prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • व्यवसायिक सुरक्षामा दृढ रौनियार
व्यवसायिक सुरक्षामा दृढ रौनियार
banijya office
बागेश्वरी पोस्ट
बुधबार, माघ ८, २०७६ बागेश्वरी पोस्ट
व्यवसायिक सुरक्षामा दृढ रौनियार

नेपालगञ्ज ।ललित रौनियार, नेपालगञ्जका लागि नौलो नाम हैन, तथापी यती बेला उनले आफनो वास्तविक योग्यता प्रस्तुत गर्ने स्थान र भूमिका खोजीरहेका छन् भन्दा फरक नपर्ला ।

nepalgunj 081-082

निडर र हकी स्वभावका रौनियार स्पष्ट वक्ता भएकै कारण कतीपयले मन नपराउलान् तर पनि उद्योगी व्यवसायीको हकहित र सवालमा सदैव लडीरहने व्यक्तित्व मात्र हैन, सिंगो एउटा नेतृत्व हो । रौनियार माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहका अध्यक्ष पदका उम्मेदवार हुन् ।

करिव ३० बर्षदेखि व्यावसायीक क्षेत्रमा सक्रिय रौनियार दमयन्ती इजी मार्ट एण्ड डिपार्टमेन्टल स्टोर फर्म सन्चालक पनि हुन् । मधेसी समुदायभित्रको उच्च राजनीतिक चेत भएको व्यक्तित्व भएर पनि बेला बेला खरो रुपमा राजनीतिक आन्दोलनमा सक्रिय भएको केहीलाई अस्वभाविक लागे पनि माग र अधिकारका लागि गरिएको सो सहभागितालाई अस्वभाविक मान्नु पर्ने खास कारण छैन । समय सदैव एकैनाश रहदैन पनि, समयको आवश्यक्ताले कतीबेला कसलाई कहाँ खोजीरहेको हुन्छ भन्न सकिन्न ।

यतीबेला नेपालगञ्ज उद्योग वाणीज्य संघको निर्वाचनको पुर्व सन्धयामा अध्यक्षका प्रत्यासीको चर्चा हुनु स्वभाविक पनि हो– चाहे सकरात्मक होस् या नकरात्मक । समावेशी प्यानलबाट अध्यक्षका प्रत्यासी अव्दुल वाहिद मन्सुरी(चन्ना)छन् भने साझा प्रजातान्त्रिकबाट– ललीत । अहिले आममतदाताले आआफनो कोणबाट मुल्यांकन पनि गरिरहेका छन् । आममतदाताले संघलाई विगत जस्तो हैन, फरक र सशक्त ढंगबाट बढाउन सक्ने नेतृत्व चाहेका छन् । त्यो नेतृत्व हो–ललीत । ३ कार्यकाल संघमा जिम्मेवारी सम्हालीसकेका चुन्नाबाट नयाँपनको आभास उद्योगी व्यवसायीले गर्न सकिरहेका छैनन् । ‘काँधमा बोकेको कुकुरले शिकार गर्दैन’ भने झैं उनलाई डमी क्यान्डीडेटका रुपमा उद्योगी, व्यवसायीले लिइरहेका छन् ।

अध्यक्षका उम्मेदवार रौनियारको भने दावी छ –आफुभित्र उद्योगी÷व्यवसायीका मुद्दा स्पष्टसँग सम्वन्धित ठाउँसम्म पु¥याउन र सम्वोधनको बातावरण सिर्जना गर्न सक्ने ल्याकत छ । यस अघिको नेतृत्वले संघलाई ढुलमुले पाराले चलाएको, भोगाधिकारका लागि पाएको सभागृहको जग्गा पनि गुमाएको, संघलाई बेला बेला विवादित बनाएको जस्ता उदाहरणका कारण पनि उद्योगी व्यवसायीले यतीबेला एउटा सशक्त, जुझारु, विवेकशिल र डायनामिक नेतृत्वका लागि ललीतलाई चयन गर्न चाहीरहेका छन् ।

राजनीती र समाजसेवामा सक्रिय रहेपनि रौनियारको अनुभव, प्रभावकारी भूमिका र विशेष योगदान भने सदैव व्यवसायीक संघ संगठनहरुमै रहेको छ । नेपालगन्ज उपमहानगरपालिका–३ बागेश्वरी टोल, हाल वडा नम्वर १८ कारकाँदोमा बस्दै आएका रौनियारले उद्योगी व्यवसायीको हकहित र अधिकारको सवालमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघमा रहदा उनले महत्वपूर्ण जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेको अगुवा उद्योगी व्यवसायीहरुले बीर्सीएका छैनन् ।

नेपालगन्ज उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य, पूर्व बरिष्ठ कार्यसमिति सदस्यको जिम्मेवारी निर्वाह गरेका रौनियार नेपाल वितरक महासंघ काठमाडौंका पूर्व उपाध्यक्ष, नेपालगन्ज वितरण संघको संस्थापक अध्यक्ष पनि हुन् । उद्योग व्यवसायसँगै शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक क्षेत्रमा रौनियारको महत्वपूर्ण योगदान छ । नेपाल चीन शैक्षिक तथा सांस्कृतिक परिषदको केन्द्रीय सदस्य, नेपालगन्ज नगर विकास समितिका पूर्व उपाध्यक्ष पदमा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । अध्यक्षमै उम्मेदवारी किन भन्ने प्रश्नमा पनि ललीतको सटीक जवाफ छ–व्यवसायीक सुरक्षा, हकहित र संघको संस्थागत विकास गर्न ।

अध्यक्ष भइसकेपछि गर्न सकिने महत्वपूर्ण कार्यबारे पनि उनले प्रष्टयाएका छन्– संघलाई समयानुकल साझा संस्था बनाउने छु । उद्योगी–व्यवसायीहरूका लागि ल्याइएका नयाँ नीति, नियम, कानुन सच्याउन सशक्त पहल गर्नेछु । स्थानीय उपभोक्ता जागरण, वजार प्रवद्र्धन गर्न नसकेको विगतको इतिहासलाई मेटाउन आफुले विशेष पहल गर्ने रौनियारको तर्क छ । नेपालगन्जको उद्योग÷व्यवसाय फस्टायमात्र उद्योगी व्यवसायीहरुको लगानी सुरक्षित हुने उनको भनाई छ। लगानीमैत्री र उद्योगमैत्री वातावरण बनाउने जिम्मेवारी सरकारको भएपनि संघका तर्फबाट पहल गर्न कुनै कन्जुस्याइ नगरिने पनि उनको स्पष्टोक्ति छ ।

नसकिने ठुलठुला र झुठा सवालहरु सार्वजनिक गर्नेहरुको पछि नलाग्न पनि उनले मतदातालाई अपील गरेका छन् । रौनियारका अनुसार– जडीबुटीको हवका रुपमा हर्वल प्रोसेसिङ जोनका रूपमा घोषणा गर्न, नौबस्ता औद्योगिक क्षेत्र, सुक्खा बन्दरगाहलगायत औद्योगिक क्षेत्रका आधारहरू सञ्चालनमा ल्याउन संघका तर्फबाट जोड दिइने छ । नेपालगञ्ज, उद्योग व्यापार, कृषि, पर्यटन लगायत विभिन्न आर्थिक समृद्धिका सम्भावना भएको क्षेत्र भएकाले तिनै तहका सरकार, सरकारी कार्यालय, संघसस्थासँगको समन्य र सहकार्यलाई प्राथमिकता दिइनेछ ।

धार्मीक, पर्यटकीय सम्भावनाको क्षेत्र भएकाले पनि नेपालगञ्जबाट अन्तर्राराष्ट्रिय हवाई उडानका लागि पनि रचनात्मक दवाव सिर्जना गर्ने उनले योजना सुनाए । नेपालगन्जलाई अन्यायमा पर्न नदिन आर्थिक राजधानीसँगै विशेष मन्त्रालय स्थापना गर्न पनि आवश्यक सहजीकरण र पहल गरिने उनको दावी छ । संघको भित्तामा फोटो झुण्डयाउन नभई मतदाताको विश्वासलाई जीवन्त राख्न आफु अध्यक्षमा प्रतिष्पर्धा गरिरहेकाले एकपटक मत दिएर वीजय बनाउन पनि उनले विन्ती गरेका छन् ।


प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १६:२७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP