Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • चैतको पहिलो साता नेपालगञ्जमा 'नेपाल फोटोग्राफी समिट' गरिने
चैतको पहिलो साता नेपालगञ्जमा 'नेपाल फोटोग्राफी समिट' गरिने
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन ११, २०७९ बागेश्वरी पोस्ट
चैतको पहिलो साता नेपालगञ्जमा 'नेपाल फोटोग्राफी समिट' गरिने

नेपालगञ्ज । आगामी चैतको पहिलो साता नेपालगञ्जमा 'नेपाल फोटोग्राफी समिट' गरिने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस समिटमा देशभरवाट १ सय ११ जना फोटो पत्रकार र फोटो ग्राफरहरु सहभागी हुनेछन् ।

‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोशेढुंगा सावित हुनेछ’ समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने-‘समिटमा फोटोग्राफीमा सक्रिय नयाँ पुस्ता देखि अग्रज व्यक्तित्वहरुको अभूतपूर्व जमघट हुनेछ ।’ तेस्रो नेपालगञ्ज फोटो फेस्टिवलको सन्दर्भ पारेर आयोजना गर्न लागिएको फोटोग्राफी समिट सम्भवत नेपालमै पहिलो पटक हो । विभिन्न विधामा स्वतन्त्र ढंगले फोटोग्राफी गरिरहेका फोटोग्राफरहरु र सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु एकै थलोमा भेला भएर अन्तरक्रिया गर्नेछन् । ‘रिल वाला’ क्यामेरादेखि अहिलेको अत्याधुनिक डिजिटल प्रविधिका क्यामेरा, गोप्रोदेखि ड्रोन चलाइरहेको पुस्ताको एकै ठाँउको जमघटले देशव्यापी सन्देश दिने विश्वास गरिएको छ ।

समिटका अवसरमा अन्तरक्रिया, समूह छलफलहरु, फोटोग्राफीका चुनौतीहरुवारे कार्यपत्र प्रस्तुति, अनुभव सेयरिङ्ग, धार्मिक र पर्यटकीय स्थल भ्रमण र फोटोग्राफी लगायतका कार्यक्रमहरु आयोजना हुनेछन् । जसले गर्दा यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । समिटमा ११ जना अग्रज फोटो पत्रकार/फोटो ग्राफरहरु विशेष अतिथिको रुपमा सहभागी हुनेछन् भने देशका विभिन्न स्थानवाट ५० जना सहभागी हुन पाउनेछन् । जसका लागि नाम रजिस्ट्रेशन गर्नुपर्नेछ । यसैगरी ५० जना स्थानीय (प्रशिक्षार्थी समेत) सहभागी हुनेछन् । ‘नेपाल फोटोग्राफी समिट नेपालको जुनसुकै कुनामा रहेर फोटोग्राफी गरेका व्यक्तित्वहरुको साझा फोरम वन्नेछ’ अन्तरालका जयनारायण शाहले भने-'समिटले अनुभवको आदानप्रदान मात्रै गर्ने छैन, आपसी भाइचारा समेत अभिवृद्धि गर्नेछ ।’


प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP