ठ, हानका दिवाकर खनाल, बुद्ध एअरका विनित शाह लगायतले कार्यक्रमको बारेमा जानकारी दिएका थिए । 

    


प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP