Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • विकासमा राजनीति गर्नु हुँदैन: मन्त्री नमुना
विकासमा राजनीति गर्नु हुँदैन: मन्त्री नमुना
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १५, २०७९ बागेश्वरी पोस्ट
विकासमा राजनीति गर्नु हुँदैन: मन्त्री नमुना

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारकी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना) ले विकासमा कसैले राजनीति गर्न नहुने बताएकी छिन् ।

खजुराको सैनिकमा आ ४१औं मगर संघ स्थापना दिवस तथा मगर एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । मन्त्री केसीले विकासमा राजनीति नभएर सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । 

‘विकासमा राजनीति होइन, सबैको सहकार्य अहिलेको आवश्यकता हो’ उनले भनिन्, ‘म पनि जुनसुकै राजनीतिक दलमा रहे पनि विकासमा राजनीति गर्दैन । विकासका काममा सबैसँग समन्वय र सहकार्य गर्छु ।’ जिल्लाकै अर्को स्थानबाट निर्वाचन जिते पनि खजुरा क्षेत्रको विकासमा आफूले पहल गर्ने मन्त्री केसीले प्रतिवद्धता जनाइन् । 

‘खजुरा क्षेत्र मेरो राजनीतिको आधारभूमी समेत हो । मैले खजुराबाट नै राजनीति सुरु गरेकी हुँ,’ उनले भनिन्, ‘खजुरा क्षेत्रको बारेमा म जानकार छु । स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर यहाँको विकासको लागि पहल गर्छु ।’ आफू अहिले केही गर्न सक्ने स्थानमा पुगेको भन्दै मन्त्री केसीले खजुरासहित बाँकेको लागि आफूले गर्न सक्ने भूमिका निभाउन तयार रहेको बताइन् । 

‘अहिले म केही भएपनि गर्नसक्ने ठाउँमा पुगेकी छु । सबैको सहकार्यमा म काम गर्छु’ उनले भनिन्, ‘खजुराको स्थानीय सरकारले गर्न नसक्ने काम प्रदेशबाट गर्न तयार छु । प्रदेशबाट पनि हुन नसक्ने कामको समन्वय संघीय सरकारसँग गरेर गर्ने प्रतिवद्धता जनाउन चाहान्छु ।’ अर्को प्रसंगमा मन्त्री नमुनाले नेपालमा अहिलेको व्यवस्था परिवर्तनमा मगर समुदायको समेत महत्वपूर्ण भूमिका रहेको बताइन् । 

‘नेपालमा विभिन्न कालखण्डमा भएका व्यवस्था परिवर्तनमा मगर समुदायको भूमिका हामीले बिर्सन हुँदैन’ उनले भनिन्, ‘प्रजातन्त्रदेखि गणतन्त्र आउँदासम्म उनीहरुको भूमिका धैरे छ ।’ नेपालमा मात्र नभएर विदेशी भूमीमा समेत मगर समुदायको आफ्नै प्रतिष्ठा रहेको मन्त्री केसीले दाबी गरिन् ।


प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP