prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन: को बन्लान उम्मेदवार ?
तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन: को बन्लान उम्मेदवार ?
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत ५, २०७९ बागेश्वरी पोस्ट
तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन: को बन्लान उम्मेदवार ?

नेपालगन्ज । देशभरका तीन निर्वाचन क्षेत्रमा सांसदविहिन छ । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र रास्वपाको सभापतिको संसाद पद खारेजीका कारण प्रतिनिधिसभाको तीन वटा निर्वाचन क्षेत्र सांसदविहिन भएका हुन् । 

चितवन २ मा रास्वपाका सभापति रवि लामिछानेको सांसद पद खारेजीमा परेको, बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा र तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि सांसदविहीन बन्न पुगेको हो । 

चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा फसेपछि उनको सांसद पद खारेजीमा परेको थियो । त्यस्तै तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी तीन क्षेत्र अब उपचुनाव हुने भएको हो । 

चितवन २ मा निर्वाचन आयोगले आगामी बैशाख १० गतेका लागि निर्वाचनको मिति तोकिसकेको छ । फागुन २५ र चैत ३ मा क्रमशः राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन भएपछि तनहुँ १ र बारा २ मा भने निर्वाचन आयोगले चुनावको मिति तोक्ने समय पाएको छैन । 

आयोगले यी दुवै निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्ने जनाइसकेको छ । अब उपचुनाव गर्ने यी तीन क्षेत्रमा एकैपटक निर्वाचन गर्ने या चितवन २ मा तोकिएकै समयमा गरेर अन्य २ क्षेत्रमा फरक मितिमा चुनाव गर्ने भन्ने बारेमा भने कुनै जानकारी दिएको छैन । यद्यपि आयोगले यसअघि उपनिर्वाचन एकैपटक गर्ने जनाएको थियो । 

यद्यपि आयोगले अब यसबारेमा एकपटक परामर्श गरेर निर्णयमा पुग्ने तयारी गरेको आयोग स्रोतले बताएको छ । राष्ट्रपति र उपराष्ट्रपति दुवै निर्वाचित सांसद नै निर्वाचित भएपछि दुई निर्वाचन क्षेत्र खाली भएको हो । 

चितवन २ सहित अहिले खाली भएका बाँकी दुई निर्वाचन क्षेत्रमा पनि एकै पटक निर्वाचन गराउने गरी निर्वाचन आयोगले तयारी गर्दा खर्च कम गर्न सकिने भएकाले त्यसतर्फ आयोगले छलफल गर्नुपर्ने कतिपयले तर्क शुरु गरेका छन् । 

तर, चितवन २ का बारेमा चुनावी प्रक्रिया धेरै अगाडि बढेकोले त्यसमा तोकिएकै मितिमा चुनाव गराएर बाँकी दुई क्षेत्रमा भने अर्को मिति तोकेर निर्वाचन गराउने गरी आयोग अघि बढ्ने संभावना रहेको छ । 

चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने आफैँ उम्मेदवार हुँदैछन् । कांग्रेस, एमाले र माओवादीले आफ्नो उम्मेदवार तयार गरेका छैनन् । तनहुँमा कांग्रेसका नेताहरु गोविन्द भट्टराई लगायतको चर्चा छ भने एमालेबाट पनि किरण गुरुङ, एकबहादुर आले, सर्वेन्द्र खनालसम्मको चर्चा चलिरहेको छ । 

यस्तै बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवको चर्चा छ । उनी त्यही क्षेत्रबाट निर्वाचन लडेर संसदमा प्रवेश गर्ने र सरकारमा उपप्रधानमन्त्री खाने दाउमा रहेका छन् । त्यहाँ कांग्रेस, एमाले र अन्य मधेशवादी दलहरुले उम्मेदवार तय गरेका छैनन् ।


प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP