Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बागेश्वरी बहुमुखी क्याम्पसमा इतिहास रच्ने दौडमा टिकाकुमारी शाही
बागेश्वरी बहुमुखी क्याम्पसमा इतिहास रच्ने दौडमा टिकाकुमारी शाही
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन २२, २०७९ बागेश्वरी पोस्ट
बागेश्वरी बहुमुखी क्याम्पसमा इतिहास रच्ने दौडमा टिकाकुमारी शाही

कोहलपुर (बाँके) । बाँकेको कोहलपुरमा रहेको मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पसमा चैत ३ गते हुन गइरहेको स्ववियु निर्वाचनमा नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा टिकाकुमारी शाहीले उम्मेदवारी दर्ता गरेकी छिन् । नेविसंघले आज आफ्नो प्यानल दर्ता गराएको हो । 

बागेश्वरी बहुमुखी क्याम्पसको इतिहासमा पहिलोपटक स्ववियु सभापतिमा महिला उम्मेदवारी परेको हो । शाहीले निर्वाचन जिते इतिहास नै रच्नेछिन् । क्याम्पसको शैक्षिक विकाससँगै भौतिक विकास, क्याम्पसमा अध्ययनरत विद्यार्थीको अपेक्षित शैक्षिक उपलब्धि हासिल गराउन तथा उच्च शिक्षा अध्ययन हासिल गर्न आएका विद्यार्थीहरुले भोग्दै आएका समस्याहरुलाई समाधान गर्नका लागि उम्मेदवारी दर्ता गराएको शाहीले बताएकी छिन् । 

कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्नका लागि बागेश्वरी क्याम्पसलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्न पहल गर्ने, क्याम्पसभित्र विज्ञान प्रयोगशाला स्थापना गर्नका लागि आफ्नो पहिलो लक्ष्य रहेको उनी बताउँछिन् । “क्याम्पसमा हुने शैक्षिक गतिविधिहरुलाई विद्यार्थीहरुको पेशागत जीवनलाई सहज बनाउने र क्याम्पसबाट उच्च शिक्षा हासिल गरेसँगै विद्यार्थीहरुलाई आत्मनिर्भर बन्न सक्ने शिक्षा दिनुपर्छ र त्यसका लागि मैले काम गर्छु” उनी भन्छिन् । दुर्गम क्षेत्रबाट उच्च शिक्षा अध्ययन गर्न आएका विद्यार्थीहरुले भोग्दै आएको विद्यमान समस्याहरुको हल गर्नका लागि विशेष नीति लिइने उनको प्रतिवद्धता समेत रहेको छ । 

नेविसंघ बागेश्वरी बहुमुखी क्याम्पस इकाई सभापति रामप्रसाद पाण्डेले बागेश्वरी क्याम्पसलाई शैक्षिक हबका रुपमा विकासका गर्नका लागि नेविसंघका उम्मेदवारहरुलाई विजय गराउनका लागि विद्यार्थीहरुलाई आग्रह गरेका छन् । विद्यार्थीहरुको हक र अधिकारका लागि शाही नेतृत्वको टिमलाई बिजयी गराउन उनले सबैलाई अनुरोध गरेका छन् । क्याम्पसमा नियमित शैक्षिक गतिविधि संचालनका लागि काम गर्ने स्ववियु सचिव पदका उम्मेदवार युवराज विष्टले बताएका छन् । साथै उनले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको हक र अधिकारीका लागि आफूहरु सधैं लागिपर्ने बताएका छन् । 

नेविसंघको तर्फबाट स्ववियु सभापतिका लागि शाही, सचिवमा बिष्ट, कोषाध्यक्षमा नमराज बिकले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै स्ववियु निर्वाचनका लागि सदस्यमा बसन्त खत्री, हरिकृष्ण थारु, एलिना ठकुरी र आर्यान जोशी लगायतको उम्मेदवारी रहेको छ । बागेश्वरीमा स्ववियू निर्वाचनका लागि आठ विद्यार्थी संगठन दर्ता भएका छन् ।


प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  २१:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP