prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिको दौडमा शीर्ष नेताको ‘इन्ट्री’
राष्ट्रपतिको दौडमा शीर्ष नेताको ‘इन्ट्री’
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ९, २०७९ बागेश्वरी पोस्ट
राष्ट्रपतिको दौडमा शीर्ष नेताको ‘इन्ट्री’

नेपालगन्ज । केही गर्दा पनि मान्दै नमानेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा भेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने, ‘उसो भए तपाईं नै राष्ट्रपति बन्नुस्‘।’

‘कार्यकारी’ नशा उत्रिएकै छैन। प्रधानमन्त्री पदबाट च्यूत भएपछि ‘शक्ति’को रवाफ देखाउन नपाएर झन छटपटाइरहेका ओलीलाई एउटा संवैधानिक पदमा बसेर खुम्चिनु छैन। त्यो प्रस्तावमा उनले अरू नै ‘गन्ध’ देखे।

लगत्तै उनले लामो संगतपछि आफ्नो कटु आलोचक बनेका माधव नेपाललाई फकाउँदै भने- अब तपाईं राष्ट्रपति बनिदिनुस्।

आफैसँग छुट्टिएर नयाँ पार्टी बनाएका नेपाल यो प्रस्ताव आएपछि अलि गम्भिर भएका छन्। उनी राष्ट्रपति भएपछि उनको पार्टी एकीकृत समाजवादी नेकपा एमालेमा समाहित हुन पनि सक्छ। यसबाट ओलीको पार्टी अझ ठूलो बन्नसक्छ।

शक्ति र सम्भावित स्वार्थलाई आफू अनुकुल बनाउनका लागि अहिले ठूला दलहरू राष्ट्रपति खोसाखोस गरिरहेका छन्। आफ्नै स्वार्थमा प्रयोग गर्न सकिने व्यक्ति खोज्न हरेकजसो राजनीतिक दलहरूले नयाँ नयाँ प्रस्ताव र सम्भावनाहरू औंल्याइरहेका छन्।

माओवादी ‘राष्ट्रिय सहमति’ कायम हुने व्यक्तिको खोजीमा दौडिरहनु, एमालेले आफ्नै उम्मेदवारको रटान नछोड्नु र नेपाली कांग्रेसले त्यो सहमति हुनसक्ने व्यक्ति कांग्रेसकै हुनुपर्ने अडानबाट दायाँबायाँ नहुनु वा हरेक दलले संविधान र लोकतन्त्रको रक्षाको नारा उचाल्नु। यी सब राष्ट्रपतिमा आफ्नै स्वार्थको खोजी हुन्।

राष्ट्रपति चयनले आगामी दिनमा देशको राजनीतिक समिकरणलाई प्रभाव पार्ने निश्चित छ। त्यसैले पनि दलहरू आआफ्नै रणनीतिमा छन्। एकले अर्को दललाई अरूसँग मिल्न नदिने खेलमा लागिपरेका उनीहरूसँग अहिले आआफ्नै प्रस्तावहरू छन्।

राष्ट्रपति खोजीको यही दौडमा अब भने दलका शीर्ष नेताहरू मिसिएका छन्।

‘अब शेरबहादुर देउवा जी नै राष्ट्रपतिको उम्मेदवार हुँदा राम्रो हुन्छ’ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै पार्टी सभापतिलाई अघि सार्दै दुई दिनअघि भने ‘राष्ट्रपति भएर अब उहाँले सम्मानित बहिर्गमन रोज्नुपर्छ।’

शर्माको यो प्रस्ताव पार्टीभित्रैबाट आएको हो। राष्ट्रपति हुने लाइनमा अहिले नेपाली कांग्रेसका अरू पनि नेताहरू छन्। जस्तो कि पहिला देखि नै चर्चामा आएका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, मानबहादुर विश्वकर्माजस्ता नेताहरूका नाम पनि छन्।

पार्टीको छलफलमा पनि शर्माले देउवालाई नै प्रस्ताव गरेका थिए। तर देउवाले भने छोटो जवाफ दिए ‘कहाँ हुन्छ त्यस्तो?’

जीवनको अन्तिम उत्तरार्द्धमा पनि देशको ‘कार्यकारी’कै शक्तिमा रहने महात्कांक्षाले देउवालाई अझै पिरोलिरहेको छ। समिकरण बदलिएर फेरि प्रधानमन्त्री हुने झिनो आश अझै बाँकी छ। तर राजनीतिमा सम्भावनाहरू उत्तिकै हुन्छन्।

प्रतिनिधिसभामा सबैभन्दा धेरै सांसद भएको पार्टीका सभापति हुन् देउवा। महात्वाकांक्षाका त्यही हठले उनको हातमा आइसकेको सत्ता गुम्यो। प्रदेशका सारा समिकरणहरू बदलिए। सँगै चुनाव लड्दा त्यो गठबन्धनलाई वर्षौं टिकाउने भनेर कसम खाएका प्रचण्डले अन्तिम समयमा ‘धोका’ दिए अनि ओलीसँग मिलेर प्रधानमन्त्री भए।

तर देउवालाई लाग्दैन प्रचण्डले धोका दिएका हुन्। उनले त्यसलाई प्रचण्डको बाध्यता भनेका छन्। र उनले प्रचण्डलाई विश्वासको मत पनि दिए। यो एउटा आश हो, त्यसपछि पनि देउवा प्रचण्डप्रति नरम भएर लागिरहनु शक्ति सन्तुलनको एकभागमा उनले अझै प्रचण्डको आश देखिरहेका छन्।

माओवादीले पनि अब ठानिसकेको छ एमालेसँगको सहकार्यमा लामो यात्रा कठीन छ। प्रधानमन्त्री भएको एक महिना पनि नपुग्दै प्रचण्डले आफ्ना नेताहरूसँग भनेका थिए ‘ओलीसँग दिक्क भइसकें।’

ओलीले प्रचण्डलाई प्रधानमन्त्री त बनाए तर सरकारको ‘स्टेयरिङ’  भने आफैसँग राखे। यसबाट प्रचण्ड आफू बाँधिएको महसुस गरिरहेका छन्।

सोमबार माओवादीको पदाधिकारी बैठकले पनि अब पुस १० गतेको परिस्थिति बदलिइसकेको निष्कर्ष निकालिसकेको छ।

गत पुस १० नेकपा एमालेको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका थिए। त्यसपछि उनको सरकारलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विश्वासको मत दियो। त्यसपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा ‘राष्ट्रिय सहमति’ खोज्नुपर्नेमा जोड दिँदै आएका छन्।

तर प्रमुख सत्ता साझेदार नेकपा एमालेले भने पुस १० गते भएको सहमतिअनुसार राष्ट्रपतिका उम्मेदवार नेकपा एमालेबाटै हुने र सबै दलहरुले उनैलाई सहयोग गर्ने दाबी गरिरहेको छ।

‘पुस १० गतेको परिस्थिति अब बदलिइसकेको छ। हाम्रै पार्टीको स्वार्थमा केन्द्रित रहेर राष्ट्रिय सहमति खोजी गर्ने निर्णय भएको छ’ माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले बैठकपछि पत्रकारहरूसँग भने ‘त्यसको सबै निर्णय गर्ने जिम्मेवारी पार्टीले अध्यक्षज्यूलाई नै दिएको छ।’


प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP