prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • को बन्ला प्रहरीको नयाँ आईजीपी?
को बन्ला प्रहरीको नयाँ आईजीपी?
banijya office RSG-2
इतिहास रच्ने दाउमा किरण
बागेश्वरी पोस्ट
बिहीबार, चैत ९, २०७९ बागेश्वरी पोस्ट
को बन्ला प्रहरीको नयाँ आईजीपी?

नेपालगन्ज । केहि दिनपछि नेपाल प्रहरीमा नयाँ नेतृत्वले कमाण्ड गर्दैछ । प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले प्रहरीमा रहेको ३० वर्षे सेवा अवधि नहट्ने संकेत गरेसँगै नेपाल प्रहरीमा पाँच जना एआईजीहरु आईजीपीका लागि प्रतिस्पर्धी रहेका छन् । एआईजीको फुली लगाएको तीन दिनमै उनीहरुमध्ये एक जना आईजीपी हुने निश्चित प्रायः देखिएको छ । 

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन केही राजनीतिक दलहरु सहमत भए पनि प्रधानमन्त्री प्रचण्ड असहमत देखिएका छन् । जसले गर्दा एआईजीमा बढुवा भएलगत्तै पाँचै एआईजीहरुले आफ्नो तर्फबाट पहलकदमी थालेका हुन् । 

नेपाल प्रहरीमा ३०औं आईजीपीको दाबी गर्ने पाँच जना एआईजीहरु पछिल्लो कार्यक्षमता सबै अब्बल देखिएका छन् । खास ठूलो विवादमा नआएका र पाँचै जना आफ्नो कार्य क्षेत्रमा अब्बल नै रहेका छन् । 

विगतमा जस्तो गम्भीर विवादमा नपरेका डीआईजीहरु एआईजी सिफारिस मात्रै भएनन् उनीहरुले बुधबार एआईजीको दर्ज्यानी चिन्हसमेत लगाए । दर्ज्यानी चिन्ह लगाएपछि प्रचण्डसँग भेट गरेर आफूहरु सबै आईजीपी हुन सक्षम रहेको बताएका थिए ।  

प्रहरीमा ३० वर्षे सेवा अवधिको प्रावधान हेरफेर नहुने करिब निश्चित जस्तै भएको अवस्थामा ११ चैतबाट उनीहरुमध्ये एक जनाले प्रहरी संगठनको नेतृत्व  सम्हाल्नेछन् ।

पहिलो नम्बरमा बढुवा भएकाले बसन्तबहादुर कुँवर आईजीपीका बलिया दाबेदार मानिन्छन् । यसअघि डीआईजी बढुवामा १३ नम्बरबाट १ नम्बरमा फड्को मार्नुले उनलाई सहज भएको छ। 

उनी पछिल्लो पटक मधेस प्रदेशमा खटिएका थिए । डीआईजीमा बढुवा हुनुअघि अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका कुँवर एआईजी बढुवामा पनि १ नम्बरमै रहन सफल भए । कुँवर व्यवसायिक प्रहरी अधिकृत मानिन्छन् । 

दोस्रो नम्बरमा बढुवा भएका टेकप्रसाद राई पनि इमानदार छवि भएका अधिकृत हुन् । लामो समय विशेष ब्युरोमा बसेर सशस्त्र हिंसा तथा संगठित अपराधको नियन्त्रणमा देशका लागि महत्वपूर्ण भूमिका निभाएका उनी कार्यक्षेत्रमा सबल प्रहरी अधिकारी हुन् । उनले लामो समय सादा पोशाकमा रहेर काम गरे । पछिल्लो पटक राईले लुम्बिनी प्रदेशको प्रमुख भएर काम गरे । 

तेस्रो नम्बरका दीपक थापा अर्का बलिया दाबेदार हुन् । उनी प्रहरीभित्र व्यवसायिक अधिकृत मानिए पनि चितवनमा एसपी हुँदा प्रधानमन्त्री प्रचण्ड र उनको परिवारसँग निकट सम्बन्ध रहेकाले उनका लागि अहिले सहज अवस्था बनेको छ । लामो समय प्रबन्ध शाखामा काम गरेका थापालाई संगठनभित्रको आर्थिक कारोबारबारे जानकार मानिन्छ । पछिल्लो पटक उनी बागमती प्रदेशको प्रमुख थिए । 

चौथो नम्बरका श्यामलाल ज्ञवाली पनि अब्बल प्रहरी अधिकृत मानिन्छन् । उनी अहिलेसम्म कुनै ठूलो विवादमा फसेका छैनन् । उनका दाजु ठाकुर ज्ञवाली आईजीपी भएर निस्किएका थिए ।

पछिल्लो पटक उनी कोशी प्रदेशमा कार्यरत थिए । योजना र अन्वेषणमा काम गरेका ज्ञवालीलाई प्रशासनिक काममा दक्ष मानिन्छ । तर, एआईजी नियुक्ति भएकै दिन उनको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रमार्फत गृह मन्त्रालयले उमेर विवादको विषयमा छानबिन शुरु गरेको छ ।

इतिहास रच्ने दाउमा किरण 

पहिलो पटक महिलालाई आईजीपी बनाउने अवसर भएकै कारण पाँचौँ नम्बरमा बढुवा सिफारिस भएकी किरण बज्राचार्य आईजीपी पदकी एक प्रमुख हकदार हुन् । 

साथै यस पटक आईजीपी नियुक्तिमा इतिहास कायम गर्ने अवसर सरकारलाई रहेको छ । यसअघि उत्कृष्ट पुरस्कारहरू पाएकी उनी क्षमतावान महिला अधिकृतका रूपमा चिनिन्छिन् । 

उनी प्रहरीमा इतिहास रच्ने दाउमा छिन् । सरकारले यसपटक उनलाई आईजीपीमा नियुक्ति गरेमा नेपाल प्रहरीकै इतिहासमा पहिलो महिला प्रहरी प्रमुख हुने अवसर प्राप्त गर्ने छिन् ।

हालका आईजीपी धिरजप्रताप सिंहसँगै उनका ब्याचका एआईजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी शुक्रबारदेखि अवकाशमा जाने छन् । उनीहरुसँगै डीआईजीहरु नलप्रसाद उपाध्याय र महसुद आलम खाँ पनि विदा हुनेछन् ।


प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०८:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP