नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • रविको अक्षम्य घृणावाद
रविको अक्षम्य घृणावाद
"सिङ्गो पत्रकारितालाई गाली गर्ने अधिकार रविलाई छैन"
बागेश्वरी पोस्ट
सोमबार, माघ २३, २०७९ बागेश्वरी पोस्ट
रविको अक्षम्य घृणावाद

नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यको चौथो अंगमाथि आइतबार एकाएक आरोपै आरोप लगाए । प्रतिनिधि सभाको चौथो ठूलो दलका सभापतिले नेपाली सञ्चारमाध्यमलाई घृणाको दृष्टिले मात्र हेरेनन् आफूविरुद्ध लेख्ने जुनसुकै मिडियालाई कारबाही गर्ने धम्की समेत दिएका छन् । आफूविरुद्ध लेख्ने जोकोहीलाई खबरदारी गरेर नेतामा हुनुपर्ने सबै गुणहरु उनले बिर्सेका छन् । 

रवि लामिछानेले लामो समय सञ्चारक्षेत्रमा काम गरे । उनको पहिचान सञ्चारकर्मीकै रुपमा भएको हो । गत असारमा स्थापना गरेको पार्टी र त्यसको सभापति भएर पाँच महिनापछि नै प्रतिनिधि सभामा चौथो ठूलो दलको हैसियत बनाउनु सञ्चारकर्मीकै पृष्ठभूमिले गर्दा हो । उनलाई मतदाताले चिनेको कुनै ठूलो त्याग र तपस्यासँगै समाजसेवा गरेर हैन सञ्चारमाध्यमकै प्रयोग गरेर सम्भव भएको हो । सञ्चारमाध्यमको पहुँचको प्रयोग गरेर उनी रातारात ‘स्टार’ भएको बिर्सिएर अहिले तिनै सञ्चारमाध्यमलाई नै गाली गरिरहेका छन् । सिङ्गो पत्रकारितालाई गाली गर्ने अधिकार रविलाई छैन ।

सञ्चारमाध्यमले सहीलाई सही र गलतलाई गलत भन्ने हैसियत राख्छ । सरकारको प्रशंसा भन्दा बढी आलोचना गर्छ । उनी आफू सञ्चारकर्मी हुँदा त्यही नै गरेका हुन् । आपत्विपद्मा परेका, न्याय नपाएका, दुःख पाएकाहरुलाई पनि सञ्चारमाध्यमको प्रयोग गरेर सहयोग गरेकै हुन् । 

तर, तिनै रवि अहिले नेता भएर आए । नेता भएपछि उनमा नेतामा हुनुपर्ने गुण त देखिएन नै सिङ्गो पत्रकारितालाई नै गाली गरेका छन् । उनमा नेता बन्ने गुण नै देखिएन । नेताको काम भनेको समाजसेवा हो । अराजकता हैन । एकाएक आइतबार उनी अराजक भए । ‘पत्रकार बन्दा नेता झुर र नेता बन्दा पत्रकार झुर’ भन्ने उनको नीति स्पष्ट देखियो । 

काम गर्दा गलत हुँदा आलोचना हुन्छ । उनी आलोचना खेप्ने नेता परेनन् । अर्कातर्फ उनले गरेका गल्ती सञ्चारमाध्यमले औंल्याएको मात्र हो । उनको अवैध नागरिकताको विषय उठान गरेको हो । दोहोरो राहदानीको खुलासा गरेको हो । गलतलाई गलत भन्ने हैसियत मिडियाले राख्छ । हिजो आफूले गलतलाई गलत भन्दा महान् अनि आज अरुले उनकै बारेमा गलत भन्दा बेइमान हुनै सक्दैन । 

आफ्नो बारेमा नराम्रो लेखेका खण्डमा मिडिया नै घेराउ गर्ने धम्की दिएर रविले आफूलाई विधिको शासन भन्दा माथि राख्न खोजेका छन्। प्रेस स्वतन्त्रताको ठाडो हस्तक्षेप गरेका छन् । 

मिडियामाथि लगाएको आरोप अक्षम्य घृणावादको पराकाष्ठा हो । उनले आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति आपत्तिजनक र आलोच्य छ । अक्षम्य छ । उनले व्यक्तिगत रिसइबी पनि साँधेका छन् । जुन नेतामा हुनुपर्ने गुणसँग कहिँ कतै मेल खाँदैन ।  

देश बनाउँछु भनेर नयाँ धारका साथ आएको दलको प्रमुखले जुन हैसियत आफ्नो देखाएका छन् त्यसले सिङ्गो पार्टीलाई असर गर्ने स्पष्ट छ । उनले पत्रकार सम्मेलनमा वास्तविक रविकै रुप देखाएका छन् । उनले पटक पटक आफूलाई महान् बनाउँदै बाँकी कोही ठीक छैनन् भनेर समेत भन्न भ्याए । यो अहम् नयाँ धारका नेताको नभइ एक अहम्वादी तानाशाह प्रवृत्तिकै हो । आफ्नो पदीय मर्यादामा नबसी उनले जुन कुरुपता देखाएका छन्, त्यसले मुलुकलाई अराजकतातिर लैजान खोजिरहेको त छैन रु भन्ने संकेत दिन्छ । 

उनलाई हिजोका दिनमा मिडियाले प्रशंसा गरेकै हो । सहयोग गरेकै हो । राजनीतिको वैकल्पिक मार्ग देखेकै हो । तर जब मिडियाले कसैले गलत गर्यो भने चुप लागेर बस्दैन भन्ने प्रमाण दिन थाल्यो तब रविलाई रिस उठ्यो । अर्थात् उनले राज्यमाथि गरेको अपराध र कानूनी राज्यको उपहासलाई पनि मिडियाले प्रशंसा गर्नुपर्ने भ्रम पालेर बसे ।   

सञ्चारकर्मी हुँदा नेतालाई गाली गर्ने उनले त्यतिबेला पनि पत्रकार आचारसंहिता तोडेका थिए । अहिले नेता बन्दा पनि आफ्नो पदीय मर्यादा तोडेका छन् । नेता बन्दा भने अन्य नेताहरुलाई गाली हैन प्रशंसाका पुलिन्दा भरेका छन् । जबकि हिजोका दिनमा तिनै नेतालाई गाली गरेर आज रवि नेता बनेका हुन् । 

रविको आइतबारको पत्रकार सम्मेलन उच्छृंखलताको पराकाष्ठा हो । उनी यहाँ भन्दा तल झर्ने ठाउँ नै राखेनन् । उनको यो पत्रकार सम्मेलन उनकै बचेखुसेको ओज घटाउने माध्यम बनेको छ । 

सत्ता सञ्चालन गर्नेले सञ्चारमाध्यमलाई प्रभावित पार्न खोज्छ । त्यसबाट बचेर आफ्नो इमानको पत्रकारिता गर्नु पनि कम चुनौती हैन । यसमा केही मिडिया र मिडियाकर्मी चुकेका होलान् । त्यसो हो भने त्यस्ता मिडिया र मिडियाकर्मी सुधारिनु पर्छ । उनीहरुलाई कुनै पनि सहुलियत छैन । उनीहरु पनि कारबाहीका भागेदार हुनुपर्छ । 

तर, रविले त सिङ्गो आमसञ्चार जगतलाई गाली गरेर तानाशाही प्रवृत्ति देखाएका छन् । यो आजैका दिनदेखि बन्द हुनुपर्छ । उनले कुनै क्षणको पनि प्रतिक्षा नगरी आममाफी माग्नुपर्छ। आइन्दादेखि कुनै पनि किसिमको गल्ती गर्ने छैन भनेर प्रण गर्नुपर्छ । हैन भने उनलाई यो समाज बिगार्ने अधिकार छैन । सजायको भागेदार बन्नुपर्नेछ । हाम्राकुराबाट


प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP