नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, चैत ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मूल्य–मान्यता र आदर्शलाई त्यागेर कुनै सम्झौता गर्दैन: नेता नेपाल
मूल्य–मान्यता र आदर्शलाई त्यागेर कुनै सम्झौता गर्दैन: नेता नेपाल
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ९, २०७९ बागेश्वरी पोस्ट
मूल्य–मान्यता र आदर्शलाई त्यागेर कुनै सम्झौता गर्दैन: नेता नेपाल

नेपालगन्ज । नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका विषयमा सबै पक्षसँग छलफल भइरहेको बताएका छन्।

पार्टीको लुम्बिनी प्रदेसको बैठकका लागि मंगलबार दाङ पुगेका नेता नेपालले राष्ट्रपति निर्वाचनका लागि सबै राजनीतिक दलहरूसँग कुराकानी भइरहेको बताएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई भेटेर आइतबार साँझ पार्टी एकतासहित राष्ट्रपतिका लागि प्रस्ताव गरेपछि माधव नेपालको यो प्रतिक्रिया आएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई भेटेर आइतबार साँझ पार्टी एकतासहित राष्ट्रपतिका लागि प्रस्ताव गरेपछि माधव नेपालको यो प्रतिक्रिया आएको हो । यसअघि उनको चाहना राष्ट्रपतिमा रहेको थिय। 

उनले मिडियामा आएका कुरामा बोल्न हतार नगर्ने बताए।

‘प्रेसमा आएका सबै कुरा सत्य नै हुन्छन् भन्ने कुरा भएन। विभिन्न पक्षले के के गर्छन्, सुनौं। अहिले नै बोल्न हतार गर्नु हुँदैन। केही कुरा पर्दाभित्र नै रहन दिनुपर्छ,’ उनले भने,‘पर्दाभित्र नै रहोस्। मूल्य–मान्यता, आदर्शलाई त्यागेर कुनै सहमति, सम्झौता सम्भव छैन।’

नेता नेपालले राष्ट्रपतिमा चाहना राख्नु फरक कुरा भएको तर त्यसबारे सोचिनसकेको जिकिर गरे। यद्यपि पावर सेयरिङमा आफूहरूले पनि भूमिका पाउनुपर्ने उनले बताएका छन्।

‘राष्ट्रपतिमा चाहना राख्ने बेग्लै कुरा हो। मैले नै के गर्ने भनेर सोचिसकेको छैन। हाम्रो पार्टीले के गर्ने भनेर सोचेको छैन,’ नेपालले भने,‘हाम्रो पार्टीको धारणा के छ भने, पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ। पावर सेयरिङमा भूमिका नभएर सँधैभरि अरूको निम्ति बलिदान हुने र अरूलाई फाइदा हुन सक्दैन।’

राष्ट्रपतिका लागि दलहरूबीच रस्साकस्सी चलिरहेको बेला एकीकृत समाजवादीका अध्यक्ष नेपालको नामा पनि चर्चामा आएको छ।


प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १४:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP