Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश १ लाई 'कोशी' नाम राख्ने प्रस्ताव कांग्रेसद्वारा फिर्ता
प्रदेश १ लाई 'कोशी' नाम राख्ने प्रस्ताव कांग्रेसद्वारा फिर्ता
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन १७, २०७९ बागेश्वरी पोस्ट
प्रदेश १ लाई 'कोशी' नाम राख्ने प्रस्ताव कांग्रेसद्वारा फिर्ता

नेपालगन्ज । प्रदेश नम्बर १ को नाम 'कोशी' राख्न यसअघि प्रदेशसभा बैठकमा दर्ता भएको प्रस्तावमा नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ ।  प्रदेश नम्बर १ को नामकरण प्रक्रिया अगाडि बढेसँगै आज बिहान  प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूले प्रदेश नम्बर  १ को नाम तोक्न प्रदेशसभा सचिवालयमा नाम दर्ता गराएपछि प्रक्रिया अगाडि बढेको हो ।

प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले संयुक्तरूपमा प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । यो प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिकाप्रसाद राजवंशी र एमालेका निरन राई समर्थक रहेका थिए । प्रस्ताव दर्ता भएको केही घन्टापछि कांग्रेसका राजवंशीले प्रदेशसभा सचिवालयमा आफ्नो समर्थन फिर्ता भएको निवेदन दिएका छन् । 

यस्तै प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) र सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) ले संयुक्त रूपमा ‘किराँत–लिम्बुवान–सगरमाथा प्रदेश’ नामाकरणका लागि प्रस्ताव दर्ता गराएका छन् ।

यो प्रस्तावको प्रस्तावकमा एकीकृत समाजवादीका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राई र स्वास्थ्यमन्त्री तथा जसपाकी प्रदेश सांसद निर्मला लिम्बु र एकीकृत समाजवादीका कमलप्रसाद जबेगु समर्थक रहेका छन् ।

प्रस्तावक राईले सुरूमा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बाले छुट्टै प्रस्ताव दर्ता गराउने सहमति गरे पनि पछि पन्छिएको आरोप लगाएका छन् । प्रदेश नम्बर १ का सभामुख बाबुराम गौतमले प्रदेस नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताका लागि आह्वान गरेका हुन् ।

पहिलो प्रदेशसभाले थाँती राखेर गएको प्रदेश नम्बर  १ को नामाकरण बुधबार बस्ने प्रदेशसभामा प्रस्ताव गरेर पारित गर्ने कार्यसूची सार्वजनिक गरिएको छ । प्रदेशको नामाकरणका लागि प्रदेशसभामा कायम रहेका दुई तिहाइ सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ । त्यो हिसाबले दर्ता भएका दुई मध्ये कुनै नाम पारित हुने ६३ सांसदको समर्थन आवश्यक हुन्छ ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।


प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP