prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रुपन्देहीको कुमारवर्ती मन्दिर संरक्षणको पर्खाइमा, आदिमकालका चक्र ढुङ्गा चोरी
रुपन्देहीको कुमारवर्ती मन्दिर संरक्षणको पर्खाइमा, आदिमकालका चक्र ढुङ्गा चोरी
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन २०, २०७९ बागेश्वरी पोस्ट
रुपन्देहीको कुमारवर्ती मन्दिर संरक्षणको पर्खाइमा, आदिमकालका चक्र ढुङ्गा चोरी

नेपालगन्ज । शान्तिका प्रतीक  गौतम बुद्धको जन्मस्थल रुपन्देहीको लुम्बिनी पर्दछ । बुद्धको मावली रुपन्देहीकै कोलिय राज्य देवदह मानिन्छ। जहाँ बुद्ध सर्किटका धेरै ऐतिहासिक धार्मिक स्थलहरु छन् । जसको संरक्षण स्थानीयबाट भएको छ भने सरकारी स्तरबाट हुन नसक्दा कतिपय पुरातात्त्विक स्थलहरु अतिक्रमणमा परेका छन् । कति आदिमकालका महत्त्वपूर्ण ढुङ्गाहरु चोरी भएको पाइएको छ ।

जसको उदाहरण हो, तिलोत्तमा नगरपालिका वडा न ११ मन्द्राहनीमा रहेको कुमारवर्ती मन्दिरका चक्र ढुङ्गा । कुमारवर्तीमा एउटा मन्दिर छ । इट्टाले भित्ता लगाइएको एउटा पुरानो कुवा छ । लामा र गोलाकार चक्र भएका ढुङ्गा छन् । जसलाई स्थानीयले सूर्य भगवानको रुपमा पूजा आरधना गर्ने गरेको बताइएको छ ।

बुद्धका अविवाहित ७ वटा सानीआमामध्ये एक कुमारवर्ती रहेको स्थानीयहरुको भनाइ छ । जहाँ देवीको पूजा गरिने स्थानीय दुर्गा नेपालले बताइन् । उनले भनिन्,  'मेरो जन्म यहि ठाउँमा भएको हो । मेरो विवाह अन्यत्र भएपनि म यहि ठाउँमा नै आएर बसेकी छु । मैले जान्दादेखि यो कुमारवर्ती मन्दिर अत्यन्तै शक्तिशाली मानिन्थ्यो, अहिले पनि मान्दै आएका छौं । जसको दैवीय शक्तिले एकपटक यो ठाउँमा पहिले डकैती हुन्थ्यो, डाँकाहरु आउने गर्दथे, एकदिन यो गाउँलाई डाँकाहरुले घेरा हालेर लुटपाट गर्नेगरी आएपछि स्थानीय आत्तिए, रातको समय थियो । भाग्ने स्थिति थिएन्, यो गाउँलाई चारकिल्लामा बाँधिएको छ ।'

स्थानीयहरुले कुमारवर्तीलाई प्राथना गर्दै बचाउन पुकारेको र बाँधिएका किल्ला भन्दा भित्र आउन नसकेर डाँकाहरुबाट यो गाउँ बचेको हो भन्ने कथन सुनाउँदै पछिल्लो समय कुनै निकायबाट यसक्षेत्रको बिकास एवं प्रर्वद्धनका निम्ति चासो नदिँदा संरक्षणविहीन जस्तै भएको उनले बताइन् । 

सो स्थानमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल, पुरातत्त्व विभागका प्रतिनिधि, पुरातत्त्वविद् उद्धव घिमिरे, लुम्बिनी विकास कोषका पुरातत्त्वविद् बसन्त बिडारी लगायतले अनुगमन गरिसकेको स्थानीय युवा तथा समाजसेवी मोहनलाल ज्ञवालीले बताए ।

उनका अनुसार कुमारवर्ती क्षेत्रको संरक्षण र प्रर्वद्धनमा लुम्बिनी विकास कोषले आफ्नो मातहतमा रहेको ऐतिहासिक धार्मिक स्थलप्रति कुनै ध्यान नदिएकोप्रति आक्रोश व्यक्त गरे ।

उनले लुम्बिनी विकास कोष धार्मिक अस्तित्वलाई जोगाउने भूमिका भन्दा पनि राजनितिक अस्तित्वलाई जोगाउने प्लेट फर्म बनेको जिकिर गरे । ज्ञवालीले पुरातात्त्विक स्थलको विकास गर्ने नाममा मेसनरी प्रविधि प्रयोग गर्न मनाही रहे पनि लुम्बिनी प्रदेश सरकारबाट प्राप्त बजेटले प्राङ्गण स्थल निर्माण गर्दा जेसीबी लगाइपछि ती ढुङ्गाहरु हराएको जनाए ।

स्थानीय तथा महिला समूहकी रीता पौडेलले पनि यो ठाउँमा रहेको गौरबको ऐतिहासिक स्थलको संरक्षण नहुँदा यसको महत्त्व हराउँदै गएकोमा चिन्ता व्यक्त गरिन् ।

पौडेलले भनिन्, 'हाल हाम्रो स्थानीय महिला समुहले हेर्दै आएका छौं । शिवरात्रीका बेला पूजापाठ गर्छौं । दैनिक दियो बाल्ने पनि गर्छौं । हामीले छोरीको कन्यादान गर्दा छोराले कन्या भित्र्याउँदा सबैभन्दा पहिले यहाँ ल्याएर मात्रै घरमा विविधत कार्यक्रम शुरु हुन्छ । त्यसो नगरे हानिनोक्सानी हुने जनविश्वास छ । सो गाउँलाई कोटहीमाई, बनकुँवा लगायत नामराखी चारकिल्ला बाँधिएको छ ।'

उसो त सोही मन्दिरसँग जोडिएको एउटा ऐतिहासिक पोखरी पनि छ । पुरातत्त्व विभागले उक्त पोखरीमा उत्खनन् गर्नुपर्ने भएकाले कुनै संरचना बनाउन नहुने जनाउँदै पत्राचार गरे पनि तत्कालीन तिलोत्तमा नगरपालिका पूर्वनगरप्रमुख हाल संघीय सांसद वासुदेव घिमिरेले जबर्जस्त पोखरीभित्र वडा कार्यालय बनाए ।

घिमिरेले कानूनलाई मिचेर दादागिरी शैली देखाउँदै पुरातत्त्व विभागको पत्रलाई समेत लत्याएका थिए । आन्तरिक तथा बाह्य लुम्बिनी आउने विदेशी पर्यटकलाई त्यहाँ भित्र्याउन सके पर्यटकीय स्थलको गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ ।


प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १९:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP