prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • रौनियार प्यानलद्वारा प्रतिबद्धता–पत्र सार्वजनिक
रौनियार प्यानलद्वारा प्रतिबद्धता–पत्र सार्वजनिक
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ३, २०७६ बागेश्वरी पोस्ट
रौनियार प्यानलद्वारा प्रतिबद्धता–पत्र सार्वजनिक

नेपालगञ्ज। यही माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ ।

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको प्रचार कार्यालय भानुभक्त चोक न्यूरोडमा शुक्रबार एक समारोहका बीच नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अच्युत प्रसाई, नेपाली काँग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणा, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौेडल, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका पूर्वअध्यक्ष जगदीश बैश्य, काँग्रेस नेता सुरेश कनोडियालगाायतले ७ पृष्ठ लामो प्रतिबद्धता–पत्र सार्वजनिक गर्नुभएको हो ।

रौनियार समूह विजयी भए उद्योगी व्यवसायीहरुको सुरक्षा र सम्मान गर्ने, उद्योग बाणिज्य संघप्रति उद्योगी व्यवसायीहरुको घट्दै गएको विश्वास पुनः फर्काउने प्रतिबद्धता–पत्रमा उल्लेख गरिएको छ । प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै प्रचार संयोजक धु्रब प्रसाद दाहालले नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर अस्तव्यस्त नेपालगन्ज बजारलाई व्यवस्थित गरिने उल्लेख गर्नुभयो । संस्थागत विकासदेखि पेशागत तथा बिषयगत संघसंस्थाहरुसँग सहकार्य गर्ने प्रतिबद्धता–पत्रमा उल्लेख गरिएको छ ।

प्रतिबद्धता–पत्रमा व्यवसायिक सुदृढिकरणका लागि आवश्यक नीतिगत सुधारको पहल गर्ने, व्यवसायीहरुको प्राज्ञिक विकासलाई विस्तार गर्ने, सुख्खा बन्दरगाह निर्माणका लागि सम्बन्धित निकायसँग पहल गर्ने, सूचना र संचार पारदर्शीताको आधार भन्ने नारालाई चरितार्थ गर्ने उल्लेख गरिएको छ । त्यसैगरी नेपालगन्ज उद्योग बाणिज्य संघको अल्पकालीन तथा दीर्घकालीन रणनैतिक योजना तथा कार्ययोजना तयार गर्ने र कार्यान्वयन गर्ने, संघको विधान अक्षरसः पालन गर्दै संघको मानमर्यादालाई उच्च बनाउनुका साथै विधानमा भएको कमी कमजोरीलाई विधानमा संशोधन समायानुकूल सुधार गर्ने प्रतिबद्धता–पत्रमा उल्लेख छ ।

प्रतिबद्धता–पत्र सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दै संघका पूर्वअध्यक्ष अच्युत प्रसाईले उद्योग बाणिज्य संघको गरिमा जोगाउन रौनियार प्यानल जित्नुको विकल्प नभएको बताउनुभयो । संघमा परिपक्व नेतृत्व जरुरी छ उहाँले भन्नुभयो–‘रौनियार प्यानल सक्षम र योग्य छ ।’ प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम शर्माको सभापतित्वमा भएको कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व महासचिव विष्णु लामिछानेले स्वागत मन्तव्य दिनुभएको थियो ।

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतलाई अघि सारेको छ । यस्तै अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ र सुरेन्द्र सिंह सरदार सदस्य पदका उम्मेदवार रहनुभएको छ।


प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  १७:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP