नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जमा युवा संवाद कार्यक्रम, ६ बुँदे घोषणापत्र जारी
नेपालगन्जमा युवा संवाद कार्यक्रम, ६ बुँदे घोषणापत्र जारी
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ ६, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जमा युवा संवाद कार्यक्रम, ६ बुँदे घोषणापत्र जारी

नेपालगन्ज। नेपालगन्जमा आज यात्रामा रहेका तथा जोखिममा परेका बालबालिकाको संरक्षणका लागि स्थानीय सरकारसंग युवा संवाद कार्यक्रम गरिएको छ । कार्यक्रमबाट ६ बुँदे घोषणापत्र जारी गरिएको छ ।

बालश्रमलाई पूर्णरूपमा अस्विकार गर्ने, बालश्रमका असरका बारेमा जनचेतना फैलाउने र नियमितरुपमा जनचेतनामूलक कार्यक्रम गर्ने, ईटा भट्टाहरुको नियमितरुपमा अनुगमन गर्ने, बालश्रम उन्मूलन गर्ने सरकारको रणनीतिलाई साकार पार्न योगदान दिने, सबै क्षेत्र र समुदायमा समन्वय र सहकार्यका साथ अभियान संचालन गर्ने, बालश्रम राख्ने र बालश्रम गराउनेमाथि नियम अनुसार कार्वाही गर्ने लगायतका बुँदा घोषणापत्रमा समेटिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले नीति र ऐन कानुन अभावले बालबालिकाका क्षेत्रमा सोचे जस्तो काम गर्न नसकेको बताउनुभयो । विगत भन्दा बालबालिकाका क्षेत्रमा बजेट बढेको भन्दै उहाँले बालमैत्री नगर घोषणाका लागि सुक्ष्म ढंगले काम गरिरहेको बताउनुभयो । वडा नम्बर २ का वडा अध्यक्ष सुनिलसिंह हमालले वडाले बालबालिकाको क्षेत्रमा चालू आर्थिक वर्षमा १५ लाख रुपैयाँ छुट्टयाएको जानकारी दिनुभयो । उहाँले उक्त बजेट कुल बजेटको १५ प्रतिशत बढी रहेको बताउनुभयो।

चालू आर्थिक वर्षमै वडालाई बालमैत्री घोषणा गर्ने तयारी रहेको हमालले जानकारी दिनुभयो । कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष जुम्मन खाँ, ८ नम्बर वडाका अध्यक्ष सुरेन्द्र बैश्य, विभिन्न वडाका सदस्यहरु लगायतको उपस्थिति थियो । ग्रामीण समाज उत्थान मंच(रुसुफ) नेपालको आयोजना, नेपालगन्ज उपमहानगरपालिकाको सहकार्य एवम् ड्युकमको सहयोगमा सम्वाद कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बाँकेमा बालबालिकाको अवस्था र बालश्रम न्युनीकरणका लागि गरिएका प्रयासका विषयमा रुसुफका अध्यक्ष मुस्ताक अली राई, गन्तव्यहिन यात्रामा रहेका बालबालिकाको अवस्थाका विषयमा स्वतन्त्रता अभियान नेपालकी बाल अधिकारकर्मी ममता सिवाकोटी र नेपालगन्ज उपमहानगरपालिकामा बालबालिकाको क्षेत्रमा भएका प्रयासका बिषयमा महिला तथा बालबालिका शाखाकी अधिकृत आशा शाहीले प्रस्तुतिकरण दिनुभएको थियो ।

छलफलमा वडा नम्बर ७ कि वडा सचिव पुष्पा घिमिरे, जिल्ला युवा संजाल बाँकेका सचिव राजन बर्मा, जिल्ला बाल क्लब संजाल बाँकेका अध्यक्ष मेनका रावत, जिल्ला बाल क्लब संजालका निवर्तमान अध्यक्ष श्वेता गुरुङ, युवा परिषद् प्रदेश ५ का संयोजक सोम गुरुङ, जिल्ला युवा संजालकी अन्जना चतुर्वेदी, वडा स्तरीय युवा क्लब संजाल वडा नम्बर १० का रित्तिक शाही लगायतले बालबालिकाको वास्तविक अवस्था पत्ता लगाएर बालश्रम न्यूनीकरणका लागि ठोस कार्ययोजना ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । बालअधिकार संरक्षणका लागि स्थानीय तह गम्भीर नबनेको सहभागीहरुको भनाई थियो ।


प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १९:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP