prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने औपचारिक निर्णय गर्दै
माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने औपचारिक निर्णय गर्दै
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन ३, २०७९ बागेश्वरी पोस्ट
माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने औपचारिक निर्णय गर्दै

नेपालगन्ज । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गर्ने भएको छ । वर्तमान सत्ता गठबन्धन भित्रबाट राष्ट्रपति बन्दा त्यसले राजनीतिलाई स्थिरता दिन नसक्ने र आफूहरू अप्ठ्यारोमा पर्ने निष्कर्षसहित माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारी गरेको हो ।

यो निर्णय स्थायी कमिटीको बैठक बोलाएर केही दिनमै गर्ने माओवादीका एक उच्च नेताले  बताए । ‘बैठकको दिन त तोकिएको छैन तर फागुन १० वरिपरि औपचारिक निर्णय आउला,’ उनले भने ।

स्थायी कमिटीको बैठक अघि पदाधिकारीको बैठक बस्न सक्ने पनि उनले बताए । राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुरा लगभग तय भएको माओवादीका अर्का नेताले पनि पुष्टि गरे ।

कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा मत दिने भनेर किटेर निर्णय आउन लागेको हो भन्ने प्रश्नमा उनले भने, ‘त्यो बेला निर्णय कसरी लेखिएला थाहा छैन । तर, कांग्रेसलाई मत दिने भनेर आए पनि, राष्ट्रिय सहमतिका लागि भनेर आए पनि त्यसको सार एउटै हो ।’

राष्ट्रपतिमा अब कांग्रेससँग मिलेर जानेमा आफ्नो दलभित्र कुनै ‘कन्फ्युजन’ नरहेको उनले बताए । राष्ट्रपतिका लागि राजनीति बाहिरको मानिस आउन सक्ने चर्चा चले पनि उनले त्यसो हुन सम्भव नभएको उनले बताए ।

‘राष्ट्रपतिमा एमाले र कांग्रेस दुबैको नहुने भनेको दुबैलाई चिढ्याउनु हो,’ उनले भने, ‘त्यो सम्भव छैन र त्यतातिर जाने प्रयास गर्नु भनेको थप अस्थिरता खोज्नु हो ।’   

राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची आइसकेको छ । त्यसैले त्यो भन्दा पहिला नै माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउने निर्णय गर्न लागेको हो ।

एमालेसँग दीर्घकालमा यो गठबन्धन चल्न नसक्ने पर्याप्त संकेत अहिले नै देखिएकाले पनि राष्ट्रपतिमा कांग्रेसलाई सघाउन लागेको माओवादीका ती नेताले बताए ।

‘हामी एमाले सहितको गठबन्धनबाट अगाडि बढ्न सकिँदैन भन्ने निष्कर्षमा पुगेका छौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने काम मात्रै गर्नुभएको छ,’ माओवादीका एक स्थायी कमिटी सदस्यले  भने, ‘राप्रपा र रास्वपासँग छुट्टै बैठक गर्ने, उनीहरूसँग कुरा मिलाउने र प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्ने काम एमाले अध्यक्षबाट भएको छ । यसको दीर्घकालीन संकेत प्रष्ट छ ।’

ती स्थायी कमिटी सदस्यका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन बनेदेखि नै असहज महसुस गरेका थिए ।

मन्त्रालय बाँडफाँटमा प्रधानमन्त्रीको इच्छा विपरीत समेत एमाले अध्यक्ष ओलीले गठबन्धनमा हाबी भएको ती नेताले आरोप लगाए ।

रास्वपालाई गृह, राप्रपालाई ऊर्जा, एमालेलाई अर्थ, परराष्ट्र र रक्षा सहितका मन्त्रालय दिने निर्णय समेत ओली आफैंले गरेको उनको आरोप छ ।

‘कांग्रेसको साथ छोडेर बालकोट पुगेपछि अब प्रचण्डलाई कस्न सकिन्छ भन्ने मानसिकता उहाँहरूमा सुरूदेखि नै देखियो,’ ती माओवादी नेताले भने ।

प्रचण्डले ओलीबाट सुरूदेखि नै कति असहज महसुस गरेका छन् भनेर जनमत पार्टीका अध्यक्ष सिके राउतले  संकेत समेत गरेका थिए ।

‘मलाई बालुवाटार जानुपर्ने एकाएक बालकोट जानुपर्दा त्यहाँ एउटा मनोवृत्ति देखेको थिएँ । त्यसले मलाई एकैचोटि राजनीतिको वैराग्य र ज्ञान प्राप्त भएको महसुस भयो,’ प्रचण्डको अवस्थाप्रति इंगित गर्दै राउतले भनेका थिए, ‘जसलाई म क्रान्तिको नायक मान्छु, प्रेरणाको स्रोत मान्छु । देशको परिवर्तनको नेता मान्छु । त्यो नेता जसरी परिबन्दमा परेको देखियो । बन्धक बनाएको जस्तो देखियो म त टुलुटुल हेरिरहें ।’

पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले र माओवादी सहितको गठबन्धन गर्ने निर्णय भएको थियो । त्यो बैठकमा राप्रपा, रास्वपा, जसपा, जनमत पार्टी लगायत समेत थिए ।

बिहान ११ बजेसम्म पनि प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सहितको समर्थनमा प्रधानमन्त्री बन्न सकिन्छ कि भनेर अन्तिम छलफलमा थिए । तर, त्यसका लागि कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्डलाई प्रधानमन्त्री दिन तयार नभएपछि प्रचण्ड खुमलटार हुँदै बालकोट पुगेका थिए ।

त्यो बेला कांग्रेस र एमालेबीच पनि कुरा भइरहेको थियो । ओलीले देउवालाई प्रचण्डसँग मिलेर नजाने र आफू सो दिन साढे ३ बजे बालुवाटार आएर कांग्रेससँग सहमति गर्ने वचन दिएका थिए । सेतोपाटीबाट


प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १४:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP