prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • विद्यालय परिसरमै प्रहरी चौकी
विद्यालय परिसरमै प्रहरी चौकी
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक ४, २०७६ बागेश्वरी पोस्ट
विद्यालय परिसरमै प्रहरी चौकी

नेपालगन्ज । विद्यालय शान्ति क्षेत्र हुन्। तर धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका वडा नम्बर १ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा भने फरक दृश्य देख्न सकिन्छ। कक्षा ७ सम्म पढाई हुने सो विद्यालयको परिसरमै वडा कार्यालय र प्रहरी चौकी संचालन भइरहेका छन्।

विद्यालय परिसरमै प्रहरी चौकी रहेकाले कैदीहरू आउने जाने गरिरहन्छन्। चौकीमा थुनुवा कक्ष नभएकोले पक्राउ परेका अभियुक्तलाई खुला रूपमा चौकीकै झ्यालमा हतकडी बाँधेर राखिएको हुन्छ।सीमा क्षेत्रको मुखियापट्टिमा हुने विवादहरु चौकीमा जाँदा भीड लाग्ने गर्छ। सामान्य झैझगडामा पनि स्थानीय प्रहरी चौकी पुग्छन्। त्यस्ता घटनालाई मिलाउन दिनहुँ प्रहरी चौकीमा बैठक हुने गर्छ। विद्यालय परिसरमै रहेका कारण चौकीमा हुने त्यस्ता गतिविधिबाट कलिला विद्यार्थीलाई असर परिरहेको हुन्छ। कतिपय विवादले चौकीमै चर्काचर्कीको रुप लिन्छ। जसले कक्षा कोठामा पढिरहेका विद्यार्थीलाई एकाएक झैझगडाका विषयतिर ध्यान मोडिदिन्छ। यसले आफूहरुको पढाइमा असर पर्दै आएको कक्षा ६ मा अध्ययनरत छात्र सरोज महतोले बताए।

प्रहरी चौकीमा विभिन्न आपराधिक प्रकृतिका मुद्दाहरू हुँदा पीडित र पीडक आएपछि पठनपाठन प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यपक सुरेन्द्र पाण्डे बताउँछन्।भीडभाड, होहल्ला हेर्ने सुन्ने विद्यार्थीहरूको स्वभाव नै हुन्छन्।प्रहरी चौकीको होहल्लाले पढ्न छाडेर बालबालिका होहल्ला हेर्न जाने गर्छन्’, उनले भने। प्रहरी चौकी र विद्यालयबीच कक्षा सञ्चालनको समयमा कुनै प्रकारका बैठक नगर्ने सम्झौता भए पनि अचानक हुने घटनाका कारण उत्पन्न परिस्थितिलाई आफूहरूले रोक्न नसक्ने उनले बताए। उक्त विद्यालयमा नियमित करिब साढे तीन सय बालबालिका पढ्न आउँछन्। प्रहरी चौकी हटाउन विद्यालयका शिक्षकले पटकपटक गाउँपालिका अध्यक्ष लगायत विभिन्न संघसंस्था तथा नेतासमक्ष अनुरोध गरे पनि कुनै निकायबाट अहिलेसम्म पहल नभएको प्रधानाध्यापक पाण्डेले बताए। ‘आश्वासन दिन्छन् तर अहिलेसम्म कुनै पहल भएको छैन,’ उनले भने।

२०६२/०६३ सालको जनआन्दोलनको क्रममा तत्कालीन गाविस कार्यालयमा सुरक्षाको मध्यनजर गर्दै प्रहरी चौकी स्थापना गरिएको थियो। प्रहरी चौकीका लागि अन्यत्र भवन नरहेकाले बाध्यतावस विद्यालय परिसरमै राख्नु परेको प्रहरी चौकी इन्चार्ज बहादुर यादवले बताए। विद्यालयमा प्रहरी चौकीले विद्यार्थी प्रभावित हुँदै आएको स्वीकार गर्दै असइ यादवले यसका लागि उचित विकल्प अवश्यक रहेको उल्लेख गरे। ‘विद्यालयका बालबालिकालाई पठनपाठनमा समस्या नहोस् भनेर हामी सक्दो मितव्ययिता अपनाएका छौँ तर कहिलेकाहीँ गम्भीर प्रकृतिका मुद्दाहरु आउँदा बालबालिकाको पढाइ प्रभावित हुन्छ,’ उनले भने।दुई वटा कोठामा ६ जना प्रहरी कोच्चिएर बसेका हुन्छन्। कार्यालय सञ्चालनका साथै बस्नमा प्रहरीलाई समेत समस्या छ । थुनुवा कक्ष नहुँदा आरोपीलाई पक्राउ गरी बाहिर गेटमै हतकडी लगाएर राख्नुपर्ने बाध्यता छ। विद्यालय परिसरमा प्रहरी चौकी मात्र होइन वडा नं। १ को कार्यालय समेत छ, जहाँ सेवाग्राहीको दिनहुँ भीड लाग्ने गर्छ। सँगै रहेको तीन कोठे भवनको एक कोठामा वडा कार्यालय रहेको छ। जसले पूरै विद्यालय क्षेत्र नै प्रभावित हुँदै आएको छ। भवनको अभावमा विद्यालयकै प्राङ्गढमा रहेको भवनमा वडा कार्यालय सञ्चालन गर्नुपरेको वडाध्यक्ष कौशल मुखियाले बताए। जग्गा नहुँदा प्रहरीचौकी विद्यालयमै राख्नुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष मनोज यादव बताउँछन्।

प्रहरी चौकी विद्यालय बाहिर राख्न पहल गर्दा स्थानीयहरुले भाडामा समेत भवन नदिएको उनले गुनासो पोखे। ‘प्रहरीलाई जग्गा वा घर दिएपछि सरकारी हुने भनेर स्थानीय कोहीले पनि घरजग्गा दिन मान्दैनन्’ उनले भने । प्रहरी चौकीका कारण पठन पाठन प्रभावित भइरहेको स्वीकार गर्दै उनले चाँडै कुनै विकल्प खोज्नुपर्ने आवश्यक्ता औल्याए। सेतोपाटीडटकमबाट साभार।


प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६  १८:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP