prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस क्षेत्र नम्बर २ बाँकेद्वारा माया सदनमा फलफूल वितरण
कांग्रेस क्षेत्र नम्बर २ बाँकेद्वारा माया सदनमा फलफूल वितरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ १७, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस क्षेत्र नम्बर २ बाँकेद्वारा माया सदनमा फलफूल वितरण

नेपालगञ्ज । नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले नेपालगञ्ज-२२ पुरैनीस्थित माया सदनमा फलफूल वितरण गरेको छ । सहिद दिवसको अवसर पारेर क्षेत्रीय कार्यसमितिले माया सदनका बालबालिकाहरुलाई आज फलफूल वितरण गरेको हो । नेपाली कांग्रेस बाँकेले यो पटकको सहिद दिवस सामाजिक र सिर्जनात्मक काम गरेर मनाउने नीति लिएपछि जिल्लाभर यसै प्रकारका कार्यक्रम गरिएको छ । 

क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको सभापतित्व एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्य तथा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको विशिष्ट आतिथ्यतामा फलफूल वितरण कार्यक्रम गरिएको हो । त्यसक्रममा बोल्ने बक्ताहरुले सामाजिक र मानवीय सेवालाई केन्द्रविन्दुमा राखेर कांग्रेसले सहिद दिवस मनाएको चर्चा गर्दै समाजमा कुनै न कुनै रुपमा योगदान दिन सबै प्रतिबद्ध रहनुपर्नेमा जोड दिएका छन् । 

केन्द्रीय सदस्य बाल्मिकीले माया सदन जस्तो पवित्र ठाउँमा आएर फलफूल वितरण हुनु आफैंमा पूण्य काम भएको बताउँदै सराह्रनीय कार्यका लागि क्षेत्रीय कार्यसमितिलाई धन्यवाद दिए । सभापति गौडेलले कांग्रेस सबैका माझमा पुग्दछ भन्ने सन्देश यसपटकको सहिद दिवसमा दिएको बताउँदै बालबालिकाहरुलाई फलफूल वितरण गर्न पाउँदा धन्य भएको बताए । 

निवर्तमान पार्टी सभापति किरण कोइरालाले क्षेत्रीय कार्यसमितिले गरेको कार्य प्रशंसनीय भएको बताइन् । क्षेत्रीय सभापति गुप्ताले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको भन्दै यसपटकको सहिद दिवस परम्परागत ढंगले नभई पृथक ढंगले मनाइएको बताए । बालबालिकाहरुलाई फलफूल वितरण गर्न पाउँदा आफूहरु गौरवान्वित भएको गुप्ताले उल्लेख गरे । 

माया सदनका अध्यक्ष निर्मल रोकायले सहिद दिवसको अवसर पारेर कांग्रेस क्षेत्र नम्बर २ कार्यसमितिले माया सदनलाई सम्झेकोमा खुसी ब्यक्त गर्दै धन्यवाद दिए । उनले माया सदनमा अहिले १२१ जना बालबालिका रहेको बताए । माया सदनले यहाँ बस्ने बालबालिकालाई आफैं विद्यालय सञ्चालन गरेर कक्षा १ देखि ५ सम्म पढाउँदै पनि आएको छ ।  २०५७ सालमा जुम्लाबाट सुरु भएको माया सदन अहिले सात वटा प्रदेशमा विस्तार भएको रोकायले जानकारी दिए । 

No description available.

फलफूल वितरण कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णाकुमारी सापकोटा, बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, निवर्तमान उपसभापति सुनिलनरसिंह राणा, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, प्रबक्ता डिल्ली गिरी, लुम्बिनी प्रदेशसभाका सांसदहरु माया पुन, सुशिला नेपाली (बादी) र मिनाकुमारी बोहरा सिद्धिकी, निवर्तमान सांसदहरु सुरेन्द्रबहादुर हमाल र मो.याकुब अन्सारी, क्षेत्रीय नम्बर २(ख) का सभापति जितेन्द्रबहादुर हमाल (कैलाश), नेपालगञ्ज उपमहानगरपालिकाकी निवर्तमान उपमेयर उमा थापा मगर लगायत उपस्थित थिए । क्षेत्रीय सचिव प्रदिप साहुले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य सहसचिव तरुणकुमार बज्राचार्यले गरेका थिए । 

नेपाली कांग्रेस बाँकेले पनि हिजो सहिद दिवसको अवसरमा नेपालगञ्ज १० आदर्शनगरस्थित मानव सेवा आश्रममा खाना खुवाएको थियो । क्षेत्र नम्बर १ ले कोहलपुरमा रक्तदानसंगै विरामीलाई फलफूल वितरण गरेको थियो । 

No description available.


प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  २०:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP