prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पाकिस्तानी दूतावासको काश्मीर एकता दिवस असफल, विरोधमा हस्ताक्षर संकलन
पाकिस्तानी दूतावासको काश्मीर एकता दिवस असफल, विरोधमा हस्ताक्षर संकलन
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २४, २०७९ बागेश्वरी पोस्ट
पाकिस्तानी दूतावासको काश्मीर एकता दिवस असफल, विरोधमा हस्ताक्षर संकलन

काठमाडौं । काठमाडौंमा रहेको पाकिस्तानी दूतावासले काश्मीर एकता दिवस आयोजना गर्‍यो । पाकिस्तानी दूतावासको उक्त कार्यक्रममा भने अपेक्षा भन्दा धेरै कम मानिसहरु सहभागी भएका थिए । 

एकातिर कार्यक्रमको न्युन सहभागिताले नेपालीहरूले पाकिस्तानलाई साथ नदिने जनाएका छन् भने अर्कोतर्फ राष्ट्रिय एकता अभियानले भने यस  विरुद्ध हस्ताक्षर संकलन नै गरेको छ । 

राष्ट्रिय एकता अभियानले हिन्दूहरुको हत्या बन्द गर, पाकिस्तान प्रायोजित आतंकवाद बन्द गर, पाकिस्तानमा अल्पसंख्यकहरुको  सुरक्षा गर र धार्मिक अतिवाद अन्त्य गर भन्‍ने नाराका साथ हस्ताक्षर संकलन अभियान गरेको हो । 

काठमाडौंस्थित गौशालामा अभियानका केन्द्रीय सदस्य डा. प्रभात कुशवाहाको नेतृत्वमा हस्ताक्षर अभियान सुरु भएको हो । हस्ताक्षर अभियानमा पेमा लामा, सरिता सिंह, दीपेन्द्र बराल, रोशन कुशवाहा, दिपेश कुशवाहा लगायत अभियन्ताहरु सक्रिय थिए । 

पाकिस्तानले काश्मीरमा आतंकवादी गतिविधि गराउनका लागि वित्त पोषण गरिरहेको छ भने अर्कोतर्फ काश्मीर एकताको अभियान चलाउँदै दिवस मनाइरहेको छ । पाकिस्तानको यस प्रकारको दोहोरो चरित्रविरुद्ध हस्ताक्षर अभियान चलाइएको हो ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले पाकिस्तान प्रयोजित आतंकवाद बन्द गर, पाकिस्तानी अल्पसंख्यकको सुरक्षा गर, हिन्दूहरुको हत्या बन्द गर र धार्मिक अतिवाद अन्त्य गर भन्दै हस्ताक्षर अभियान सुरु गरिएको बताए । उनले भने-'पाकिस्तानमा हिन्दू लगायत अल्पसंख्यक समुदायमाथि अतिवादी मुस्लिमहरुले निरन्तर सताउने तथा दु:ख दिने गरिरहेका छन्, त्यसैको जानकारी विश्व जगतले पाओस् भनेर अभियानले हस्ताक्षर अभियान सुरु गरेका हौं।'

पाकिस्तानमा हिन्दुहरु निकै कम संख्यामा मात्र छन् । बेलायती उपनिवेशबाट सन् १९४७ मा भारत पाकिस्तान विभाजन हुँदा पाकिस्तानमा १० प्रतिशत हिन्दुहरु थिए । तर, व्यापक धर्मान्तरण र ज्याजतीका कारण अहिले यो मात्रा १ प्रतिशतमा झरेको छ । 

हिन्दुहरुमाथि भइरहेको अत्याचार झनै झांगिएको छ । यसले पाकिस्तानको सामाजिक शूत्र नै विभक्त भइरहेको छ । अल्पसंख्यक हिन्दू र सो समूदायका महिलाहरुमाथि भइरहेका विभेद तथा अपराधविरुद्ध पाकिस्तानमा न्यायको कुनै गुञ्जायस नै छैन ।

यद्यपि पाकिस्तान सरकारले विश्वलाई आफ्नो मुलुकमा त्यस्तो कुनै अपराध र ज्याजती नभएको भन्दै ढाँटिरहेको छ ।   

पाकिस्तान अहिले पनि महिला अधिकार र सुरक्षालाई लिएर विश्वकै खराब मुलुकमा पर्छ । हिन्दु महिलाहरुमाथि भएको अपराधका केशहरु विभिन्न प्रहरी कार्यालयका दराजमा थन्क्याइएको छ । न त्यसलाई पाकिस्तान सरकार, न त प्रशासनले नै अघि बढाउन चाहन्छ । यसैकारण पाकिस्तान महिलाहरुका लागि खराब देश मध्ये १५० औं स्थानमा छ, जबकी यो तुलना १५३ देशहरुभित्र मात्रै भएको हो ।

पाकिस्तानमा हिन्दुहरुमाथि जे भइरहेको छ, त्यसले विश्वलाई अतिशय पीडा र विह्वल बनाइरहेको छ । पाकिस्तानी हिन्दुका परिवारहरुले आफ्ना छोरीचेली गुमाइरहेका छन् । अपहरण गरिएका किशोरीहरुलाई जबर्जस्ती मुस्लिमहरुले विवाह गर्ने गरेका छन् र यौन बजारमा बेचिदिएका छन् । 

पाकिस्तानका हिन्दूहरु गरिब छन् र उनीहरु सुरक्षित रुपमा भारत आउन पनि सक्दैनन् । यसैकारण अधिकांश हिन्दूका बालबच्चाहरु विद्यालय जान समेत पाएका छैनन् । कारण, त्यहाँ डर छ कि उनीहरु जतिसुकै बेला प्रताडित हुन सक्छन् । 

केही मध्यमवर्गीय हिन्दुहरुको जीवन त सहज देखिन्छ, तर सामाजिक विभेदले यतिसम्म जरा गाडेको छ कि त्यहाँ समान अधिकारप्राप्ति र उपभोगको कुनै आधार छैन । हिन्दु अल्पसंख्यकमाथि बढिरहेको अत्याचारको आंकडा नै यो विषयलाई बुझ्न पर्याप्त छ । 

हरेक वर्ष करिब ५००० हिन्दुहरु पाकिस्तान छाडिरहेका छन् र भारतमा निर्वासित जीवन बिताइरहेका छन् । उनीहरु पाकिस्तानले गरिरहेको अत्याचार सहनै नसक्ने अवस्था पुगेपछि भारत आउने गर्छन् । यसैका कारण दिल्लीमा पाकिस्तानी हिन्दूहरुको शरणार्थी शिविर बढिरहेको छ, जहाँ भारत सरकारले पीडितहरुका लागि आधारभूत आवश्यकताहरु उपलब्ध गराइरहेको छ । 

भारत आइसकेका हिन्दूहरु अझै पनि कानूनी रुपमा पाकिस्तानमै छन्, किनकी रेकर्डबाट उनीहरुको संख्या पाकिस्तान सरकारले हटाएको छैन । पाकिस्तान यो देखाउन चाहन्छ कि सबै हिन्दूहरु पाकिस्तानमै छन् । हिन्दुहरुले देश छाड्नुको एउटै कारण पाकिस्तान सरकारले सृजना गरेको दबाब र बलजफ्तीपूर्ण अवस्था नै हो । 

हरेक पटक पाकिस्तानी प्रधानमन्त्रीहरु दाबी गर्छन् कि उनीहरुको झण्डामा भएको सेतो रङले अल्पसंख्यक हिन्दुहरुको प्रतिनिधित्व गर्छ । तर, विश्वले बुझिरहेको छ कि यो पाकिस्तानी प्रोपोगाण्डा मात्रै हो ।

भारतविरोधी कुनै आतंकवादी आफ्नो भूमिमा नरहेको दाबी गरे जस्तै पाकिस्तानले यो पनि अस्वीकार गरिरहेको छ कि त्यहाँ कुनै जबर्जस्ती छैन र अल्पसंख्यकहरुको मानव अधिकार पुरै सुरक्षित छ । तर, यस्तो पाकिस्तानी दाबी सरासर झुटको पुलिन्दा सिवाय अरु केही होइन । पाकिस्तानी सरकारी अधिकारीहरु विश्वलाई ढाँट्न निकै अभ्यस्त छँदैछन् । तर, जतिपटक दोहो-याएपनि झुठ सत्यमा बदलिन सक्दैन ।


प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २१:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP