नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रेस युनियनको नवौं महाधिवेशन नेपालगन्जमा गर्ने निर्णय
प्रेस युनियनको नवौं महाधिवेशन नेपालगन्जमा गर्ने निर्णय
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ ७, २०७६ बागेश्वरी पोस्ट
प्रेस युनियनको नवौं महाधिवेशन नेपालगन्जमा गर्ने निर्णय

नेपालगन्ज।नेपाल प्रेस युनियनको नवौं केन्द्रिय महाधिवेशन नेपालगन्जमा सम्पन्न गर्ने निर्णय गरिएको छ ।

चितवनमा मंगलबार सम्पन्न युनियनको कार्यसमिति बैठकले आगामी चैत २१ र २२ गते नेपालगन्जमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको केन्द्रिय अध्यक्ष बद्री सिग्देलले जानकारी दिए । ‘नेपालगन्जमा युनियनको केन्द्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेका छौं, अब हामी सबैको ध्यान नवौं महाधिवेशनतिर केन्द्रित हुनेछ,’ उनले टेलिफोनमा भने ।

राज्य पुर्नसंरचना पश्चात नेपालगन्ज उपेक्षामा परिरहेका बेला ऐतिहासिक नगरी नेपालगन्जमा युनियनको केन्द्रिय महाधिवेशन गर्ने निर्णय गरिएको अध्यक्ष सिग्देलले बताए। उक्त बैठकले अधिवेशन नगरेका जिल्ला शाखालाई यही माघ मसान्तभित्रमा सम्पन्न गरिसक्न अन्तिम समय दिएको छ । युनियनका महासचिव अजयबाबु सिवाकोटीले महाधिवेशनका लागि चाडै नै तयारी तथा उपसमिति गठन गरिने जानकारी दिए ।

जिल्ला अधिवेशन सम्पन्न गर्न शाखाहरुलाई माघ मसान्त सम्मको समय दिइएको उनले बताए । बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रिय प्रतिनिधीको जिम्मेवारी बाँडफाँट पनि गरेको छ । बैठकले बाँके शाखाको अधिवेशन सम्पन्न गर्न केन्द्रिय सदस्य माधव धिताललाई प्रतिनिधीका रुपमा पठाउने निर्णय गरेको छ । महाधिवेशनको तयारी गर्नुपर्ने भएको हुँदा बाँके शाखाको अधिवेशन छिट्टै गर्नुपर्ने महासचिव शिवाकोटीले बताए । माघ मसान्तभित्र अधिवेशन नगर्ने शाखाले चैत तेस्रो साता हुने महाधिवेशनमा भाग लिन नदिने बैठकले निर्णय गरेको छ । केन्द्रिय समितिका अनुसार बाँकेसहित करिव ३ दर्जन जिल्ला शाखाले युनियनको अधिवेशन गरेका छैनन् ।

केही जिल्लामा उत्पन्न विवाद समाधान गर्ने जिम्मा युनियनका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवलाई बैठकले दिएको छ । उप–महासचिव प्रेम केसीले ऐतिहासिक एवम् सुन्दर नगरी नेपालगन्जले युनियनको केन्द्रिय महाधिवेशनको आथित्यता गर्न पाउनु गर्वको कुरा भएको बताए । ‘नेपालगन्जमा हुन लागेको महाधिवेशनलाई सफल पार्न केन्द्रिय कार्यसमितिको पुरै टिम परिचालित हुनेछ, बाँकेसहित आसपासका जिल्ला शाखाले पनि सक्रियता देखाउनुपर्नेछ,’ केसीले भने ।

युनियनको महाधिवेशन यसअघि मंसिरमा सम्पन्न गर्न मिति तोकिएपनि उपनिर्वाचन लगायत समसामयिक राष्ट्रिय मुद्दामा सबैको ध्यान केन्द्रित रहेको भन्दै अन्तिममा आएर स्थगित गरिएको थियो । युनियनका केन्द्रिय सदस्य जयसिंह केसीले युनियनको केन्द्रिय अधिवेशनलाई सफल पार्न नेपालगन्ज क्षेत्रका सबै पक्ष र सरोकारवाला निकायसँग छलफल गरिने बताए । बैठकपछि उनले भने, ‘युनियनको महाधिवेशनलाई ऐतिहासिक रुपले सफल बनाउन हामीले सबैसँग छलफल र सहकार्य गर्नेछौं ।’


प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  २०:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP