prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सुशिल कोइरालाको स्मृतिमा कांग्रेस बाँकेको रक्तदानः ६५ जनाले दिए रगत
सुशिल कोइरालाको स्मृतिमा कांग्रेस बाँकेको रक्तदानः ६५ जनाले दिए रगत
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ २६, २०७९ बागेश्वरी पोस्ट
सुशिल कोइरालाको स्मृतिमा कांग्रेस बाँकेको रक्तदानः ६५ जनाले दिए रगत

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रगत दिएका छन् । संविधान पिता, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व पार्टी सभापति स्वर्गीय सुशिल कोइरालाको सातौं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाँकेले आज नेपालगञ्जस्थित पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री एवम् काँग्रेस बाँकेका पूर्व पार्टी सभापति गजेन्द्रबहादुर हमालले स्वर्गीय कोइरालाको सादगी जीवनशैली सबैको लागि प्रेरणादायी रहेको बताए । कोइरालाले मुलुकको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै हमालले संविधान जारी गर्न कोइरालाले लिएको चट्टानी अडान नेपालीहरुले सदैब सम्झिरहने उल्लेख गरे । उनले कोइरालाको स्मृतिमा रक्तदान जस्तो पवित्र मानवीय कार्य गरिनु आफैंमा सतकर्म भएको उल्लेख गरे । उनले रगत दान गर्नु ठूलो धर्म र पूण्य कर्म भएको बताए ।

काँग्रेस बाँकेका सभापति गौडेलले स्वर्गीय कोइरालाले नेपाली राजनीतिमा पुर्याएको योगदान विशिष्ट रहेको चर्चा गर्दै उनी नेपाली राजनीतिको आदर्श व्यक्तित्व भएको बताए । गौडेलले कोइराला बाँकेबासीका लागि 'गौरबपूर्ण व्यक्तित्व' रहेको बताउँदै उनले देखाएको बाटोमा अग्रसर भए कांग्रेसले कहिल्यै हार्नु नपर्ने जिकिर गरे । उनले काँग्रेस बाँकेले पछिल्लो समय मानवीय तथा सामाजिक कार्यहरु गर्दै आएको उल्लेख गर्दै त्यसकै निरन्तरता स्वरुप कोइरालाको स्मृतिमा रक्तदान कार्यक्रम गरिएको बताए । रगत अभावमा विरामीहरुले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्य राखेर रक्तदान कार्यक्रमको आयोजना गरिएको गौडेलले जानकारी दिए ।  उनले पार्टीले आफ्ना कार्यक्रमहरुलाई सामाजिक र मानवीय सेवामा जोड्दै अघि बढेको बताए ।

पार्टी उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन पार्टी सचिव सुधांशु कोइरालाले गरेका थिए । कांग्रेस बाँकेले पार्टीलाई सामाजिक र मानवीय सेवामा जोड्ने उद्देश्यले केही समय यता लगातार जनस्तरमा पुग्ने गरी कार्यक्रम गर्दै आएको प्रबक्ता डिल्ली गिरीले बताए ।

रक्तदान कार्यक्रममा नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, पूर्व सभापतिहरु कृष्णमान श्रेष्ठ र सनतकुमार रेग्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), लुम्बिनी प्रदेशका सांसदहरु बादशाह कुर्मी, माया पुन, निवर्तमान सांसद सुरेन्द्र हमाल, कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्यहरु कृष्णाकुमारी सापकोटा (चौधरी), दिक्षा कोइराला, पार्टी उपसभापति कृष्णबहादुर कार्की, सहसचिव रेणुसिंह ठाकुर र विनोदकुमार चौधरी, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता लगायत नेता, कार्यकर्ता र शुभेच्छुक उपस्थित थिए ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीसहितको प्राविधिक टोली रक्तदान कार्यक्रममा खटिएको थियो । रक्तदान गर्ने व्यक्तिहरुलाई पार्टीले कदरपत्र प्रदान गरेको थियो । यस्तै रक्तसञ्चार केन्द्रलाई पनि सभापति गौडेलले कदरपत्र प्रदान गरेका थिए । 

फोटोफिचर

No description available.

No description available.

No description available.No description available.

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.May be an image of 3 people, people standing and people sittingNo description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP