prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ‘सबैका प्रिय मख्खन’
‘सबैका प्रिय मख्खन’
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ३, २०७६ बागेश्वरी पोस्ट
‘सबैका प्रिय मख्खन’

नेपालगञ्ज । समाजमा अधिकांश मानिसहरु प्रतिष्ठा र धन कमाउनकै लागि रातदिन दौडिरहन्छन् । कोही सफल हुन्छन् त कोही निराश हुँदै आफ्नो बाटो नै परिवर्तन गर्दछन् । पछिल्लो समयमा बेरोजगारीको समस्याले थलिएको नेपाली समाजमा युवाहरुको एक मात्रै सपना भनेकै सरकारी सेवामा छिर्ने नत्र ऋण गरेरै भएपनि खाडी मुलुक छिर्ने हुन्छ ।

nepalgunj 081-082

सबै विदेश वा सरकारी सेवामा मात्रै सपना देख्ने मात्रै छैनन्, केही युवाहरु यस्ता छन्, जसले परिवार र समाजले गर्न सकिँदैन भन्ने मान्यता राखेका असम्भव अवस्थाहरुलाई चिरेर पनि सरल तरिकाले लक्ष्य पूर्ति गर्दछन् । त्यस्तै मध्येका एक हुन्–मख्खन बहादुर धामी ।

आफूमा भएको ज्ञान, सीप र क्षमतालाई समयमै चिनेर उपयोग गर्दै दैनिकीलाई सबल बनाइरहका संघर्षशील युवा मख्खन अहिले रोजगारी पाइएन भन्दै भौंतारिरहेका युवाहरुका लागि प्रेरणाका स्रोत समेत हुन् । यिनै युवा अहिले उद्योगी व्यापारीहरुको छाता संगठन नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा सदस्य पदमा उम्मेदवारी दिएर मत माग्दै हिँडेका छन् । आफ्नो काममा अहोरात्र खटिरहने मख्खनले अब व्यापारी नेताको रुपमा आफूलाई अघि सारेका छन् ।

‘अहिलेसम्म आफ्नो लागि धेरै गरियो’, उनले भने–‘अब हरेक उद्योगी व्यवसायीहरुको हकहित र अधिकारका लागि संघमा आउन चाहेका हुँ ।’ कम उमेरमै आफूलाई सफल व्यवसायी सावित गराइसकेका मख्खन सबै उद्योगी व्यवसायीका प्रिय मानिन्छन् । सहयोगी मित्रवत् र साथीभाईसँग छिटो घुलमिल हुन सक्ने मख्खन सहयोगी स्वभावका भएका कारण यहाँका उद्योगी व्यवसायीका बीच प्रिय छन् ।

वि.सं २०४१ साल भदौ ५ गते बर्दियाको साविक गोला गाविस ४ मा जन्मिएका मख्खन अहिले नेपालगञ्जका सफल र प्रखर सफल युवा व्यवसायी हुन् । उनले आफ्नो वुद्धिलाई सही तरिकाले उपयोग गर्दै परिवारले सम्भावना नदेखेको क्षेत्रमा सम्भावनाका डोबहरुलाई हुर्काउन सफल भए । आमा ललितरा धामी र पिता हंश बहादुर धामीको माइलो सन्तान हुन् उनी ।

मख्खनका पिता सरकारी जागिरे हुन् । दिदीपछि जन्मेका कारण उनलाई परिवारले पढाई लेखाई गरी सरकारी जागिरमा प्रवेश गराउने सपना पालेका थिए । तर, सानैदेखि आफ्नो जीवनको बाटो आफैं खोज्नुपर्छ भन्ने मान्यता राख्ने मख्खनले पारिवारिक सपना भन्दा विल्कुलै फरक आफ्नै बाटो खोजेर सबैको अगाडि सफल समेत भएका छन् । ‘म सानैदेखि सबैको मायालु नै थिएँ, त्यसैले नामजस्तै सबैले मख्खन जस्तो स्वभाव भएको भन्थे,’ उनले भने, ‘ज्ञानी भएकै कारण बुवा आमाले पनि पढाई सकेर सरकारी क्षेत्रमा जागिर गरोस् भन्ने थियो, तर, मैले आफ्नै सपना पूरा गर्न व्यवसायी बने ।’

व्यवस्थापन विषयमा काठमाडौंबाट आइकम गरेपछि धामी स्नातक अध्ययनका लागि पुनः नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पसमा फिर्ता भएका थिए । त्यस बीचमा उनले १२ हजारमा मार्केटिङ्गको जागिर शुरु गरे । उनको पढाई अब्बल भएका कारण आफ्ना काका मार्फत् खाना सप्लाई गर्ने कार्यमा मार्केटिङ्गको जागिर सुरु गरे । आज भन्दा १४ वर्ष अघिदेखि वस्तुको बजार व्यवस्थापन क्षेत्रमा धामी सक्रिय रहेका छन् । ‘जब महेन्द्रमा स्नातक अध्ययनका लागि आएँ, अनि आफैं कमाउनुपर्छ भन्ने सोचाई आयो,’ उनले भने, ‘मेरो काका भरत चलाउने विश्व खाद्य कार्यक्रमलाई खाद्यान्न उपलब्ध गराउने कार्य गर्नुहुन्थ्यो, त्यहाँ मार्केटिङ्ग म्यानेजरको रुपमा मलाई पनि काममा लगाइदिनुभयो ।’

खाद्यान्न खरिद बिक्री र बाहिर जिल्लामा पठाएको हिसाब किताब गर्ने काम गर्दा वि.सं २०६१ सालतिर आफ्नो तलब मासिक १२ हजार रहेको धामीले सुनाए । ‘त्यहाँ विश्व खाद्यले स्थानीय खाद्यान्नहरु खरिद गरी दुर्गम क्षेत्रका जनताहरुका लागि गैरसरकारी संस्थाहरुलाई उपलब्ध गराउँथ्यो । त्यतिबेला पढाई विग्रन्छ, अस्थायी जागरिमा नलाग पनि भन्नुभयो, तर मैले आफैं केही नयाँ सम्भावना खोज्नुपर्छ भन्ने मनसायले एक वर्षसम्म त्यहाँ काम गरे ।’ एक वर्षपछि अर्को कम्पनीमा दुई क्षेत्रको मार्केटिङ्ग हेर्ने गरी जागिर मिलेपछि छोडेको उनले बताए ।

वि.सं २०६२ देखि चाचन ग्रुपमा खाद्यान्न सप्लाईको लागि मध्य तथा सदुरपश्चिमको मार्केटिङ्ग म्यानेजरको रुपमा मख्खको जागिर सुरु भयो । सुरुवातीमा चाचानमा २० हजारबाट सुरु भएको जागिर आठ वर्षपछि छाड्ने बेला करिब ६० हजार बढी पुगेको उनको भनाई छ । ‘चाचनमा श्री एग्रो प्रोसेशिङ्ग र नारायणी मोडर्न प्रोडक्सन इण्डस्ट्रिजका उत्पादनहरु बजारमा पु¥याउने गर्दथ्यौं,’ उनले भने, ‘मेरो कामलाई राम्रो देखेपछि जागिर गरेको केही समयमा नै सेवा सुविधामा बृद्धि भएको थियो ।’ परिवारको भरमा नपरी आफ्नै प्रयासबाट केही गर्नुपर्छ भन्ने सोचाईका कारण आफूले छोटो समयमा नै लक्ष्य पहिल्याएको धामीको भनाई छ । आफन्तको चुनौतीले आफ्नै व्यवसाय कम्पनीमा सेवा सुविधा राम्रै हुँदा पनि आफन्तको किचलोका कारण आफैं व्यवसाय गर्ने मोडमा पुगेको उनी बताउँछन् ।

‘चाचनमा सन्तुष्ट हुने गरी नै सुविधा पाएको थिएँ, तर त्यहाँ मेरो एकजना आफन्त हुनुहुन्थ्यो उहाँले आफैं गरेर देखाउन च्यालेन्ज गर्नुभयो,’ उनले भने, ‘रिस नै मानेर भनेपनि उनैको चुनौतीका कारण आज आफ्नै कम्पनी स्थापना गरी काम गर्न सफल भएको छु, जीवनमा केही गर्न चुनौती दिने पक्ष पनि हुनुपर्दो रहेछ ।’ विस्तारै एकपछि अर्को खुड्किलो चढ्दै जाँदा सफलता प्राप्त हुने मख्खनको अनुभव छ । करिब पाँच वर्ष अगाडि कम्पनीको जागिर छाडेर आफ्नै सप्लायर्स कम्पनी निकिता इन्टरप्राइजेज मार्फत् व्यवसायीहरुको आवश्यकता अनुसारका सामग्रीहरु उपलब्ध गराउँदै आएका छन् । जीवनमा सधैं अरुको व्यवसायका लागि पसिना बगाउँदै आएका मख्खनले आफनै सप्लायर्स कम्पनी मार्फत् सेवा सुरु गरेपछि पहिलो पटक सपना पूरा भएको महसुस गरेको बताए ।

व्यवसायसँगै सामाजिक सेवामा क्रियाशील मख्खन राजनीतिमा पनि उत्तिकै अब्बल छन् । महेन्द्र बहुमुखी क्याम्पसका पूर्व स्ववियु सदस्य, लायन्स क्लव अफ नेपालगञ्जका कोषाध्यक्ष, बर्दिया नेपालगञ्ज सम्पर्क समितिका पूर्व सभापति मख्खन रेडियो सद्भावका बोर्ड अफ डाइरेक्टर समेत हुन् । मख्खन बहादुर धामी आगामी माघ ११ गते हुने नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट सदस्य पदका उम्मेदवार हुन् । उनको सरल र सबैसंग घुलमिल हुने स्वभावले सबै मतदाताका प्रिय उम्मेदवार बनेको चर्चा सुनिन्छ । व्यवसायिक हकहितका लागि केही गर्ने हुट्हुटी बोकेका धामी खुला सीमाका कारण नेपालगञ्जका व्यवसायीले भोग्दै आएको पीडामा मल्हम लगाउन पर्यत्न गर्ने बताउँछन् ।

नेपालगञ्जको व्यवसायिक क्षेत्रलाई समस्यामुक्त बनाउँदै अव्यहारिक कर नीतिका विरुद्ध आवाज बुलन्द गर्ने अभियानमा जोडिन उनी आतुर छन् । नेपालगञ्ज उद्योग बाणिज्य संघको साख र गरिमालाई अझ उँचो र चम्किलो बनाउँदै संघलाई सम्पूर्ण व्यवसायीहरुको आस्था र भरोसाको केन्द्र बनाउने अभिलाषामा जोडिन सबै उद्योगी व्यवसायीहरुले आफूलाई निर्वाचनमा साथ दिने विश्वास मख्खनमा छ ।


प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  १२:५६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP