नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, चैत ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राप्तीसोनारीमा 'थारू समुदायको हक अधिकारका लागि कांग्रेसको भूमिका' बिषयक अन्तरक्रिया
राप्तीसोनारीमा 'थारू समुदायको हक अधिकारका लागि कांग्रेसको भूमिका' बिषयक अन्तरक्रिया
बागेश्वरी पोस्ट
आइतबार, फागुन २८, २०७९ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा 'थारू समुदायको हक अधिकारका लागि कांग्रेसको भूमिका' बिषयक अन्तरक्रिया

राप्तीसोनारी (बाँके) । राप्तीसोनारीमा 'थारू समुदायको हक अधिकारका लागि नेपाली कांग्रेसको भूमिका' बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ बाँके थारू समन्वय शाखाको आयोजनामा आज राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शम्शेरगञ्जमा 'थारू समुदायको हक अधिकारको लागि नेपाली कांग्रेसको भूमिका बिषयक अन्तरक्रिया' कार्यक्रम सम्पन्न भएको हो ।

बाँके क्षेत्र नम्बर १ का पार्टीका थारू नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको अन्तरक्रिया कार्यक्रमको पार्टीका सहमहामन्त्री किशोरसिंह राठौरले उदघाटन गरेका थिए । सो अबसरमा बोल्दै सहमहामन्त्री राठौरले नेपाली कांग्रेसले थारू लगायत सबै आदिवासी जनजातीहरूको हक अधिकारका लागि २०१५ सालदेखि नै आवाज उठाउँदै आएको बताए । समाबेशी तथा समानुपातिक सिद्धान्तलाई संबैधानिक रूपमा ब्यवस्था गर्ने काम पनि कांग्रेसले गरेको बताउँदै उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप हक अधिकारका लागि सबै संगठित हुनुपर्ने बताए । कमैया, कम्लहरी मुक्ति लगायत थारू अधिकारका लागि थारू आयोग बनाउने काम पनि कांग्रेसले नै गरेको राठौरले बताए ।

जिल्ला सभापति नारायणप्रसाद गौडेलले जातीय र भावनात्मक रूपमा नभई पार्टीले पार्टीमा काम गरेको आधारमा पार्टीका नेता तथा कार्यकर्ताहरुको मूल्यांकन हुने बताए । क्षेत्रीय सभापति पोषण केसीले थारू इतिहास र थारू हक अधिकारका बारेमा पार्टीले खेलेको भूमिकाका बारेमा बोल्दै परिवर्तनपछि बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधानमा थारू लगायत सबै जातजाती, भाषा, धर्म, संस्कृतिको बैधानिकरूपमा संरक्षण भए जस्तै पार्टीले पनि सोही बमोजिम बिधान संशोधन गरी समाबेशी तथा समानुपातिक सिद्धान्तलाई आत्मसात गर्दै थारू लगायत सबै आदिवासी जनजाती, महिला, मधेसी, मुस्लिम र पिछडिएको बर्गलाई स्थानीय तहदेखि केन्द्रसम्म न्यायोचितरूपमा सहभागितामूलक प्रतिनिधित्व सुनिश्चितता गरेको बताए ।

अन्तरक्रिया कार्यक्रममा डा. कृष्णराज चौधरी सर्वहारीले 'थारू समुदायको हक अधिकारका लागि नेपाली कांग्रेसको भूमिका' बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । थारू समन्वय शाखा प्रमुख गंगाराम थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य अञ्जना पाण्डे, जिल्ला सहसचिव बिनोद थारू, महाधिबेशन प्रतिनिधिद्वय लाहुराम थारू र संगिता थारू, प्रदेश (ख) का सभापति बलराम शर्मा, थारू नेता जागेश्वर चौधरी, नेपाली काँग्रेस राप्तीसोनारी गाउँपालिका सचिव सन्तोष चौधरी लगायत थारूका अगुवा नेता तथा कार्यकर्ताहरू अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए ।

No description available.


प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP