prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'धर्म संस्कृतिको संरक्षणले मात्र राष्ट्रियताको जगेर्ना गर्छ'
'धर्म संस्कृतिको संरक्षणले मात्र राष्ट्रियताको जगेर्ना गर्छ'
RSG-2
'नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल-भारत बीचको सम्बन्ध सदियौं पुरानो'
बागेश्वरी पोस्ट
बुधबार, माघ २५, २०७९ बागेश्वरी पोस्ट
'धर्म संस्कृतिको संरक्षणले मात्र राष्ट्रियताको जगेर्ना गर्छ'

नेपालगञ्ज । नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल-भारत बीचको सहकार्य उदाहरणीय रहेको भन्दै त्यसलाई अझ बलियो पार्न सनातन धर्म संस्कृतिको संरक्षण जरुरी रहेको एक कार्यक्रमका सहभागीले बताएका छ्न् । उनीहरुले सनातन धर्म संस्कृतिले मात्र देशको राष्ट्रियता जोगिने बताए ।

राष्ट्रिय एकता अभियानले आज नेपालगञ्जमा गरेको नेपाली संस्कृति र विकास क्षेत्र नेपाल-भारत सहकार्य विषयक विचार गोष्ठीमा बोल्ने सहभागीले सो कुरा बताएका हुन् । उनीहरुले धर्म संस्कृतिको सवाल होस् वा ठूला र मध्यवर्ती परियोजना नै किन नहोस्, व्यापार र पारवहनको क्षेत्रमा पनि नेपाल भारत दुबै देशबीच सहयोग आदानप्रदान भइरहेको पनि स्मरण गरेका थिए ।

No description available.

गोष्ठीमा बोल्दै पूर्व मन्त्री सर्वदेब ओझाले सनातन धर्म संस्कृति र परम्पराको जगेर्ना अहिलेको आवश्यकता रहेको उल्लेख गरे । उनले नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल-भारत बीचको सम्बन्ध सदियौं पुरानो रहेकाले यसको निरन्तरता अहिले पनि कायमै रहेको बताए । उनले धर्म संस्कृतिको नाममा हुने राजनीतिले द्वन्द निम्त्याउने खतरा उच्च हुने उल्लेख गरेका छन् ।

यस्तै नेपाली काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीले देशको धर्म संस्कृति र राष्ट्रियता माटोसँग जोडिएको धारणा व्यक्त गरे । उनले नेपाल र भारत बीचको सम्बन्ध सदियौं वर्ष पुरानो भएको स्मरण गरे । नेपाल-भारतबीच धार्मिक, सांस्कृतिक तथा व्यापारिक हिसाबले अत्यन्त सकारात्मक सम्बन्ध रहेको अधिकारीको भनाई छ । उनले दुबै देश सार्बभौमसत्ता भएकोले कसैले कसैको दबाब स्वीकार्य सम्भव नभएको उल्लेख गरे ।

यस्तै अन्तर्राष्ट्रिय संस्कृतिका महासचिव हर्क स्वाँरले नेपाल र भारत बीचको सम्बन्ध सांस्कृतिकरुपमा बलियो भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले धर्मको नाममा भइरहेको राजनीतिले स्वाभिमान गुम्दै गएको टिप्पणी गरे । उनले धर्म र राष्ट्रियताला सवालमा गरिने राजनीतिले देश कमजोर हुने उल्लेख गरे । उनले सनातन धर्म संस्कृतिको संरक्षणले मात्र देशको राष्ट्रियता जोगिने जिकिर गरे ।

यस्तै राष्ट्रिय एकता अभियानका केन्द्रिय अध्यक्ष विनय यादवले संस्कृतिको संरक्षणले मात्र राष्ट्रियता बलियो हुने बताए । उनले नेपालको सनातन संस्कृति पछिल्लो अवस्थामा कमजोर हुँदै गएका कारण अहिले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको टिप्पणी गरे । उनले भारत र नेपालको संस्कृति र परम्परा उस्तै उस्तै भएकाले त्यसको संरक्षणका लागि दुबै देशबीचको समन्वय र सहकार्य जरुरी रहेको बताए । छिमेकी देशहरुसँगको सुमधुर र मैत्रीपूर्ण सम्बन्धलाई विकास र प्रबर्द्धन गर्न आवश्यक रहेको उनको भनाई छ ।

गोष्ठीमा संबिधानसभा सदस्य सन्ध्या देव, नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश समितिका महासचिव नवीन गिरी, सञ्चारकर्मी, बुद्धिजीवी, विभिन्न कलेजका बिद्यार्थी गरी एक सय जना भन्दा बढीको सहभागिता रहेको थियो । भरत बिश्वकर्माको अध्यक्षतामा भएको विचार गोष्ठीको सञ्चालन चक्र रावतले गरेका थिए ।

No description available.


प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १४:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP