prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छ: मन्त्री गिरी
विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छ: मन्त्री गिरी
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ १४, २०७९ बागेश्वरी पोस्ट
विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छ: मन्त्री गिरी

नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपाली जनताको विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गर्ने बताएका छन् ।

पर्वतको महाशिला गाउँपालिका वडा नं ६ फलामखानीमा आज  आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री गिरीले मङ्सिर ४ मा भएको निर्वाचनले दिएको जनादेशअनुसारको सरकार निर्माण भएको स्पष्ट पारे । यो सरकारको एउटै मात्र लक्ष्य विकास र समृद्धि भएको उनले बताए ।

मुलुकभित्र सञ्चालित भौतिक पूर्वाधारका काम समयमै सम्पन्न गर्न सरकारले सम्बन्धित निकायलाई ताकेता गरिरहेको बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मन्त्रालयका सचिव र मातहतका कार्यालयका प्रमुखहरुलाई बोलाएर निर्देशन दिइसकेको बताए ।

वर्तमान सरकार गठन भएको एक महिनामै अर्थतन्त्रमा सुधारका संकेत देखिएको उनको दाबी थियो । अब पुँजीगत खर्चको दायरालाई तीव्र रुपमा वृद्धि गरिने र अवरुद्ध भएका राष्ट्रिय गौरवलगायत महत्वपूर्ण योजनाको काम धमाधम हुने उनको जिकिर छ ।

सरकारले आर्थिक मितव्ययिता अपनाउन विभिन्न खालका निर्णय समेत गरिसकेको बताउँदै अर्थतन्त्रको विकासमा सरकारको मुख्य ध्यान गएको जनाए । उनले आफू स्वास्थ्य मन्त्रीमा नियुक्त भैसकेपछि ग्रामीण क्षेत्रसम्म कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने अध्ययन गरी समस्याहरुको पहिचान गरिरहेको बताए ।

उनले केपी ओली सरकारका पालामा शुरु गरिएका सबै पालिका स्तरका आधारभुत अस्पताललाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे कुनै पनि अस्पताललाई बजेटको कमी हुन नदिइ समयमै अस्पताल निर्माण सम्पन्न गरेर गुणस्तरीय सेवा प्रवाह शुरु गर्न आफ्नो ध्यान केन्द्रत गर्ने उनको भनाइ छ ।

मन्त्री गिरीले विगत सात दशकदेखि बन्द रहेको तत्कालीन फलामखानी गाविसमा रहेको फलामखानीको पुनः उत्खनन्का लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताउँदै फलामखानी उत्खनन् गर्न सकेमा गण्डकी प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री गिरीले अघिल्लो संसदको कार्यकालमा पर्वतका सबै पालिकामा कालोपत्रे सडक सुविधा पुर्याएको बताउँदै अबको पाँच वर्षमा जिल्लाका ६१ वटै वडाका केन्द्रमा कालोपत्रे सडक पुर्याउने प्रतिवद्धता जनाए । त्यसैगरी एक घर एक धारा खानेपानी, सिँचाई, स्वास्थ्य पूर्वाधार र गुणस्तरीय शिक्षा विस्तारमा समेत सक्रिय रहने उनले बताए । रासस।

 

 


प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १८:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP