prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति निर्वाचन: एकले अर्कोलाई 'झस्काउने' रणनीतिमा दलहरु
राष्ट्रपति निर्वाचन: एकले अर्कोलाई 'झस्काउने' रणनीतिमा दलहरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन १०, २०७९ बागेश्वरी पोस्ट
राष्ट्रपति निर्वाचन: एकले अर्कोलाई 'झस्काउने' रणनीतिमा दलहरु

नेपालगन्ज । निर्वाचन आयोगले सार्वजनिक गरेको राष्ट्रपति निर्वाचनको कार्यतालिकाअनुसार अबको तेस्रो  दिन (१३ फागुन) मा यति बेलासम्म भावी राष्ट्रपतिका लागि मनोनयन दर्ता भइसकेको हुनेछ।

आयोगले भावी राष्ट्रपतिको निर्वाचनका लागि १३ फागुनमा मनोनयन दर्ताको समय तोकेको छ। मतभारको अंक गणितको हिसाबले कुनै पनि दल एकल रूपमा आफ्नो उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउनसक्ने हैसियतमा देखिएका छैनन्।

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चयन गर्न दाबी गरिरहेका दलहरू एक अर्कामाथि निर्भर हुनुपर्ने स्थिति मतभारले बनाइदिएको छ। यस्तो अवस्थामा संसदका प्रमुख दल नेपाली कांग्रेस र एमालेले आफ्ना उम्मेदवारलाई निर्वाचित गराउने दाबी गरिरहेका छन्। र, त्यही अनुसारको रणनीतिसमेत तयार पारिरहेका छन्।

सातदलीय गठबन्धन बनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन सहयोग गरेको एमाले सत्ता साझेदार दलहरूको सहयोगबाट आफ्नो उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउनेमा ढुक्क थियो।

बालकोटमा भएको पुस १० को सहमति कार्यान्वयन हुने र आफूले खडा गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने एमालेको बुझाइ थियो। एमाले नेताहरूका अनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति आफूहरूले पाउने पुस १० मा भएको थियो।

तर, सोमबार माओवादी केन्द्रको पदाधिकारी बैठकबाट भएको निर्णयपछि एमाले झस्किएको मात्रै छैन, पुस १० को सहमति कार्यान्वयन नहुनेमा लगभग पक्का भइसकेको छ।

माओवादी पदाधिकारी बैठकले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिमा जोड दिँदै पुस १० कै सेरोफेरोमा राजनीतिक परिस्थिति नरहेको निष्कर्ष निकाल्यो। माओवादीको निष्कर्ष छ– पुस १० गतेको परिस्थिति फेरिइसकिएको छ।

हुनत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसको संकेत केही दिनअघि नै गरिसकेका थिए।पार्टीनिकट अनेरास्ववियुको २३ औं महाधिवेशनको उदघाटन कार्यक्रममा ओलीले अहिलेको सत्ता गठबन्धन टुट्नसक्ने संकेत गरेका थिए।

राष्ट्रपति निर्वाचनलाई लिएर अहिलेको सत्ता गठबन्धन भत्किने र पुरानो पाँचदलीय गठबन्धन ब्युँतिने सम्भावनालाई मथ्थर पार्न ओलीले नयाँ ‘कार्ड’ फ्यालेका छन्।

त्यो हो– राष्ट्रपतिमा नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गरेर

राष्ट्रपति निर्वाचनमा निर्णायक शक्ति रहेको माओवादीले पदाधिकारी बैठक गरेरै पुस १० मा भएको परिस्थिति बदलिएको निष्कर्षसहित स्वार्थ मिल्नेसँग राष्ट्रपति निर्वाचनमा सहकार्य गर्ने निर्णय लिएपछि ओलीको यो प्रस्ताव आएको हो।

आफ्नो पार्टीबाट सम्भव हुन नसके कांग्रेसलाई पनि राष्ट्रपतिमा रोक्ने रणनीतितहत ओलीले नेता नेपाललाई प्रस्ताव गरेको बताइएको छ। नेता नेपालसँगको भेटवार्ताका क्रममा एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्ने प्रस्तावसमेत राखेको समाचारहरू बाहिर आएका छन्।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा भने पार्टी अध्यक्षलाई राष्ट्रपतिका लागि प्रस्ताव आएको विषय सत्य नभएको दाबी गरेका छन्।

‘एमाले अध्यक्ष ओलीसँग कुराकानी भएको हो, तर, अर्कै विषयमा। अध्यक्षज्यूलाई राष्ट्रपतिका लागि प्रस्ताव भएको होइन,’ खतिवडाले आयोमेलसँग भने,‘यो विषयमा पार्टीभित्र छलफलसमेत भएको छैन। एमालेमा समाहित हुने नीति हामीले लिएका पनि छैनौं।’

एमाले अध्यक्ष ओली र नेता नेपालबीचको कटुतापूर्ण सम्बन्धका कारण एमालेले प्रस्ताव गर्ने अनि कांग्रेस र माओवादी छाडेर उनी एमालेसँग नजिक हुने सम्भावना कमै देखिन्छ। एकीकृत समाजवादीका एक नेता एमाले अध्यक्ष ओलीले प्रस्ताव गर्दैमा आफूहरूले त्यसलाई स्वीकार गरिहाल्ने अवस्था नरहेको बताउँछन्।

‘प्रधानमन्त्री र कांग्रेस नेताहरूको भेटपछि ओलीले हाम्रा पार्टीका अध्यक्षलाई राष्ट्रपतिका लागि प्रस्ताव गरेको कुरा चर्चामा आएको छ,’ ती नेता भन्छन्,‘पहिले त प्रस्ताव गरेको हो कि होइन त्यो नै एकिन छैन। अर्को कुरा प्रस्ताव गरेको भए पनि ओलीजीको कुरालाई सहजै विश्वास गरिहाल्ने अवस्था छैन।’

एमालेले कांग्रेस आफूसँग नयाँ समीकरण गर्न तयार नहुने र माओवादीले कुनै हालतमा राष्ट्रपति नदिए एमालेले कांग्रेस–माओवादीको सम्भावित सहकार्य रोक्न जुनसुकै विकल्पहरू अघि सार्न सक्ने विश्लेषण पनि गरिन्छ।

त्यसैले नेता नेपालको नाम चर्चामा आएको बताइन्छ।

‘प्रधानमन्त्री र कांग्रेस नेताहरूसँगको भेटपछि बाहिर आएका समाचारबाट एमाले झस्कियो, ओलीजी झस्किनुभयो,’ ती नेता भन्छन्,‘यतिबेला कांग्रेसलाई झस्काउन हाम्रो अध्यक्षज्यूको नाम चर्चामा ल्याइएको छ। सबैले आ–आफ्नो हिसाबले ढोक्सा थाप्न खोजेका छन्। यही हो ढोक्सा थाप्ने भनेको हो।’

अध्यक्ष नै राष्ट्रपतिजस्तो संवैधानिक पद सम्हाल्न पुगे पार्टी के हुन्छ? ती नेताले प्रतिप्रश्न गरे।

‘मानौं एकछिनका लागि प्रस्ताव नै आयो रे' अध्यक्ष नै राष्ट्रपतिमा गए भख्खर बनेको पार्टी के हुन्छ? पार्टी सञ्चालन कसरी हुन्छरु संगठनहरू के हुन्छ? त्यसैले यो सम्भव छ भन्ने मलाई लागेको छैन,’ उनले भने।

केही दिनअघि बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका शीर्ष नेताहरूसँग राष्ट्रपतिका लागि ओलीले नै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रस्ताव गरे के गर्ने भनेर प्रश्न गरेका थिए।

कांग्रेस नेताहरूले यसबारे नेता नेपालसँग पनि कुराकानी गर्ने बताउनुबाहेक अरू केही भनेन्।

एमालेले नेता नेपालको नाम अघि सार्दा कांग्रेसमाथि विश्वासघात भएको मनोविज्ञान बन्ने अवस्था आफूहरूका लागि प्रिय नहुने एकीकृत समाजवादीका कतिपय नेताहरूको भनाइ छ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने राष्ट्रपतिबारे आफूले के गर्ने यसबारे सोचिनसकेको बताएका छन्। यद्यपि ‘पावर सेयरिङ’ मा उनले पार्टीको भूमिका खोजेका छन्।

‘राष्ट्रपतिमा चाहना राख्ने बेग्लै कुरा हो। मैले नै के गर्ने भनेर सोचिसकेको छैन। हाम्रो पार्टीले के गर्ने भनेर सोचेको छैन,’ मंगलबार पार्टी कार्यक्रममा दाङले भने,‘हाम्रो पार्टीको धारणा के छ भने, पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ। पावर सेयरिङमा भूमिका नभएर सँधैभरि अरूका निम्ति बलिदान हुने मात्रै हुँदैन।’

एमाले अध्यक्ष ओलीसँग भएको भेट र राष्ट्रपतिका लागि प्रस्ताव गरेको विषय अहिले पर्दाभित्रै रहन दिन उनले बताए।

‘प्रेसमा आएका सबै कुरा सत्य नै हुन्छन् भन्ने कुरा भएन। विभिन्न पक्षले के के गर्छन्, सुनौं। अहिले नै बोल्न हतार गर्नु हुँदैन। केही कुरा पर्दाभित्र नै रहन दिनुपर्छ,’ उनले भने,‘पर्दाभित्र नै रहोस्। मूल्य–मान्यता, आदर्शलाई त्यागेर कुनै सहमति, सम्झौता सम्भव छैन।’

केहीअघि गैरदलीय व्यक्तिलाई राष्ट्रपतिमा अघि सार्ने सोचमा रहेको माओवादी केन्द्र पछिल्लो समय राजनीतिक नेतृत्वभन्दा बाहिर जान नहुने निष्कर्ष निकालेको छ। प्रचण्डले पहिले पुरानै गठबन्धनबाट नेपाललाई अघि बढाउन खोजेको भए पनि ओलीले यो प्रस्ताव गरेपछि झस्किएको स्रोत बताउँछ।आयोमेल।

 

 


प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ०१:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP