नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लुकाएर राख्ने गरेका मुद्दाहरु प्रहरीमा दर्ता हुने क्रम तिब्र:एसपी वली-बाँके
लुकाएर राख्ने गरेका मुद्दाहरु प्रहरीमा दर्ता हुने क्रम तिब्र:एसपी वली-बाँके
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ३, २०७६ बागेश्वरी पोस्ट
लुकाएर राख्ने गरेका मुद्दाहरु प्रहरीमा दर्ता हुने क्रम तिब्र:एसपी वली-बाँके

नेपालगन्ज ।जिल्ला प्रहरी बाँकेले प्रहरीले गरेका उपलब्धिको बारेमा शुक्रवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

बाँके प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले बर्तमान समयमा प्रहरीमा मुद्दा दर्ता गर्न आउनेको संख्यामा वृद्धि भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । एसपी वलीका अनुसार नागरिकहरुमा सचेतनामा वृद्धि भएकाले गर्दा लुकाएर राख्ने गरेका मुद्दाहरु समेत प्रहरीमा मुद्दा दर्ता हुन थालेको छ। प्रहरीप्रती नागरीकमा विश्वास बढेको एसपी वलीले बताए।

हिजोका दिनसम्म प्रहरी कार्यालयमा मुद्दा दिन हिच्किचाउनेहरु आजका दिनमा न्यायका लागि प्रहरी कार्यालय आएर मुद्धा दर्ता गर्न आउनेको संख्यामा वृद्धि भएको एसपी वलीले बताए ।

जिल्ला प्रहरी बाँकेले आर्थिक वर्ष २०७१ देखी २०७५ सम्म विभिन्न ६१ वटा शिर्षकमा दर्ता भएका अपराधको तालिका सार्वजनिक गरेको थियो । सार्वजनिक तालिका अनुसार ०७०/७१ मा ७३८, ०७१/७२ मा ७३५, ०७२/७३ मा ८५५, ०७३/७४ मा १०२१ र ०७४/७५ मा ११५६ वटा मुद्दा दर्ता भएका छन । दर्ता भएका मुद्धामध्य सबैभन्दा बढि लागु औषधमा २ सय ४९, सार्वजनिक शान्ती विरुद्धको कसुरमा १ सय ४९ र बैंकिङ कसुरमा १ सय २२ जना रहेका छन ।

त्यसैगरी,चालु आर्थिक वर्षको पुष मसान्तसम्म ६२३ मुद्दा दर्ता भएकोमा ५ सय ६९ मुद्धा फर्स्यौट भएको र बाँकी ५४ वटा मुद्धा अनुसन्धानको क्रममा रहेको एसपी वलीले बताए । वलीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा विभिन्न मुद्धामा ८०६ जना पक्राउ परेका छन । यस अवधिमा ज्यान मार्ने उद्योग अन्तर्गत १८, कर्तब्य ज्यान मुद्धामा ६, लागु औषध मुद्धामा १ सय ८, जवरजस्ती करणीमा २७, जवरजस्ती करणी उद्योगमा ७, बैंकिंङ कसुरमा ६ र हातहतीयार खजानामा ४ जना बिरुद्ध मुद्धा दर्ता गरीएको छ ।

आर्थिक वर्ष ०७६/०७७ को पौष महिनासम्म १२ हजार ६ सय ५० सवारी साधन कारवाहीमा परेका छन । कारवाहीमा परेका सवारी साधन तथा सवारी धनीबाट यस अवधिमा ६९ लाख ९ हजार राजश्व संकलन गरीएको प्रहरी प्रमुख वलीले जानकारी दिए । गत वर्ष ३० हजार ५ सय ६२ सवारी साधनबाट १ करोड ६७ लाख ७८ हजार पाँच सय राजश्व संकलन भएको थियो ।


प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  १८:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP