prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राप्ती बबईमा प्रमोद भण्डारी नै नेविसंघको आधिकारिक उम्मेदवार
राप्ती बबईमा प्रमोद भण्डारी नै नेविसंघको आधिकारिक उम्मेदवार
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत ६, २०७९ बागेश्वरी पोस्ट
राप्ती बबईमा प्रमोद भण्डारी नै नेविसंघको आधिकारिक उम्मेदवार

नेपालगञ्ज । दाङ तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा नेविसंघको आधिकारिक उम्मेदवार प्रमोद भण्डारी नेतृत्वको समूहलाई बनाइएको छ । स्ववियु चुनावका लागि नेविसंघको असन्तुष्ट पक्षले पनि समानान्तररुपमा उम्मेदवारी दर्ता गराएपछि नेपाली कांग्रेसले तोकेको संयन्त्रले भण्डारी नेतृत्वको समूह नै आधिकारिक उम्मेदवार रहेको निर्णय गरेको हो ।

नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट खटेर आएका सह-महामन्त्री उमाकान्त चौधरीको प्रमुख आतिथ्यता एवम् केन्द्रिय सदस्य गेहेन्द्र गिरीको विशिष्ट आतिथ्यतामा बसेको संयन्त्र बैठकले भण्डारी नेतृत्वको समूहलाई नै नेविसंघको आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३(१) का सभापति देबेन्द्र रिजालले बताए । भण्डारी नेविसंघका जिल्ला सदस्य हुन् ।

May be an image of 5 people, people standing, people sitting and indoor

राप्ती बबईमा उम्मेदवारहरुको आधिकारिकता विवाद भएपछि चौधरी विवाद मिलाउन दाङ आएका हुन् । पार्टीले तोकेको संयन्त्रले गत फागुन २५ गते नै भण्डारीको नेतृत्वमा उम्मेदवारी तय गरेको थियो । विवाद मिलाउन बसेको संयन्त्रको संयुक्त बैठकमा लुम्बिनी प्रदेशका पूर्व माननीय शंकर गिरी, नेपाली कांग्रेसका जिल्ला उपसभापति गिरिराज सुवेदी, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति जगतबहादुर खड्का, नेविसंघ जिल्ला अध्यक्ष कुलराज पोख्रेल लगायत उपस्थित थिए । बैठकले पार्टीका सबै तह र तप्कालाई परिचालन गर्दै भण्डारी नेतृत्वको समूहलाई विजयी गराउन आवश्यक पहल गर्ने निर्णय पनि गरेको छ । राप्ती बबईमा नेविसंघ र अखिल क्रान्तिकारीबीच गठबन्धन छ ।

May be an image of 10 people and text that says ''राष्ट्रियता, स्वतन्त्रता, विद्यार्थी एकता हाम्रा आदर्श हुन् नेपाल विद्यार्थी -अखिल (ऋरान्तिकारी) संयुक्त गठबन्धन प्यानललाई विजयी बनाओ प्रमोद भण्डारी सभापति (नेविसंघ) स्वतन्त्र विद्यार्थी युनियन चुनाव २०७९ चैत अभिषेक कुसुन्डा जेनी ढकाल शर्मा ឬ सचिव कोषाध्यक्ष (नेविसंघ) (अखिल ऋरा्ताकारी) दिलिप शर्मा (दिपक) सदर्य (नेविसंघ) प्रकाश के.सी. सदस्य (नेविसंघ) टोपबहादूर वली $ शिक्षा नेपाली सदस्य (नेविसंघ) सदस्य (नेविसंघ) तिलकराज डांगी टेकराज बुढाथोकी रीता कुमारी थापा सदस्य (अखिल ऋरान्ताकारी) सदस्य (अखिल ऋरान्ताकारी) सदस्य (अखिल ऋरान्ताकारी) -चुनाव प्रचार प्रसार समिति संयुक्त गठबन्धन राप्ती बबई क्याम्पस तुलसीपुर. दाड'

राप्ती बबई क्याम्पसमा चैत ७ गते स्ववियु निर्वाचन हुँदैछ । चैत ४ गते शनिवार क्याम्पसको निर्वाचन कार्यालयमा नेविसंघ र क्याम्पस प्रशासनमा अनेरास्ववियूले ताला लगाएपछि चैत ५ गते हुने स्ववियु निर्वाचन स्थगित भएको थियो । आइतवार क्याम्पस प्रशाासन, विद्यार्थी संगठनका प्रतिनिधि, क्याम्पस व्यवस्थापन समिति तथा राजनीतिक दलका प्रतिनिधिहरुबीच भएको छलफलमा सहमति जुटेपछि चैत ७ गते चुनाव गर्ने निर्णय भएको निर्वाचन अधिकृत टेकन प्रसाद कँडेलले जानकारी दिए ।


प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP