prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेमा सम्झिइए कांग्रेसका पूर्व सभापति स्वर्गीय सुवर्ण शमशेर
बाँकेमा सम्झिइए कांग्रेसका पूर्व सभापति स्वर्गीय सुवर्ण शमशेर
banijya office
बागेश्वरी पोस्ट
बुधबार, फागुन १७, २०७९ बागेश्वरी पोस्ट
बाँकेमा सम्झिइए कांग्रेसका पूर्व सभापति स्वर्गीय सुवर्ण शमशेर

नेपालगञ्ज । नेपाली कांग्रेसले आज आफ्ना नेता स्वर्गीय सुवर्ण शमशेर जबरालाई सम्झेको छ । कांग्रेस बाँकेले आज स्वर्गीय जबराको ११२औं जन्मजयन्ती मनाएको छ । पूर्व पार्टी सभापति एवम् पूर्व मन्त्रीपरिषद् अध्यक्ष जवराको सम्झनामा पार्टी कार्यालयमा दीप प्रज्वलन गरिएको छ ।

nepalgunj 081-082

May be an image of 5 people, people standing, people sitting and indoor

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले नेपाली कांग्रेस आजको अवस्थासम्म आइपुग्न सुवर्ण शमशेरको अतुलनीय योगदान रहेको चर्चा गर्दै उनकै देनमा कांग्रेस बाँचिरहेको बताए । बाल्मिकीले प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउन र पार्टीमा कोषको व्यवस्थापनमा उनको विशेष योगदान रहेको स्मरण गर्दै तत्कालीन अवस्थामा पार्टीको आर्थिक पाटो उनलै धानेको बताए । बाल्मिकीले भारतमा कांग्रेस निकट नेपाली विद्यार्थीहरुको पठनपाठनको व्यवस्थापन पनि उनैले गरेको स्मरण गराए । उनले अहिलेको पुस्ताले सुवर्ण शमशेरको योगदानबारे जानकारी राख्न जरुरी रहेको बताए । पार्टी उपसभापति गोपालप्रसाद अधिकारीले पार्टीलाई आर्थिक भरथेग  गरेर अगाडि बढाएका स्वर्गीय सुवर्ण शमशेर त्यागी नेता भएको बताए । आफूलाई प्रधानमन्त्री बन्न आएको प्रस्तावलाई समेत इन्कार गरेर विपी कोइरालालाई समर्थन गरेको अधिकारीले स्मरण गरे ।

May be an image of 15 people, people sitting and people standing

निवर्तमान पार्टी सभापति किरण कोइराला, लुम्बिनी प्रदेश समिति सदस्य कृष्णाकुमारी सापकोटा, क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, महासमिति सदस्य लक्ष्मीनारायण शाह, सहसचिवद्वय रेणु सिंह ठाकुर र विनोदकुमार थारु, प्रबक्ता डिल्ली गिरी लगायत नेता कार्यकर्ता उपस्थित कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 

May be an image of 10 people, people sitting and people standing

२०१२ सालमा भएको वीरगञ्ज महाधिवेशनमा सुवर्ण र गणेशमानको प्रतिस्पर्धा हुँदा सुवर्ण सभापतिमा चुनिएका थिए । उनको सभापतित्वले पहिलोपल्ट नेपाली कांग्रेसको सिद्धान्तलाई परिमार्जन गरी ‘प्रजातान्त्रिक समाजवाद’ को घोषण गरेको थियो । एउटा सामन्ती परिवारबाट आएको व्यक्तिको नेतृत्वले पार्टीलाई समाजवादी बनाएको थियो । 

आफू अर्थमन्त्री भएकै बेला सरकारले १९ पुस, २०१६ मा बिर्ता उन्मूलनको घोषणा गर्दा सुवर्णले आफूसँग रहेको १२ हजार बिगा जग्गा सरकारलाई बुझाउने घोषणा गरी त्यो नीतिलाई शक्ति प्रदान गरे । २०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेस पार्टीले दुई तिहार्इ मत ल्याए पनि निकै महिनासम्म सरकार गठन हुन सकेको थिएन ।

त्यो चुनावी सरकारका प्रमुख सुवर्ण नै थिए र अत्यन्त सरलतापूर्वक चुनाव सम्पन्न भएको थियो । तर, राजा महेन्द्रले बीपीलाई मन नपराउने हुँदा सुवर्णलाई नै पटकपटक प्रधानमन्त्री हुन जोड गरे । तर, सुवर्णले पार्टीको नीति विपरीत आफू नजाने भनेपछि राजा बीपीलाई नै प्रधानमन्त्री बनाउन बाध्य भएका थिए । 

May be an image of 10 people, people sitting and people standingMay be an image of 12 people, people standing and people sittingMay be an image of 10 people, people sitting and people standing


प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  २०:३९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP