prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • विशिष्ट व्यक्तिको सवारी सुरक्षा कार्यविधि संशोधन गर्दै सरकार
विशिष्ट व्यक्तिको सवारी सुरक्षा कार्यविधि संशोधन गर्दै सरकार
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत ८, २०७९ बागेश्वरी पोस्ट
विशिष्ट व्यक्तिको सवारी सुरक्षा कार्यविधि संशोधन गर्दै सरकार
फाइल फोटो

नेपालगन्ज । सरकारले अति विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि संशोधन प्रकृया अन्तिम चरणमा पुर्याएको छ । राष्ट्रपति, उपराष्ट्रपतिको औपचारिक सवारीको बेला सर्वसाधारणले सास्ती भोगेको व्यापक जनगुनासो बढ्दै गएपछि विशिष्ट पदाधिकारीहरूको सवारी कार्यविधि परिमार्जनको अन्तिम चरणमा पुर्याएको हो । 

गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि संशोधनलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतका अनुसार मन्त्रालयले कार्यविधिको काम अन्तिम चरणमा पुर्याएको हो ।

‘गृह मन्त्रालयले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ को परिमार्जन मस्यौदा तयार गरिसकेको छ । यसलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि कार्यविधि कार्यान्वयनमा आउनेछ’, सहसचिव बस्नेतले भने । 

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक सवारीमा सर्वसाधारणले सास्ती खेपेपछि व्यापक आलोचना भएको थियो । पछिल्लो पटक संसदमा सम्बोधनका लागि जाँदा वीर अस्पतालमा कार्यरत चिकित्सकहरुले समेत सुरक्षाकर्मीको कुटाई खाएपछि सरकारले यो कार्यविधि संशोधनका लागि समिति नै गठन गरेको थियो । 

मन्त्रालयले कार्यविधि परिमार्जनका लागि सहसचिव बस्नेतको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँगसमेत परामर्श गरेको बताइएको छ । 

‘राष्ट्रपतिज्यूसँग पनि कार्यविधिको बारेमा सामान्य छलफल गरिएको छ’, मन्त्रालय स्रोतले भन्यो । अहिलेको कार्यविधिमा विशिष्ट व्यक्तिको सवारी विगतमा जस्तो सडक पूरै खाली गर्नुपर्ने खालको हुने छैन । 

समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाको युद्ध कार्य महानिर्देशनालयका प्रमुख रहने कानूनी व्यवस्था छ । उनीहरुले दिएको सुझावको आधारमा सो कार्यविधि संशोधन गर्न लागिएको हो । 

सुरक्षा निकायको आवश्यक सुझावपछि कार्यविधि मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ । गृहका अनुसार कार्यविधिमा विशेषगरी विशिष्ट व्यक्तिको राजकीय, औपचारिक र कार्यालयीय सवारीलाई परिमार्जन गरिएको छ । 

‘परिमार्जित कार्यविधि अनुसार अब राजकीय, औपचारिक र कार्यालयीय सवारीमा सडक खाली गरिने छैन । ‘पहिलाको भन्दा केही खुकुलो बनाइएको छ, आवश्यकता अनुसार कडा पनि बनाउने व्यवस्था कायमै राखिएको छ’, मन्त्रालय स्रोतले भन्यो । 

आवागमन अवरुद्ध गरिने छैन  । कारगेडमा मोटरसाइकल र गाडीका लावालस्कर पनि हुने छैनन् । तर, सवारी हुने रुटमा सुरक्षा व्यवस्था भने कडा बनाइनेछ । 

सवारी हुने रुटमा देखिने भन्दा पनि नदेखिने सुरक्षाकर्मी ज्यादा परिचालन हुनेछन् । कार्यविधिको अभ्यासकै रुपमा घोडेजात्रा अवलोकन गर्ने क्रममा राष्ट्रपतिको सवारी चलाइएको थियो ।

‘राष्ट्रपतिको सुरक्षा व्यवस्थालाई व्यवस्थित पार्ने र सर्वसाधारणलाई कष्ट नहुने गरी घोडेजात्राको अवलोकनको क्रममा सो कार्यविधिको पहिलो अभ्यास गरिएको हो’, मन्त्रालय स्रोतले भन्यो । 

मन्त्रालयका अनुसार यसअधिको प्रावधान सबै खारेज भने गरिएको छैन, अवस्था र परिस्थिति हेरेर सुरक्षा व्यवस्थालाई कडा पार्ने र खुकुलो पार्ने प्रावधान भने कायमै राखिएको छ ।


प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०८:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP