prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टीभित्र आमूल परिवर्तन आवश्यक छः काँग्रेस केन्द्रिय सदस्य गिरी
पार्टीभित्र आमूल परिवर्तन आवश्यक छः काँग्रेस केन्द्रिय सदस्य गिरी
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २४, २०७९ बागेश्वरी पोस्ट
पार्टीभित्र आमूल परिवर्तन आवश्यक छः काँग्रेस केन्द्रिय सदस्य गिरी

प्रमोद आचार्य  
दंगीशरण (दाङ) । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले नेपाली काँग्रेसभित्र आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । नेपाली काँग्रेस दंगीशरण गाउँ इकाईको आयोजनामा भएको पालिका सम्मेलनमा प्रमुख अतिथिको तर्फबाट बोल्दै नेता गिरीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

गएको संघिय निर्वाचनमा सवैभन्दा ठूलो पार्टी भएर पनि काँग्रेसले सरकारको नेतृत्व गर्न नसक्नुले कार्यकर्तामा केही निराशा छाएको बताउँदै यसमा कत्ति पनि विचलित नभएर पार्टीलाई अझै सशक्त र बलियो बनाउन लाग्न पनि उनले नेता कार्यकर्ताहरुलाई आग्रह गरे । ‘ठूलो दल भएर पनि सरकार गठनका क्रममा केही प्राविधिक त्रुटी भयो, हामीले सरकार गठनको नेतृत्व गर्न पाएनौं, तर पनि हामी बलियो प्रतिपक्ष भएर काम गर्नेछौं,’ नेता गिरीले भने-'यसबाट कत्ति पनि विचलित नहुन आम कांग्रेसजनहरुलाई आग्रह गर्दछु ।'

नेता गिरीले दाङका गल्ली गल्लीमा आफू घुमेको बताउँदै यहाँको सडक, सिंचाई, विद्युत, कृषि, पर्यटन लगायत हरेक क्षेत्रको विकासमा प्रतिवद्ध रहने बताए । ‘हामी सरकारको नेतृत्वमा छैनौं, तर, पनि यस क्षेत्रको विकास निर्माणमा मेरो उत्तिकै जिम्मेवारी र भूमिका रहनेछ’, गिरीले भने । नेपाली काँग्रेसको भ्रातृ संस्था चलायमान हुन नसक्दा कमजोर भएको भन्दै सबै भ्रातृ संस्थाहरुलाई चलायमान बनाउन आफूले केन्द्रिय समितिमा जोडदार माग राखेको पनि गिरीले बताए । साथै आसन्न स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघलाई विजयी बनाउन सम्पूर्ण विद्यार्थी जगत लाग्नुपर्ने पनि उनको सुझाव थियो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा नेपाली काँग्रेसका अर्का केन्द्रिय सदस्य तथा पूर्व सांसद गेहेन्द्र गिरीले दाङमा गुट उपगुटको नाम दिएर यो दिपक गिरीको मान्छे त्यो गेहेन्द्र गिरीको मान्छे भनेर फुट गराउनतर्फ नलाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । राजनीतिमा कोही शत्रु र कोही मित्र पनि नहुने उल्लेख गर्दै कहाँनेर के हुन्छ र कस्तो हुन्छ भन्न नसकिने हुँदा यो र त्यो बहानामा कांग्रेसलाई कमजोर नबनाउन उनले आग्रह गरे । गिरीले दाङमा १५औं अधिबेशनसम्म पुग्दा तेस्रो समूहको उदय हुने आशंका पनि व्यक्त गरे ।

सम्मेलनमा बिशिष्ट अतिथिको आशनबाट बोल्दै नेपाली काँग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले काँग्रेसभित्रका समग्र शक्तिलाई सक्रियरुपमा परिचालन गर्न काँग्रेसको बिधि र बिधान अनुरुप पहिलोपटक जिल्लाभरी वडा सम्मेलन हुँदै पालिका सम्मेलनको तयारीमा आफूहरु लागेको र जिल्ला सम्मेलन गर्न तर्फ लागेको बताए । पार्टीलाई बलियो बनाउन सवैभन्दा बलियो भूमिका झुपडीमा बसेका कार्यकर्ता शुभेच्छुकको हुन्छ भन्दै उनले सबैको कांग्रेस सधैंको कांग्रेस बनाउन आम सहभागी नेता कार्यकर्ताहरुलाई आग्रह गरे । नेतृत्वको आवाज टोल समिति र वडा सम्मका सम्मेलनले पुर्याएको पनि उनले दावी गरे । पार्टी चलायमान हुन र बलियो बनाउने सबैभन्दा बलियो जग क्रियाशील सदस्य वडा र टोल कार्यसमिति रहेको बताउँदै उनले संगठन निर्माणमा लाग्न पनि सवैलाई आग्रह गरे ।

यस्तै लुम्बिनी प्रदेशका निबर्तमान सांसद शंकर गिरीले एक अर्कालाई आरोप प्रत्यारोप भन्दा पनि मिसन चौरासीका साथ संगठन निर्माणमा लाग्नुपर्ने बताए । सम्मेलनमा नेपाली काँग्रेसका महासमिति सदस्य केशव आचार्य, जिल्ला सचिव अर्जुन योगी,  क्षेत्र नं ३ (ख) का सभापती खिम बहादुर वली, ३ (क) का सभापति देबेन्द्र रिजाल, क्षेत्र नम्बर ३ (ख) का उपसभापति द्रोण देबकोटा, शान्तिनगरका सभापति झलक केसी, नेपाल तरुण दलका जिल्ला अध्यक्ष टिका घर्ती लगायतले भनाई राखेका थिए ।

नेपाली काँग्रेस दंगीशरणको आयोजनामा आयोजित प्रथम सम्मेलनमा बोल्ने बक्ताहरुले काँग्रेस जनताको घर-घरमा पुग्न र निम्न आयस्तर भएका जनताको मन जित्ने कार्यक्रम लिएर जनताको घरघरमा पुग्न आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै बक्ताहरुले अब काँग्रेस एक हुन बाहेक अरु बिकल्प नरहेको बताएका छन् । संगठन निर्माण र संगठन सुदृढीकरणको सवालमा पार्टी तथा शुभेच्छुक संघसंस्थाहरुलाई चलायमान बनाउन समेत आग्रह गरेका छन् ।

सम्मेलनमा प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तह गरी तीनै तहमा नेपाली काँग्रेसका तर्फबाट निर्बाचित जनप्रतिनिधिहरुलाई बधाइ दिँदै खादा तथा प्रमाणपत्रसहित सम्मान समेत गरिएको थियो । सम्मेलन काँग्रेस दंगीशरणका सभापति शम्भु गिरीको सभापतित्वमा भएको थियो । सम्मेलनमा संगठनको बार्षिक प्रतिवेदन दंगीशरणका नेपाली काँग्रेस सचिव बामदेव विष्टले प्रस्तुत गरेका थिए । यस्तै आर्थिक प्रतिवेदन दंगीशरणका कोषाध्यक्ष खुम केसीले प्रस्तुत गरेका थिए । नेपाली काँग्रेस दंगीशरणका उपसभापति गिरीराज न्यौपानेको स्वागत मन्तब्यबाट शुरु भएको सम्मेलनको सहजीकरण नेपाली काँग्रेस दंगीशरणका सचिव ओपेन्द्रराज शर्माले गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP