prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कोहलपुरमा काँग्रेसको प्रदेश सम्मेलन-पदका लागि राजनीति नगरौं: राठौर
कोहलपुरमा काँग्रेसको प्रदेश सम्मेलन-पदका लागि राजनीति नगरौं: राठौर
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, चैत ७, २०७९ बागेश्वरी पोस्ट
कोहलपुरमा काँग्रेसको प्रदेश सम्मेलन-पदका लागि राजनीति नगरौं: राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले  पदका लागि राजनीति नगर्न आग्रह गरेका छन् । 

nepalgunj 081-082

नेपाली कांग्रेस बाँके क्षेत्र-१ प्रदेश `ख´ कार्यसमितिले आज कोहलपुरमा आयोजना गरेको प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै राठौरले राजनीति समाज सेवाका लागि भएकाले पद गौण कुरा भएको बताए । `राजनीति गरेपछि पदै चाहिन्छ भन्ने होइन,' उनले भने-`जसले समाज सेवाको भावले राजनीति गर्छ, त्यसले एक दिन पद अवश्य हासिल गर्छ ।´ पदकै निम्ति राजनीतिमा आउनेहरु सफल हुन नसक्ने पनि उनले बताए । 

अहिलेको पुस्तामा त्यागको संस्कार हराइसकेको उनको भनाई छ । `अहिलेको पुस्तामा त्याग भन्ने छँदैछैन,' उनले भने-`पार्टीमा लागेपछि मेयर बन्नै पर्ने, सांसद हुनै पर्ने, मन्त्री बन्नै पर्ने सोच विकसित भएको छ । यो पार्टीका लागि ठिक होइन ।´ उनले नेपाली काँग्रेसलाई बलियो बनाउन सबै कार्यकर्ताहरुको त्याग जरुरी रहेको बताए ।

सम्मेलनलाई सम्बोधन गर्दै काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले पार्टीलाई अनुशासित बनाउने गरी आफूले काम गरिरहेको बताए । `पार्टीभित्र अराजकता मौलाउँदै गएको छ,' उनले भने-`त्यसलाई लगाम लगाउन जरुरी छ । पार्टीभित्र अनुशासन कायम गर्ने सवालमा अहिलेको कार्यसमिति दृढ भएर लाग्छ ।´ अब पार्टीभित्र अराजक गतिविधि गर्नेलाई छुट नहुने पनि उनले चेतावनी दिए ।

यस्तै काँग्रेस क्षेत्र नं.१ का क्षेत्रीय सभापति पोषण केसीले पार्टीलाई नयाँ सोच र विचारको संचार प्रवाह गर्दै गतिशील बनाउन आवश्यक रहेको बताए । विगतका कुरा विर्सेर अव पार्टीलाई एक ढिक्का बनाएर लैजाने जिम्मेवारी सबैको काँधमा आएको पनि उल्लेख गरे ।

‘हिजो कसले गर्यो, त्यो विर्सौं,' उनले भने–‘अव भोलिको लागि सोचेर सबै एक भएर अगाडि  बढौं ।’ काँग्रेसका युवा नेता तथा महासमिति सदस्य पूर्णप्रसाद आचार्यले पार्टीलाई गतिशील र सुदृढ बनाउन आवश्यक रहेको बताए । उनले नेता, कार्यकर्ता र जनता जोड्ने गरी काँग्रेसले अभियान थाल्नुपर्नेमा जोड दिए ।

‘काँग्रेसलाई बलियो बनाउन नेता, कार्यकर्ता र जनता जोड्ने कार्यक्रम गर्न जरुरी छ उनले भने–‘जबसम्म एउटा तन्नेरीलाई पार्टीप्रति भरोसा जाग्दैन, तवसम्म उसलाई पार्टीभित्र राख्न सकिँदैन ।’

प्रदेश ‘ख’ का सभापति बलराम शर्माको सभापतित्वमा भएको सम्मेलनमा काँग्रेसका लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे, काँग्रेस नेता हुर्मत न्यौपाने,  महासमिति सदस्य फुलाराम थारु, कोहलपुर नगर सभापति वीरेन्द्रकुमार शाह, काँग्रेस राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष भीम राना लगायतले आ-आफ्नो धारणा राखेको प्रदेश ‘ख’का पार्टी प्रवक्ता गोपाल शर्माले जानकारी दिए । 

प्रदेश ‘ख’का उपसभापति डा.राजकुमार सुवेदीले स्वागत मन्तव्य ब्यक्त गरेको सम्मेलनको संचालन भने सचिव भीम पौडेलले गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १८:०६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP