prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • काँग्रेसका नेता कार्यकर्ताले संगठन सुदृढीकरणमा ध्यान दिनुपर्छ–सहमहामन्त्री राठौर
काँग्रेसका नेता कार्यकर्ताले संगठन सुदृढीकरणमा ध्यान दिनुपर्छ–सहमहामन्त्री राठौर
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन ४, २०७९ बागेश्वरी पोस्ट
काँग्रेसका नेता कार्यकर्ताले संगठन सुदृढीकरणमा ध्यान दिनुपर्छ–सहमहामन्त्री राठौर

नेपालगञ्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेसका नेता कार्यकर्ताले संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने बताएका छन् । नेपाली काँग्रेस बाँकेको खजुरा गाउँपालिका स्तरीय वार्षिक सम्मेलनको आज उद्घाटन गर्दै सहमहामन्त्री राठौरले काँग्रेसको विचार र सिद्धान्त तल्लो तहसम्म पु¥याउनु पर्ने बताए ।

उनले काँग्रेसको नीति र सिद्धान्त सही भए पनि तद्अनुरुप व्यवहार हुन नसकेको कुरा उठिरहेकोतर्फ काँग्रेसका सबै तह र तप्काका नेता कार्यकर्ता गम्भीर हुनुपर्ने बताए ।  उनले राजनीति जनताको हित र भलाईका लागि गरिनुपर्ने भएपनि पछिल्लो समयमा स्वार्थ प्रेरित हुँदै गएकोमा चिन्ता व्यक्त गरे । जनसेवा र हितका पक्षमा राजनीति गर्न उनले कार्यकर्तालाई निर्देशन पनि दिए । सहमहामन्त्री राठौरले स्थापित दलहरुसंग जनता टाढिएका कारण स्वतन्त्रका नाममा विचारविहीनहरुले राजनीतिमा हस्तक्षेप गर्न थालेको बताए ।  

कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले नेता कार्यकर्तालाई व्यक्ति विशेषको नभई पार्टीको मान्छे बन्न आग्रह गरेका छन् । उनले कुनै व्यक्ति पदमा निश्चित समयलाई मात्र रहने हुँदा व्यक्तिको भक्तिगानमा नभई पार्टीको मान्छे भएर जिम्मेवारी बोधका साथ काम गर्न आग्रह गरे । कांग्रेस बाँके संगठन निर्माण र विस्तार गर्ने अर्जुनदृष्टिका साथ अघि बढेको बताउँदै गौडेलले अझ सदृढ र संगठिन कांग्रेस बनाउन कुनै कसर बाँकी नराखिने बताए । उनले पार्टीलाई चलायमान बनाए मात्रै संगठन धारिलो हुने भन्दै व्यक्तिगत स्वार्थलाई विर्सेर पार्टीलाई शीरमा राखी संगठन विस्तारमा जुट्न आह्वान गरे । जिल्लाको भावलाई बुझ्दै लय पकडेर अघि बढ्न सम्पूर्ण पार्टी पंक्तिलाई उनले आग्रह गरे ।  

प्रतिनिधिसभा सदस्य आशा विक, प्रदेशसभा सदस्य बादशाह कुर्मीले काँग्रेस अरु दल भन्दा फरक छ र जनताका पक्षमा निरन्तर काम गर्दै आएको छ भन्ने कुरा जनसमक्ष पु¥याउनु नेता कार्यकर्ताको काम भएको बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका सांसदहरु माया पुन, सुशिला बादी, जिल्ला सचिव सुधांशु कोइराला, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्का खाँ लगायत नेता उपस्थित थिए ।  

कार्यक्रममा संगठन सुदृढीकरणमा योगदान गरेको भन्दै नेपाली काँग्रेस बाँकेका पूर्व सभापति कृष्णमान श्रेष्ठसहित ७ जना नेताहरुलाई सम्मान गरिएको थियो ।  सम्मानित हुनेहरुमा हरिप्रसाद ढुंगाना, रामबहादुर थापा, धनबहादुर आचार्य, नवराज थापा, खलिल खाँ र रामबहादुर गुरुङ्ग छन् ।  कार्यक्रम खजुरा पालिका सभापति रमेश सिंजालीको सभापतित्वमा सम्पन्न भएको थियो ।  

May be an image of 7 people and people standing

सम्मेलनमा नेता कार्यकर्तालाई प्रशिक्षण समेत दिइएको छ । नेपाली कांग्रेस बाँकेका प्रशिक्षण विभाग प्रमुख समेत रहेका गोपालप्रसाद अधिकारीको विशेष उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा बरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, प्राध्यापक डा.राजकुमार सुवेदी र पूर्व पार्टी सचिव अधिवक्ता कपिलदेव शर्माले प्रशिक्षण दिएको सम्मेलन व्यवस्थापन तथा आर्थिक समिति संयोजक महेन्द्र मल्ल ठकुरीले बताए । 

May be an image of 3 people, people standing and outdoors


प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १८:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP