prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पदाधिकारी नै सरकारमा जान थालेपछि कांग्रेसभित्र असन्तुष्टी चुलियो
पदाधिकारी नै सरकारमा जान थालेपछि कांग्रेसभित्र असन्तुष्टी चुलियो
banijya office
दीपक गिरी पनि मन्त्री बन्ने लाइनमा
बागेश्वरी पोस्ट
बुधबार, चैत १५, २०७९ बागेश्वरी पोस्ट
पदाधिकारी नै सरकारमा जान थालेपछि कांग्रेसभित्र असन्तुष्टी चुलियो

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीलाई समेत सरकारमा पठाउने तयारी गरिरहँदा पार्टीभित्र चरम असन्तुष्टी बढेको छ । 

nepalgunj 081-082

केन्द्रीय पदाधिकारीहरूलाई नै सरकारमा पठाउँदा पार्टी र संगठन झन लथालिङ्ग हुने भन्दै कतिपय केन्द्रीय सदस्यहरूले चिन्ता व्यक्त गरेका छन् । 

त्यसले गर्दा एकातिर पार्टी, संगठन कमजोर हुने र सरकारमा पनि ‘परफमेन्स’ राम्रो नहुने उनीहरूको भनाइ छ । 

यद्यपि मन्त्रालयको भागवण्डा टुङ्गिएको छैन । त्यसका लागि सत्ता गठबन्धनका दलहरू आज पनि बैठक बस्दैछन् । राष्ट्रपतिको निर्वाचनमा सहमति हुन नसकेपछि नेकपा एमालेले सरकार छोडेको थियो । र, राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सत्ता नेतृत्व गरिरहेको नेकपा माओवादी लगायत अरू दलहरूले मत दिएका थिए । त्यसपछि नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुने भएको हो । 

नेपाली कांग्रेसले प्रधानमन्त्रीमा अडान नछोडेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेसँग मिलेर प्रधानमन्त्री भएका थिए । त्यही सहमतिका आधारमा पुस १० गते एमालेसहितको नयाँ गठबन्धन बन्यो र संसदमा सबैभन्दा धेरै सांसद भएको नेपाली कांग्रेसले सत्ता गुमाउनुपर्‍यो । सरकार गठनको तीन महिना नपुग्दै प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आयो । सुरुमै प्रचण्ड सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले त्यसपछि माओवादीसँग निकटता जोगाउँदै लगेको थियो । 

नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत सरकार छोडेपछि अहिले १६ मन्त्रालय खाली छन् । तीमध्ये करिब करिब ८ मन्त्रालय नेपाली कांग्रेसले लिने भएको छ । उपप्रधानसहित सरकारमा कांग्रेसको नेतृत्व पार्टी उपसभापति पूर्णबहादुर खड्काले गर्ने टुङ्गो कांग्रेसले लगभग लगाइसकेको छ। 

नेपाली कांग्रेसले अर्थ, रक्षा र परराष्ट्र जस्ता शक्तिशाली मन्त्रालयसहित भौतिक, पूर्वाधार मन्त्रालय पनि आफूले दाबी गरिरहेको छ । अर्थ, रक्षा र परराष्ट्र मन्त्रालय यसअघि नेकपा एमालेको भागमा परेको थियो । कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, भूमि व्यवस्था, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पनि नेपाली कांग्रेसले दाबी गरिरहेको छ । भौतिक मन्त्रालयको विकल्पमा उसले कृषी मन्त्रालय पनि दाबी गरेको छ । 

यद्यपि कसले कति मन्त्रालय पाउने भन्ने टुङ्गो सत्ता साझेदारले लगाइसकेका छैनन् । 

नेपाली कांग्रेसबाट अहिले सरकारमा उपसभापति खड्काले नेतृत्व गर्ने लगभग पक्कापक्की भएको छ । खड्काले सुरूमा गृहमा दाबी गरे पनि त्यो मन्त्रालय भने माओवादीले लैजाने संकेत गरिसकेको छ । भौतिक मन्त्रालय सम्हाल्दै आएका माओवादीका नारायणकाजी श्रेष्ठले आफ्नो मन्त्रालयको तीन महिने प्रगती विवरण सार्वजनिक गरेर गृहमा जाने संकेत दिएका छन् । 

यद्यपि पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘कुन मन्त्रालयको जिम्मेवारी कसले पाउने र कसलाई दिने भन्ने निर्णय प्रधानमन्त्रीको हुन्छ । त्यसमा मेरो केही हुँदैन ।’

कांग्रेसबाट प्रवक्ता प्रकाशशरण महत पनि सरकारमा सहभागी हुने चर्चा छ । उनले पनि अर्थमा दाबी गरिरहेका छन् । त्यो मन्त्रालय बाहेक अर्को मन्त्रालयमा जान नचाहेमा खड्का बाहिरिने छन् र सरकारमा कांग्रेसको नेतृत्व महतले नै गर्नेछन् । अर्थपछि महतको प्रथामिकता परराष्ट्र हो । त्यसमा पार्टी सभापति देउवा पनि लगभग सहमत छन् । 

कांग्रेसभित्र अहिले सरकारमा जान र मन्त्रालय पाउनका लागि समूहगत रूपमा पनि चर्काचर्की भइरहेको छ । आठ मन्त्रालय पाएको बखत तीन मन्त्रालयमा शेखर कोइराला समूहले दाबी गरिरहेको छ । यो समूहबाट दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अर्का युवा नेता प्रदीप पौडेललाई सरकारमा पठाउन प्रस्ताव गरेका छन् । त्यस्तै कोइरालाले भने आफ्ना तर्फबाट धनराज गुरुङ र डिकबहादुर लिम्बुलाई प्रथमिकतामा राखेका छन् । त्यस्तै केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी पनि मन्त्री बन्ने लाइनमा छन् ।

उपसभापति खड्का, महत, एनपी सावद, रमेश रिजाल, सीता गुरुङ, किशोरसिंह राठौर, मोहन बस्नेत, रामहरि खतिवडालाई देउवाले सरकारमा पठाउने तयारी गरेका छन् । त्यसबाहेक विनोद चौधरी पनि मन्त्री बन्नका लागि दौडधुप गरिरहेका छन् । 

कांग्रेसले सरकारमा पठाउनका लागि प्राथमिकतामा राखेका कतिपय नामहरूमा भने देउवा पक्ष र कोइराला पक्षका कतिपय केन्द्रीय सदस्यहरूले असहमति प्रकट गरेका छन् । 

‘पार्टी र संगठन पनि त चलायमान गराउनुपर्छ नि’ कोइराला समूहका एक केन्द्रीय सदस्य भन्छन्, ‘पदाधिकारीहरू नै सरकारमा गएर भासिने हो भने पार्टी र संगठन झन लथालिङ्ग हुन्छ भन्ने हाम्रो चिन्ता हो ।’

उनीहरूका अनुसार अहिले सत्ताको नेतृत्व अरू नै पार्टीले गरिरहेका बखत सरकारमा समेलमात्रै हुँदा जनचाहना अनुसार कांग्रेसका मन्त्रीहरूले काम देखाउन पनि सक्दैनन् । 

देशको अर्थतन्त्र खलबलिएको र जनआक्रोश व्यापक बढिरहेका बेला कम्तीमा अनुभवीहरूलाई सरकारमा पठाउन उनीहरूले पार्टी सभापतिलाई सुझाव त दिएका छन् तर देउवाले त्यो कुरालाई गम्भिरताका साथ नलिएको उनीहरूको भनाइ छ । 

‘यो बेला कम्तीमा अनुभव संगालेकाहरूलाई सरकारमा पठाउँदा अलि राम्रो हुन्छ’ कोइराला निकट ती सांसद भन्छन् ‘पटक पटक एउटै मान्छे दाहोरिनुपर्छ भनेको होइन तर यो स्थिति सम्हाल्नका लागि अनुभव पनि चाहिन्छ । नयाँहरू जाँदा झन अलमल हुन्छ । पार्टी पनि चलायमान हुँदैन । सरकारबाट पनि परफर्मेन्स देखिँदैन ।’


प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १०:४६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP