prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सँगै चुनाव लडेको गठबन्धन टुट्नुमा माधव नेपालले देखेका ४ कारण !
सँगै चुनाव लडेको गठबन्धन टुट्नुमा माधव नेपालले देखेका ४ कारण !
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ २१, २०७९ बागेश्वरी पोस्ट
सँगै चुनाव लडेको गठबन्धन टुट्नुमा माधव नेपालले देखेका ४ कारण !
फाइल फोटो

नेपालगन्ज ।  मंसिर ४ को निर्वाचनपछि नयाँ राजनीतिक समिकरणका पछाडि मुख्यगरी ४  कारणहरू  रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले औंल्याएका छन् । आज काठमाडौंमा सुरू भएको पार्टीको ५ औं  पूर्ण बैठकमा नेता नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् र त्यसमा उनले राजनीतिक परिस्थितिको बारेमा विश्लेषणा गरेका छन् ।

‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक ढङ्गले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी  कदमका विरुद्ध संङ्घर्ष गर्ने क्रममा निर्माण भएको वाम लोकतान्त्रिक गठबन्धन ‘संविधानको रक्षा, स्थिरता  र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन’ भन्ने प्रतिबद्धताका साथ निर्वाचनमा गएको थियो’ उनले भनेका छन् । 

‘यस  प्रतिबद्धता अनुसार निर्वाचनपछि उक्त वाम–लोकतान्त्रिक गठबन्धनकै सरकार बन्नु पर्दथ्यो तर नेपाली  काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबैले आफु पहिले प्रधानमन्त्री बन्नुपर्ने अडान लिएको र एक पटक बचन दिइसकेका शेरबहादुर देउवा प्रचण्डलाई पहिलो  चरणमा प्रधानमन्त्री बनाउन तयार नभएपछि प्रचण्ड अप्रत्यासित रूपमा एमालेसहितका दलहरूसँग गठबन्धन  गरी प्रधानमन्त्री बन्न गएकाले निर्वाचनका बेला कायम रहेको वाम–लोकतान्त्रिक गठबन्धन भङ्ग भएको छ ।’

नेता नेपालका अनुसार यसरी अप्रत्यासित रूपमा नयाँ परिस्थिति उत्पन्न हुनुका मुख्य चार कारण यस्ता छन्:

१. निर्वाचनबाट ठूलो दल बनेपछि नेपाली कांग्रेसमा शक्तिको घमण्ड बढ्नु ।

२. नेपाली काँग्रेससँग सही सूचना नहुनु र उसले गलत सूचनामा विश्वास गर्नु ।

३. केपी ओलीले उपर्युक्त वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर  चालबाजीपूर्ण कदम चाल्नु ।

४.माओवादी केन्द्रको सत्ताकेन्द्रित सोच र आफुलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त,  दृष्टिकोण र सहयात्री साथीहरू सबै त्यागेर हिँड्ने प्रवृत्ति ।

उनले नयाँ बनेको सत्तासमिकरणलाई ‘खिचडी प्रकृती’को पनि भनेका छ न्।

‘नेकपा (माओवादी केन्द्र) अप्रत्यासित रूपमा निर्वाचनका बेलाको गठबन्धन छाडी नयाँ गठबन्धनमा गएपछि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, जसपा, रास्वपा, नाउपा र जनमत पार्टी मिलेर सत्ता  गठबन्धन बनेको हो ।

यो गठबन्धन खिचडी प्रकृतिको छ’ उनले भनेका छन् ‘यसमा संविधानको पालना नगर्ने एमाले, गणतन्त्रको  पक्षधर माओवादी केन्द्र र गणतन्त्रको विरोधी एवं हिन्दू राज्य र राजतन्त्र पुनःस्थापना गर्न चाहने राप्रपा,  सङ्घीयताको पक्षधर जसपा र सङ्घीयता विरोधी राप्रपा एवं रास्वपा, जातीय पहिचानवादी नाउपा र  पृथकतावादी पृष्ठभूमिको जनमत पार्टी एकै ठाउँमा रहेका छन् । यो गठबन्धन प्रगतिशील चरित्रको छैन ।’

आजको अवस्था आउनुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै दोष रहेको भन्दै नेपालले अहिलेको गठबन्धनलाई ओलीले ‘घोर दक्षिणपन्थ बाटोमा लैजान लागेको’ आरोप पनि लगाएका छन् ।

‘आजको अवस्था हिजो दुईदुई पटक प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कार्यबाट सुरुभएको प्रतिगमनकारी यात्राकै परिणाम हो । तिनै केपी ओली वर्तमान सत्ता गठबन्धनले निर्माण गरेको राजनीतिक सन्यन्त्रको प्रमुख बनेका छन् । उनले आफ्नो दृष्किोण र उद्देश्य अनुरुप गठबन्धनलाई घोर दक्षिणपन्थी दिशातर्फ लाने प्रयत्न गर्दैछन्’ नेपालले भनेका छन् ।

आफ्नो पार्टीले सरकारमा जानका लागि नभएर सहमतिको वातावरण निर्माण गर्ने उद्देश्यले सरकारलाई विश्वासको मत दिएको भन्दै नेपालले अबको राजनीतिक परिस्थितिलाई कस्तो बनाउने भन्ने कुरा नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डको हातमा रहेको पनि बताएका छन् ।

‘हामीले सरकारमा सामेल हुन समर्थन गरेका होइनौँ, सहमतिको वातावरण निर्माण गर्न सकिन्छ कि भन्ने आशयले उक्त सुझावसहित प्रधानमन्त्रीलाई विश्वासको मत मात्र दिएका हौँ। नेकपा (माओवादी केन्द्र) विगत गठबन्धनको वाम सहयात्री भएकाले शङ्काको सुविधा पनि दिएका हौँ’ उनले भनेका छन्, ‘संसदको सबैभन्दा ठूलो दल  नेपाली काँग्रेसले पनि सरकार गठन गर्नका लागि समर्थन होइन सहमतिकै आशयले प्रधानमन्त्रीलाई  विश्वासको मत दिएको छ । मुलुकलाई सहमतिको मार्गमा डोर्‍याउने कि नडोर्‍याउने भन्ने जिम्मा अब नेकपा (माओवादी केन्द्र) र त्यस पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा रहेको छ’ नेपालले भनेका छन् ।

 

 


प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP