prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'भूमिहिन तथा सुकुम्बासीको समस्या समाधानका लागि नीतिगत पहल जरुरी'
'भूमिहिन तथा सुकुम्बासीको समस्या समाधानका लागि नीतिगत पहल जरुरी'
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत ६, २०७९ बागेश्वरी पोस्ट
'भूमिहिन तथा सुकुम्बासीको समस्या समाधानका लागि नीतिगत पहल जरुरी'

नेपालगञ्ज । भूमिहिन तथा सुकुम्बासीहरुको समस्या समाधानका लागि नीतिगत पहल जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । लुम्बिनी प्रदेश संवाद समूहको आयोजनामा नेपालगञ्जमा आयोजित 'भूमि व्यवस्थापनमा नीतिगत चुनौति र समन्वय' बिषयक अन्तरक्रियामा बोल्ने सहभागीहरुले कानुन संशोधन गरेर समस्याको समाधान गरिनुपर्ने बताए ।

राष्ट्रिय भूमि आयोग बाँकेका अध्यक्ष श्रवणकुमार यादवले वन मन्त्रालयका कारण भूमिहिनहरुलाई लालपूर्जा दिन समस्या रहेको बताए । वर्षौंदेखि जोतभोग गरेर बसोबास गरेका सुकुम्बासीहरुलाई वनले जंगल क्षेत्र भन्दै निस्सा दिन  इन्कार गर्दा भूमिहिन व्यवस्थापन गर्न चुनौति देखिएको बताए । १० वर्षदेखि एकै ठाउँमा बसोबास गर्दै आएकालाई निस्सा दिन सकिने आयोगलाई अधिकार दिइएको छ । तर, वनले भने आफ्नो जंगल क्षेत्र भनेर निस्सा दिन रोक लगाउने गरेको छ । उनका अनुसार आयोगले जिल्लाका डुडुवा बाहेक अधिकांश पालिकामा अहिले भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले लगत संकलन गर्ने काम गरिहेको छ । डुडुवामा भने यो काम अघि बढ्न सकेको छैन ।

No description available.

नापी कार्यालय बाँकेका प्रमुख सहदेव सुवेदीले जग्गाधनी पुर्जा प्राप्तिका लागि अपनाइनुपर्ने आवश्यक प्रक्रियाबारे व्यापक बनाइनुपर्ने सुझाव दिए ।  नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख  प्रशान्त विष्टले भूमिहिनहरुको समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर रहेको बताए । उनले भूमिहिन समस्यालाई समाधान गर्नु स्थानीय सरकारको पनि दायित्व रहेकाले यसमा आफूहरु गम्भीर रहेको बताए । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भूमिहिनलाई व्यवस्थित गर्ने सवालमा आयोगले स्पष्टसँग काम गर्नुपर्ने बताए । उनले भूमिहिनहरुको समस्या समाधानका लागि समन्वय र सहकार्यका लागि आफू तयार रहेको बताए । यस्तै बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले आफ्नो पालिकामा भूमिहिनहरुको लगत संकलनको काम पूरा भइसकेको र अहिले रुजु गर्ने काम चलिरहेको बताए । उनले आयोगसँगको सहकार्यमा तत्काल यो समस्यालाई हल गरिनुपर्ने बताए । 

राष्ट्रिय भूमि आयोगका विज्ञ अशोकप्रसाद पोख्रेलले आयोग र वन मन्त्रालय बीचको कानुनी अड्चनलाई संशोधन गरेर भूमिहिनहरुको समस्या तत्काल हल गर्ने गरी आफूहरु लागिपरेको बताए । संवाद समूहका वरिष्ठ सहजकर्ता सुशिल बस्नेतले सहजीकरण गरेको कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साह, कोहलपुर नगरपालिकाका सामाजिक विकास संयोजक इश्वरी विक, भूमि सुधार तथा मालपोत  कार्यालयका प्रमुख छविलाल नेपाली, बाँके राष्ट्रिय निकुञ्ज प्रमुख श्यामकुमार शाह, डिभिजन वन कार्यालयका रमेश बुढाथोकी, नेपालगञ्ज उपमहानगरपालिका नापी शाखा सर्भेक्षक पूजा बस्न्यात लगायतले आआफ्नो धारणा राखेका थिए । संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईले स्वागत गरेको  कार्यक्रमको उद्देश्यमाथि प्रदेश सहजकर्ता बिक्रम खड्काले  प्रकाश पारेका थिए ।


प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १९:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP