prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नैतिकताको घेराबन्दीमा रवि लामिछाने
नैतिकताको घेराबन्दीमा रवि लामिछाने
banijya office
"सर्वसाधारणले यो गल्ती गरेको भए अहिले सजाय भोगिरहेका हुन्थे"
बागेश्वरी पोस्ट
बिहीबार, माघ १९, २०७९ बागेश्वरी पोस्ट
नैतिकताको घेराबन्दीमा रवि लामिछाने
फाइल फोटो

नेपालगन्ज । सर्बोच्च अदालतको फैसलाबाट सांसद गुमाएका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने यतिबेला नैतिकताको घेराबन्दीमा परेका छन् । संचारकर्मी हुँदा नागरिकलाई परेको समस्या समाधान गर्ने सारथी बनेका रविले सरकारी तहबाट भएका स–साना कमजोरीलाईसमेत कोट्याउने गर्दथे । 

nepalgunj 081-082

अहिले तिनै रवि नागरिकता र राहदानीजस्तो गम्भीर प्रकृतिको विवादमा फस्दा समेत कहिँ कतै नैतिकताको घेरामा परेको महसुस गरेका छैनन् । उनको नागरिकताको विवाद उनी राजनीतिमा पाइला चाल्नुअघि नै उब्जिएको घटना हो । त्यसलाई उनले बेवास्ता गर्दै आए । मुद्दा पर्दासमेत उनले कानूनको पालना गर्ने भन्दै आए। 

तर व्यवहारमा उनले त्यसलाई बेवास्ता गर्दै आए । नागरिकताको मुद्दा चलिरहँदा उनी गृहमन्त्री नै भइदिए । मुद्दा खेपिरहेको व्यक्तिलाई गृहमन्त्री बनाउने प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड त यो विषयमा चुके नै रवि स्वयंको नैतिकतामाथि गम्भीर प्रश्न खडा भएको छ । 

यसलाई पनि उनले बेवास्ता गरे । हुँदाहुँदा सर्वोच्च अदालतले उनको नागरिकता गैरकानूनी बताइदिएसँगै उनको सांसदको पद गएको छ । उनले उपप्रधान तथा गृहमन्त्रीको पद गुमाए । त्यतिमात्र हैन राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदसमेत उनले गुमाउन पुगे । 

रविले गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुनः नागरिकता लिएका छन् । यसको मतलब यसअघिका उनका जति पनि गतिविधि नागरिकताको प्रयोग गरेर भएका थिए त्यो राज्यका लागि धोकाधडी र बेइमानी सावित भयो । उनले त्यसमा सजाय पाउन बाँकी नै छ । सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएकै छैन । 

सर्वसाधारणले यो गल्ती गरेको भए अहिले सजाय भोगिरहेका हुन्थे । रविले अहिलेसम्म त्यो छुट पाएका छन् । उनले पुनः नागरिकता प्राप्ति गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद त फिर्ता नै पाइसकेका छन् । उनको प्रयास पुनः गृहमन्त्री बन्ने रहेको छ । 

नागरिकताको विषय त समाधानको बाटोमा लाग्यो तर उनले दोहोरो नागरिकतासँगै दोहोरो राहदानी लिएको विषय पनि छ । नेपालको कानूनले दोहोरो नागरिकता र दोहोरो राहदानीको सुविधा दिएको छैन । रवि कानूनी हिसाबले फसिकसेका छन् । तर सत्ताको लागि जेसुकै गर्न तयार रहने दलका नेताहरुका कारण अहिलेसम्म रविमाथि कुनै कारबाही भएको छैन । 

उनले सहजै नागरिकता पाए । तर पुरानो नागरिकताको गलत प्रयोग गरी देशलाई झुक्क्याएर कुनै दल खोल्नु र सांसदजस्तो गरिमामय पदका लागि उम्मेदवार बन्नु अनि जितेर आएर गृह जस्तो संवेदनशील मन्त्रालय समेत हडप्नुले रविको अपराध क्षम्य छैन । 

र पनि उनको काँध थापिरहेका छन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । हुनत संविधान मिचेर दुई पटकसम्म संसद नै विघटन गर्ने ओलीको नैतिकतामाथि पहिलेदेखि नै प्रश्न उठेकै हो । तर रविजस्तो जनताको सारथी बनेको व्यक्ति राजनीतिमा लागेपछि एकाएक आफ्ना कमजोरी लुकाएर गृहजस्तो मन्त्रालय नै सम्हालेर विधिको शासनको धज्जी उडाएर नपुगेर अहिले गैरसांसद हुँदा पनि फेरि गृह मन्त्रालय नै खोजिरहेका छन् । 

उनले आफूलाई सही सावित गर्न त सकेनन् नै अहिले कुनै पनि गल्ती नभएजसरी सरकारमा जानका लागि नेताहरुको घरघर चहार्ने र गृहमन्त्रालय नै नदिए सरकारबाट बाहिरिने घुर्कीसमेत लगाइरहेका छन् । 

उनी मंसिर ४ को निर्वाचनमा सबैभन्दा फराकिलो अन्तरले विजयी हुने सांसद थिए । मतदाताले उनलाई पत्याएकै थिए । तर उनको अहिलेको बेइमानीले उनी फेरि चितवन २ को उपनिर्वाचनमा भाग लिने हैसियतसमेत नैतिकताको आधारमा गुमाएको देखिन्छ । 

त्यसको उदाहरण उनकै पार्टीका चितवन जिल्ला अध्यक्षको राजीनामालाई लिन सकिन्छ । लोकतान्त्रिक पार्टी पद्धतिमा सभापतिले राखेका प्रस्ताव पार्टी बैठकमा पारित हुनुपर्छ । तर रास्वपाकै केन्द्रीय पदाधिकारीहरुका अनुसार रविले पार्टी बैठकमा प्रस्ताव हैन निर्णय सुनाउने गर्छन् । 

अहिले रास्वपाका कतिपय केन्द्रीय तहका नेताहरुसमेत उनीप्रति असन्तुष्ट छन् । एकातिर बाहिर निकै शुद्ध राष्ट्रवादी नेता भएको प्रचार गर्ने तर व्यवहारमा केबल पद लोलुपता बाहेक केही नदेखिनुले रवि नैतिकताको कठघरामा खडा भएका छन् । 

यसबाट कतै रास्वपा नै स्खलित भएको त हैन ? भन्ने प्रश्न पनि सुनिन थालेको छ । रविको गृहमन्त्री हुने आशक्तिका कारण उनले अहिलेसम्म गृहमन्त्रीको सरकारी निवाससमेत छाडेका छैनन् । 

उनले ३२ दिन गृहमन्त्रालय सम्हाले । तर कुनै पनि काम सही ढङ्गको गरेनन् । आफूलाई राष्ट्रभक्त नेता तथा मन्त्रीको परिभाषा व्यवहारबाट बुझाउन सकेनन् । सुरक्षाको विषयमा चाहिने ठाउँका सुरक्षाकर्मीसमेत फिर्ता लिएर उनले आलोकाँचोपन देखाए । अन्ततः फेरि उक्त निर्णय फिर्ता गर्न वाध्य भए । 

उनले दोस्रो निर्णयका रुपमा क्रसर उद्योगहरु बन्द गराउन खोजे । तर फेरि तत्कालै उनले त्यो क्रसर पनि खोले । अर्थात् ठूलै लेनदेनको शंका भएको दाबी गर्न थालिएको छ । 

प्रधानमन्त्रीय प्रणालीमा कि प्रधानमन्त्रीले भनेको मान्नुपर्यो कि सरकार छाड्नु पर्यो । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै भनाइ मानेनन् । सरकारको प्रवक्ता हुन गरेको आग्रह उनले लत्याए । प्रवक्ता बन्न नखोज्नाको कारणसमेत उनले दिन सकेनन् । 

उनको अहिलेको गतिविधिसमेत शंकास्पद छ । प्रचण्डसँग निकट रहेर सरकारमा जानुको सट्टा केपी ओलीसँग निकट रहेर सरकारमा जान खोजिरहेका छन् । मन्त्री हुँदा समेत प्रचण्डलाई थाहै नदिइ गोप्य रुपमा ओलीसँग भेट गर्न जानु र पछिल्ला केही दिनदेखि समेत ओलीसँगको हिमचिम बाक्लिदा प्रचण्डले उनीमाथि शंका गर्नु जायज छ । 

प्रचण्डले सर्वोच्चको पूर्णपाठ नआएसम्म उनलाई फेरि सरकारमा सहभागी नगराउने निर्णय गर्नुलाई पनि सही कदम मान्न सकिन्छ । रवि सांसद हैनन् । गैरसांसदलाई छ महिना मन्त्री बनाउन सकिने प्रावधान छ । तर, रवि सोझो तहबाट आएका व्यक्ति हैनन् । राज्यमाथि गरेको बेइमानबाट उनी सांसद पद गुमाउन पुगेका नेता हुन् । तसर्थ उनीमाथि सरकारले सम्मानको भाव देखाउनु पर्ने कहीँ कतै छैन । 

हो,  उनले नै बेइमानी गरेका कारण राज्यले फेरि लाखौं रुपैयाँ खर्चेर चितवन २ मा उपनिर्वाचन गर्नुपर्ने भएको छ । नेपालको राजनीतिमा इमान भएका जोसुकैले चुनाव लड्न सक्छन् । 

नैतिकताको जंजालबाट मुक्त हुन नसकेका रविमा अझै पनि नैतिकता छ भने नागरिकता र राहदानीको दोषबाट मुक्त भइ फेरि चुनाव लडेर आउन सक्छन् । त्यसपछि उनले चाहेको मन्त्रालय बार्गेनिङ गरेरै लिने हैसियत बनाउन सक्छन् । 

स्वार्थले गर्दा ११ औं घण्टामा जोडिएको गठबन्धन अहिले नै तोडिएला भन्ने आधार छैन । किनकि अहिलेको गठबन्धन सरकारमा सबै स्वार्थ जोडिएका दलहरु रहेका छन् । निस्वार्थ कसैले कसैलाई सहयोग गरेका छैनन् । बस् यत्ति हो रविमा संचारकर्मी हुँदा धेरै आशाको केन्द्रविन्दु देखे । राजनीतिमा उनले बेइमानी छिराएका छन् । नैतिकताको घेराबन्दीमा परेका उनी पुनः राजनीतिको शक्तिकेन्द्र बनी जनमानसमा छाउने हो भने पुरानै रविको रुप लिएर इमान देखाउनु जरुरी छ । हाम्राकुराडटकमबाट साभार


प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १०:५८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP