prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा प्रहरीसंग अभिमुखीकरण
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा प्रहरीसंग अभिमुखीकरण
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ३, २०७९ बागेश्वरी पोस्ट
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा प्रहरीसंग अभिमुखीकरण

​नेपालगञ्ज । बैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने उद्देश्यले सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले आज नेपालगञ्जमा प्रहरीसंग अभिमुखीकरण गरेको छ । 

बैदेशिक रोजगारी सम्बन्धि समस्या, ठगी र उजुरीका विषयमा अन्तरक्रिया गरिएको अभिमुखीकरणमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, प्रहरी प्रमुख सन्तोषसिंह राठौर, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल लगायत तीन दर्जन बढी प्रहरीहरुको सहभागिता थियो । बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालित छ ।

अभिमुखीकरणमा बैदेशिक रोजगार बोर्डकी बाँके र कैलाली कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले सामी कार्यक्रमको उपलब्धि, समस्या र समाधानका प्रयासबारे जानकारी गराएकी थिइन् । त्यसक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी आचार्यले वैदेशिक रोजगारी सम्बन्धि थुप्रै समस्या रहेको बताउँदै बाँकेबाट खाडी मुलुक जाने मानिसहरुको संख्या तुलनात्मकरुपमा कम भएकाले उजुरी पनि कम आउने गरेको बताए । उनले ठगी सम्बन्धि समस्यामा छलफल गराउने, पैसा दिलाउने, मिलापत्र गराउने काम गरिरहेको जानकारी गराउँदै समाधान हुन नसकेका विषय बैदेशिक रोजगार विभागमा पठाइने बताए । प्रहरी प्रमुख प्रहरी उपरीक्षक राठौरले बैदेशिक रोजगारीसंग सम्बन्धि समस्या र उजुरीहरुलाई प्राथमिकताका साथ हेरिरहेको बताए । बैदेशिक रोजागारीलाई शोषणरहित बनाउन नेपाल प्रहरीको भूमिकाका विषयमा उनले प्रस्तुतिकरण समेत गरेका थिए । 

No description available.No description available.

कार्यक्रमको समापन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख विष्टले यो कार्यक्रमले बैदेशिक रोजगारीमा रहेकाहरुलाई जोखिमबाट बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । विष्टले बैदेशिक रोजगारीमा जानेहरु कुनै पनि बहानामा ठगिन नहुने बताए । उनले विदेश जानै पर्दा सीप सिकेर मात्र जान आग्रह गर्दैै अन्यथा दुःख व्यहार्ने अवस्था सिर्जना हुने बताए ।  प्रमुख प्रशासकीय अधिकृत रिजालले बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सबैको भूमिका आवश्यक हुने बताए । कार्यक्रमको सहजीकरण सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले थिए ।

No description available.

बैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने, गन्तब्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना, सीप, परामर्श लगायतका सहयोग प्रदान गर्ने, बैदेशिक रोजगारीमा सम्बद्ध निकायहरुको क्षमता अभिबृद्धि गरी बैदेशिक रोजगारलाई थप उपलब्धिमूलक बनाउने उद्देश्यका साथ मुलुकभरका १५६ स्थानीय तहमा सामी कार्यक्रम सञ्चालित छ ।

सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको सामी कार्यक्रमका बाँके संयोजक कमलसिंह नेपालीले जानकारी दिए । 

No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP