Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको दोस्रो वैठकः यस्ता छन् निर्णय
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको दोस्रो वैठकः यस्ता छन् निर्णय
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन ११, २०७९ बागेश्वरी पोस्ट
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको दोस्रो वैठकः यस्ता छन् निर्णय

नेपालगञ्ज । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिको दोश्रो बैठक दाङस्थित राप्ती गाउँपालिकाको मौरीघाटमा मंगलबार सम्पन्न भएको छ । उक्त बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा बसेको बैठकले प्रदेश कार्यसमितिको कोष सञ्चालन गर्न साइन रेसुंगा डेभलपमेन्ट बैंक बुटवलमा खाता खोल्ने र कोष सञ्चालन गर्न अध्यक्ष सुदीप गौतम वा महासचिव नवीन गिरी मध्ये एक जना र कोषाध्यक्ष सी.पी. खनालको अनिवार्य हस्ताक्षर चलाउने निर्णय गरेको छ ।

May be an image of 10 people, people standing, people sitting and indoor

बैठकले विधानमा व्यवस्था भए अनुसार पदाधिकारी संयोजक रहने गरी विभिन्न विभागहरु पनि गठन गरेको छ । जसमध्ये अनुशासन विभाग संयोजकमा उपाध्यक्ष जयसिंह केसी, संगठन विभाग संयोजकमा महासचिव नविन गिरी, महिला विभाग संयोजकमा उपाध्यक्ष शारदा मल्ल, आर्थिक विभाग संयोजकमा कोषाध्यक्ष सी.पी. खनाल, प्रचार विभाग संयोजकमा उपाध्यक्ष पहलमान घर्ति, प्रशिक्षण विभाग संयोजकमा सचिव सूर्यप्रसाद भुसाल, प्रकाशन विभाग संयोजकमा सचिव कल्पना डुम्रे र आचारसंहिता तथा अनुगमन विभाग संयोजकमा सचिव शम्शेर विक्रम जिसीलाई तोकिएको छ । संयोजकहरुले आवश्यकताका आधारमा सबै विभागलाई बढीमा १५ सदस्यीय बनाउन सक्ने छन् ।

त्यस्तै जिल्ला तहमा प्रेस युनियनको अवस्था अनुगमन गरी फागुन १५ गतेभित्र कार्यसमितिमा प्रतिवेदन पेश गर्न पदाधिकारी तथा सदस्यहरुलाई प्रतिनिधि पठाउने निर्णय गरिएको छ । जस अनुसार रोल्पा र बर्दियामा उपाध्यक्ष जयसिंह केसी, दाङ र बाँकेमा उपाध्यक्ष पहलमान घर्ति, कपिलबस्तु र नवलपरासीमा उपाध्यक्ष शारदा मल्ल, गुल्मी र रुपन्देहीमा सचिव सूर्यप्रसाद भुषाल, प्युठान र अर्घाखाँचीमा सचिव कल्पना डुम्रे, पाल्पा र रुकुम पुर्वमा सचिव शम्शेर विक्रम जिसीलाई खटाउने निर्णय गरिएको महासचिव नवीन गिरीले जानकारी दिए ।

त्यस्तै सदस्यहरुमध्ये प्रमोद आचार्यलाई रोल्पा, भिमा कँडेललाई बर्दिया, यमकला भुषाललाई दाङ, गौरव गिरीलाई बाँके, कृष्ण थापालाई कपिलबस्तु, रविन्द्र यादवलाई नवलपरासी, विष्णु प्रसाद आचार्यलाई गुल्मी, तेजेन्द्र केसीलाई रुपन्देही, पारस भण्डारीलाई प्यूठान, बसन्त बञ्जाडेलाई अर्घाखाँची, सीमा भट्टराईलाई पाल्पा र दिलिप खड्कालाई रुकुम पुर्व पठाउने निर्णय गरिएको महासचिव गिरीले जानकारी दिए ।

त्यस्तै तेश्रो बैठक आगामी २०८० बैशाख महिनाको दोश्रो हप्ता कपिलबस्तुको तिलौराकोटमा गर्ने निर्णय गरिएको छ । बैठकले नेपाल प्रेस युनियन केन्द्रिय कार्यसमितिको निर्णय अनुसार प्रदेशका सबै शाखाले यही फागुन २० गतेभित्र नयाँ सदस्यता र नविकरण गरेका सदस्यहरुको विवरण विधानले तोकेको शुल्क सहित प्रदेश समितिमा पठाइसक्न केन्द्रिय निर्देशन अनुसार अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

साथै बैठकले दोश्रो बैठकको आतिथ्यता प्रदान गर्ने दाङ शाखालाई धन्यवाद ज्ञापन गरेको छ भने प्रेस युनियनमा आवद्ध सदस्यहरुका परिवारजनको सदस्यहरुको विभिन्न मितिमा भएको दुःखद् निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गर्ने निर्णय समेत गरेको महासचिव गिरीले जानकारी दिए ।

 


प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १८:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP