नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डको ध्यान राजदूत नियुक्तिमा, छोरी गंगासँगै अल्झिनु पर्दा सचिवहरु दिक्क
प्रचण्डको ध्यान राजदूत नियुक्तिमा, छोरी गंगासँगै अल्झिनु पर्दा सचिवहरु दिक्क
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत २, २०७९ बागेश्वरी पोस्ट
प्रचण्डको ध्यान राजदूत नियुक्तिमा, छोरी गंगासँगै अल्झिनु पर्दा सचिवहरु दिक्क
छोरी गंगाका साथमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

नेपालगन्ज ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यान सरकारी नियुक्तिमा परेको छ । विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद विस्तारको योजनामा रहेका प्रधानमन्त्री दाहाल यतिबेला परराष्ट्र अन्तर्गतका राजदूतहरु खाली रहेका बेला उनको ध्यान त्यता तानिएको हो । 

राजदूत खाली हुने देशमा क्यानाडा, अमेरिका, स्वीट्जरल्याण्ड, फ्रान्स, थाइल्याण्ड, यूएई र कुबेत छन् । पदावधि सकिएपछि युएईका लागि नेपाली राजदूत केपी ढकाल स्वदेश आइसकेका छन् भने कुबेतबाट दुर्गा भण्डारी आउँदो हप्ता फिर्ता हुने क्रममा छन् । 

यो विषयमा पनि प्रचण्डकी छोरी गंगा दाहालको विशेष चासो रहेको स्रोतको दाबी छ । ‘सरकारी नियुक्ति र मन्त्रालयको काममा प्रधानमन्त्रीपुत्री गंगाको विशेष चासो रहन थालेको छ’, प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने । 

उनका अनुसार प्रधानमन्त्रीले १६ वटा मन्त्रालय सम्हालेका कारण सबै मन्त्रालयका सचिवहरुले प्रधानमन्त्रीलाई नै विवरण बुझाउनुपर्ने र कामको जिम्मेवारी र प्रकृतिबारे बुझाउनुपर्ने भएकाले प्रधानमन्त्रीलाई भेट्न जाँदा पनि शुरुमा प्रधानमन्त्रीपुत्री गंगालाई भेटेर मात्रै प्रधानमन्त्री प्रचण्डलाई भेट्नुपर्ने बाध्यता रहेको छ ।

‘घण्टौँसम्म पर्खदा पनि पालो आउँदैन, मूख्यसचिवलाई भन्नुपर्ने विषयमा पनि प्रधानमन्त्रीपुत्रीलाई भन्नुपर्ने हुन्छ, प्रधानमन्त्रीलाई भन्नुपर्ने पनि उहाँलाई नै भन्नुपर्ने हुन्छ’, एक मन्त्रालयका सचिवले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेका छन् । 

ती सचिवका अनुसार माओवादीले सम्हालेको मन्त्रालय बाहेक सबै मन्त्रालय रहेका नियुक्ति र सरुवामा प्रचण्डले आँखा लगाउन थालेका हुन् । भरसक मन्त्रिपरिषद विस्तार नहुँदै महत्वपूर्ण निर्णय गर्ने तयारीमा उनी लागेका छन् ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुष ११ गते मन्त्रिपरिषद्लाई पहिलोपटक विस्तार गरेका थिए । तर त्यसयता उनको मन्त्रिपरिषद निरन्तर अस्थिर छ ।

पुस १० मा एमाले लगायतका दलसँग गठबन्धन गरेका प्रचण्डले फागुन १२ देखि एमालेसँग सम्बन्ध अन्त्य गरेर नयाँ सत्ता गठबन्धन निर्माण गरेका छन् । फागुन १२ अघि नै उनको मन्त्रिपरिषद पूर्ण थिएन । 

बरु त्यही बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट मन्त्रीहरू फिर्ता बोलाएको थियो । त्यसपछि त एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेत सरकारबाट बाहिरिएपछि दाहालले फागुन १५ यता १६ वटा मन्त्रालयको जिम्मेवारी आफूसँग राखेका छन् । 

अहिले सरकारमा कांग्रेस, नेकपा एस, जसपा लगायतका पार्टीहरु जान खोजिरहेका बेला महत्वपूर्ण मन्त्रालयको सरुवा बढुवा त्यसअघि नै  सिध्याउने योजनामा रहेको स्रोतको दाबी छ । हाम्राकुराबाट


प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०८:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP