prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेद्वारा प्रजातन्त्र दिवसमा दिप प्रज्वलन
कांग्रेस बाँकेद्वारा प्रजातन्त्र दिवसमा दिप प्रज्वलन
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन ७, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेद्वारा प्रजातन्त्र दिवसमा दिप प्रज्वलन

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले ७३औं  प्रजातन्त्र दिवसको अवसरमा नेपालगञ्जमा दिप प्रज्वलन गरेको छ । विपी चोकमा आज साँझ आयोजित दिप प्रज्वलन कार्यक्रममा कांग्रेस नेता कार्यकर्ताले प्रजातन्त्र ल्याउन आफ्नो ज्यानको आहूती दिने ज्ञात अज्ञात सहिदहरुको सम्झना गर्दै दिप प्रज्वलन गरेका हुन् ।  पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्व तथा पूर्व मन्त्री एवम् पूर्व पार्टी सभापति गजेन्द्र हमालको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन कार्यक्रम गरिएको हो । त्यसक्रममा कांग्रेस सभापति गौडेलले विपीको शालिकमा माल्यार्पण पनि गरेका थिए । 

No description available.

दिप प्रज्वलन कार्यक्रममा बोल्दै पूर्व मन्त्री हमालले  कांग्रेसकै नेतृत्वमा प्राप्त प्रजातन्त्रले मुलुकमा नागरिक अधिकार र उन्नत लोकतन्त्रको अभ्यास सम्भव भएको बताए । उनले संस्थापक नेता विपी कोइरालाको नेतृत्वमा भएको २००७ सालको आन्दोलनले मुलुकमा प्रजातन्त्रको उदय भएको स्मरण गराउँदै आजको दिनमा पार्टीलाई सुदृढ र सबल बनाउन सबै नेता कार्यकर्ताले प्रण गर्नुपर्ने बताए । हमालले प्रजातन्त्र दिवसले पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रेरणा दिने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेस बाँकेका सभापति गौडेलले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्र आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताए । नेपाली कांग्रेसले प्रजातन्त्र र लोकतन्त्र स्थापना वा पुनःस्थापना गर्न गरेको संघर्षको जगमा अहिलेको शासन व्यवस्था सम्भव भएको बताउँदै उनले सहिदहरुको सम्झना र उनीहरुले देखाएको बाटोबाट दिग्भ्रमित हुन नहुने बताए । गौडेलले सहिदहरुलाई सम्झँदै भने-"प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।” 

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुशिला बादीले कांग्रेसको नेतृत्वमा आएको प्रजातन्त्रको जगमा अहिलेका परिवर्तनहरु सम्भव भएको भन्दै ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । कार्यक्रमको सञ्चालन पार्टी सचिव सुधांशु कोइरालाले गरेका थिए । दिप प्रज्वलन कार्यक्रममा निवर्तमान पार्टी सभापति किरण कोइराला, लुम्बिनी प्रदेश समिति सदस्य कृष्णाकुमारी सापकोटा, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता लगायत अन्य नेता कार्यकर्ता उपस्थित थिए ।

नेपाली कांग्रेस बाँकेले वडास्तरसम्म विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउन निर्देशन दिएको थियो । त्यस अनुसार सबैतिर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको सचिव कोइरालाले बताए । 

फोटोफिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १९:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP