prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको अर्थसहित ८ मन्त्रालयमा दाबी
कांग्रेसको अर्थसहित ८ मन्त्रालयमा दाबी
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत १२, २०७९ बागेश्वरी पोस्ट
कांग्रेसको अर्थसहित ८ मन्त्रालयमा दाबी

नेपाल्गन्ज । नेपाली कांग्रेसले सरकारमा सहभागी हुँदा अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालयमा दाबी गर्ने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे शनिबार पदाधिकारी बैठकमा ब्रिफिङ भएको थियो । जसमा अर्थसहित ८ मन्त्रालयमा दाबी रहेको पदाधिकारीलाई जानकारी दिइएको थियो ।

सभापति शेरबहादुर देउवाले अहिलेसम्म भएका छलफलका प्रगतिबारे ब्रिफिङ गर्न उपसभापति पूर्णबहादुर खड्कालाई भनेका थिए । खड्काले कम्तीमा ८ मन्त्रालयमा आफूहरूको दाबी रहँदै आएको बताएका थिए । 

‘अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालय कांग्रेसलाई चाहिन्छ, हामी संसदको सबैभन्दा ठूलो पार्टी हो भनेर भनेका छौं,’ पदाधिकारी बैठकमा भएको कुराकानीबारे एक नेताले भने, ‘८ मन्त्रालयको अडानसहित गठबन्धन बैठकमा छलफल गर्ने कुरा भएको छ ।’

प्रधानमन्त्री दाहालले ११ दल मिलाउनुपर्ने भन्दै कांग्रेसलाई ७ मन्त्रालय लिएर सहयोग गरिदिन आग्रह गरिरहेको ब्रिफिङ समेत कांग्रेस बैठकमा भएको थियो । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कासहितलाई सरकारमा पठाउने तयारी समेत गरेको छ ।

खड्कालाई उपप्रधानमन्त्रीसहित अर्थ वा रक्षा मन्त्रीको जिम्मेवारी रहने गरी सरकारमा पठाउने तयारी रहेको ती पदाधिकारीले बताए । खड्काले आफू मन्त्री नबन्ने सार्वजनिक रूपमा बताउँदै आएका छन् । 

उपसभापति खड्का मन्त्री बन्न नचाहेमा पूर्व महामन्त्री प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीसहित कुनै मन्त्रालय लिने गरी सरकारमा पठाउने तयारीमा सभापति देउवा छन् । 

कांग्रेसले कसको नेतृत्वमा सरकारमा सहभागी हुने केन्द्रीय कार्यसम्पादन र संसदीय दल बैठकबाट निर्णय गर्ने तयारी समेत गरेको छ ।

मन्त्री छान्दा योग्यता, क्षमता र समावेशीतालाई ध्यान दिने पनि कांग्रेसले बताएको छ । सात प्रदेशबाट एक-एक जना प्रतिनिधित्व हुने गरी मन्त्री पठाउने तयारीमा कांग्रेस छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकले नै मन्त्री छान्ने मापदण्ड बनाइसकेको छ ।

प्रधानमन्त्री दाहालले दुई/तीन दिनभित्र मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन् । दाहालले १६ मन्त्रालय आफैंले हेर्दै आएका छन् । दाहालले गृह मन्त्रालय आफैंसँग राख्न खोजेका छन् । कांग्रेस, रास्वपा, एकीकृत समाजवादीले पनि गृह आफूहरूलाई चाहिने दाबी गरेको स्रोत बताउँछ । दाहालले गृहबाहेक मन्त्रालय दिने गरी रास्वपालाई पनि सरकारमा ल्याउन चाहेका छन् ।

प्रधानमन्त्री दाहालले विश्वासको मत दिएका सबै दलसँग एक पटक भेटवार्ता गरेर मन्त्रालयबारे कुराकानी गरिसकेकोले अब सत्ता गठबन्धन बैठक राखेर मन्त्रालय प्रस्ताव गर्ने तयारीसमेत गरेका छन् ।

सरकार बिस्तार लगायतबारे माओवादी पदाधिकारी बैठकमा शनिबार छलफल भएको थियो । नेता देवेन्द्र पौडेलका अनुसार सोमबारभित्र मन्त्रिपरिषद बिस्तार गर्न गृहकार्य भइरहेको छ । 

दाहालले गत चैत ६ मा विश्वासको मत लिएका थिए ।

उनले दुई/चार दिनभित्र मन्त्रिपरिषद बिस्तार गरिसक्ने बताए पनि 'भाका' नाघेको छ ।

मन्त्रिपरिषद बिस्तारमा ढिलाइ हुँदा सरकारका कामकारबाही प्रभावित हुने गरेका छन् । कसले कति मन्त्रालय र कुन-कुन मन्त्रालय लिने टुंगो लगाउन सकस परेको छ । सेतोपाटी 


प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  ०८:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP