prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारकै कारण मिटरब्याज पीडितहरु सुकुम्बासी बन्ने अवस्थामा: सांसद पौडेल
सरकारकै कारण मिटरब्याज पीडितहरु सुकुम्बासी बन्ने अवस्थामा: सांसद पौडेल
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत १५, २०७९ बागेश्वरी पोस्ट
सरकारकै कारण मिटरब्याज पीडितहरु सुकुम्बासी बन्ने अवस्थामा: सांसद पौडेल

नेपालगन्ज  ।  मिटरब्याज पीडितहरु सरकारकै कारणले गर्दा सुकुम्बासी बन्ने अवस्थासम्म  पुगेको नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बताएका छन् । 

सांसद पौडेलले आज प्रतिनिधिसभा बैठकमा बोल्दै मिटरब्याज पीडितसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न सरकार आफैं उदासिन बन्नाले पीडितहरू सुकुम्बासी बन्ने अवस्थामा पुगेको बताएका हुन् ।

मिटरब्याजलाई गम्भीर आर्थिक अपराधको रूपमा सरकार आफैँले स्वीकार गरिसकेको तर महिनौ‌ंसम्म कानुनको मस्यौदा गृह मन्त्रालयमा अड्किँदा साहु महाजनले  छलकपट गरी धमाधम  किसानको जग्गा लिलामी गरिरहेको पौडेलले बताए । 

'यसले गर्दा दैनिक भूमिहिन हुने किसानहरुको संख्या झन बढिरहेको छ । सरकारले आफैं सुकुम्बासी उत्पादन गरेको जस्तो देखिएको छ,’ उनले भने ।

सांसद पौडेलले पीडितहरू मिटरब्याजको पैसा तिर्न साहु महाजनकै योजनामा लागूऔषध कारोबार गरेर जेलमा परेको घटनासम्म सार्वजनिक भएको बताउँदै सरकारलाई संवेदनशील हुन आग्रह गरे । 

मिटरब्याजी साहु महाजन र तिनका आसेपासेले पीडित महिलामाथि यौन शोषण गरेका घटनाहरु समेत सुन्नमा आएको बताउँदै सांसद पौडेलले मिटरब्याज पीडितको समस्या यथाशिघ्र सामाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १५:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP