नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, चैत ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनीमा डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ सांसदले बुझाए हस्ताक्षर
लुम्बिनीमा डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ सांसदले बुझाए हस्ताक्षर
बागेश्वरी पोस्ट
आइतबार, चैत १२, २०७९ बागेश्वरी पोस्ट
लुम्बिनीमा डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ सांसदले बुझाए हस्ताक्षर

नेपालगन्ज । लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाइएको छ । 

प्रदेश प्रमुख शेरचनसमक्ष आठ दल र एक स्वतन्त्र सांसदको हस्ताक्षर आज बुझाइएको हो । कांगेसका २७, नेकपा माओवादी केन्द्रका १०, जनमत पार्टीका चार तथा जसपा, लोसपा र नागरिक उन्मुक्तिका तीन–तीनसँगै नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद एक–एक जनाको हस्ताक्षर बुझाइएको हो ।

यसअघि, लुम्बिनीका मुख्यमन्त्री लीला गिरीलाई समर्थन गरेका २५ प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख शेरचनलाई बुझाएका थिए ।

लुम्बिनी प्रदेशमा जम्मा ८७ जना सांसदहरु छन् । प्रदेश प्रमुख शेरचन समक्ष बुझाइएको बहुमत सांसदहरुले हस्ताक्षरसहित नयाँ मुख्यमन्त्री नियुक्तिको माग गर्दै गठबन्धनमा आवद्ध दलहरुले संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि मागसमेत गरेका छन् ।

यसअघि पनि लुम्बिनीमा प्रदेशका दोस्रो मुख्यमन्त्री चयन हुँदा यसै धारा अन्तर्गत सरकार गठन गरिएको थियो ।

यता पत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले पछिल्लो राजनीतिक घटनाक्रमले देशमा स्थिर सरकार चल्न नसकेको भन्दै विकास निर्माण र समृद्धि स्थापित गर्न नसकिएको बताउँदै बहुमत सांसदहरुको माग दाबीलाई आफूले बुझेको भए पनि वर्तमान मुख्यमन्त्रीले संविधान अनुसार १ देखि २ महिनासम्म लम्ब्याउन सक्ने संविधानमा स्पष्ट लेखिएको जनाउँदै त्यसपछिको विकल्प राजीनामा दिनुभन्दा अरु नभएको बताए । 

उनले भने, ‘मलाई जहाँसम्म लाग्छ यो पत्र आइसकेपछि अब प्रदेशको प्रमुख भएकाले पक्कै पनि मुख्यमन्त्रीज्यूले मलाई सम्पर्क गर्नुहुनेछ । हेरौं उहाँबाट के कस्तो खवर आउँछ। आज भोलि नै फेरबदल हुन सक्ने वा नसक्ने भन्नेमा अहिले नै भन्न नसकिने जनाए ।


प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP