prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • २०८४ को चुनावमा कांग्रेस अब एक्लै लड्छः महामन्त्री थापा
२०८४ को चुनावमा कांग्रेस अब एक्लै लड्छः महामन्त्री थापा
banijya office RSG-2
'परिणाम नदिने मन्त्रीहरुलाई पार्टीले फिर्ता बोलाउँछ'
बागेश्वरी पोस्ट
शनिबार, चैत १८, २०७९ बागेश्वरी पोस्ट
२०८४ को चुनावमा कांग्रेस अब एक्लै लड्छः महामन्त्री थापा

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को चुनाबमा कांग्रेस एक्लै लड्ने गरी अगाडि बढ्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलनलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै महामन्त्री थापाले अरु जुनसुकै दल जोसुकैसंग मिलेपनि कांग्रेस अब एक्लै लड्ने तागत बोकेर चुनाबमा जाने बताए ।

निर्वाचन अघिको गठबन्धनले प्रजातन्त्रलाई विकृत बनाउने र नागरिकको छनौट अधिकारलाई साँघुरो बनाउने तर्क गर्दै उनले अबको निर्वाचनमा कांग्रेस एक्लै लड्ने गरी संगठित हुनुपर्ने बताए । महामन्त्री थापाले बरु निर्वाचन प्रणाली बदलेर भएपनि निर्वाचन अघिको गठबन्धनको औचित्य अन्त्य गर्नुपर्ने तर्क गरे । निर्वाचन अघिको गठबन्धनले पार्टी जीवनलाई ध्वस्त बनाउने जिकिर गर्दै उनले निर्वाचन प्रणालीमा त्रुटी भए बरु निर्वाचन प्रणाली नै बदलेर जानुपर्ने आवश्यकता औंल्याए ।

No description available.

महामन्त्री थापाले गएको निर्वाचनमा गठबन्धन गरेर निर्वाचन लडेका कारण अर्को चुनावसम्म भने यही गठबन्धनले संगसंगै बसेर काम गर्नुपर्ने बताए । पार्टी कार्यकर्ताले आफ्नो मत एक अर्कालाई ट्रान्सफर गरेकाले यो गठबन्धन आगामी चुनावसम्म कायमै रहनुपर्ने तर्क गरे । आफू चुनाव अघिको गठबन्धनको विपक्षमा रहँदै आएपनि परिस्थिति अर्कै बनेको प्रसंग उल्लेख गर्दै उनले पुस १० को गल्ती सच्चाएर अघि बढेको बताए । 

महामन्त्री थापाले पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अगाडि बढ्न नसके जनताको धैर्यता टुट्ने बताए । उनले अबको पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अघि बढ्न सक्नुपर्ने बताए । थापाले मुलुकको अवस्था जर्जर रहेको उल्लेख गर्दै भने, "अब न सरकारलाई समयको सुविधा छ न त नागरिकमा धैर्यता छ, त्यसैले तीब्र जनआकांक्षा अनुरुप परिणाम दिने गरी काम गर्नुको विकल्प छैन ।" थापाले अब 'विजिनेस अएज युजुअल' नचल्ने बताए । उनले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई छुटको सुविधा नभएको भन्दै परिणाम नदिने मन्त्रीहरुलाई फिर्ता बोलाइने बताए । 

महामन्त्री थापाले कांग्रेसको क्रियाशील सदस्यता वितरण सुरु गरिएको जानकारी दिँदै अब अधिवेशनका बेला क्रियाशील नबाँडिने स्पष्ट पारे । उनले अब पार्टीमा कसैले पनि क्रियाशील सदस्यता पाउने अवसरबाट बञ्चित हुनु नपर्ने बताए । उनले पार्टीको विधान बदलेर भएपनि अब तल्लो तहबाटै टिकट वितरण गर्ने प्रणाली विकसित गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । महामन्त्री थापाले क्षेत्रीय संसदीय समितिले क्रियाशील सदस्यहरुको मतका आधारमा उम्मेदवार छान्ने प्रणाली पार्टीभित्र विकसित गर्ने गरी बहस प्रारम्भ गर्नुपर्ने बताए । 

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको सम्मेलनमा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटा, पूर्व पार्टी सभापतिहरु किरण कोइराला, गजेन्द्र हमाल र कृष्णमान श्रेष्ठ, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी, पार्टी सचिव एवम् लुम्बिनी प्रदेशकी सांसद सञ्जुकुमारी चौधरी, लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, महासमिति सदस्यहरु लक्ष्मीनारायण शाह, पूर्णप्रसाद आचार्य र टेकबहादुर खड्का, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेशकुमार गुप्ता, महिला संघकी सभापति नारायणी रुपाखेती, ट्रेड युनियन कांग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्ल, तरुण दलका पूर्व महासचिव हुर्मत न्यौपाने लगायतले सम्बोधन गरेका थिए ।

सम्मेलनबाट सभापति गौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतको आर्थिक प्रतिवेदन पारित गरिएको छ । उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा अर्का उपसभापति कृष्णबहादुर कार्कीले धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव कोइरालाले गरेका थिए । त्यसक्रममा प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दका घाइतेलाई सम्मान पनि गरिएको प्रबक्ता डिल्ली गिरीले जानकारी दिए । सम्मेलनमा महामन्त्री थापाले कांग्रेस प्रवेश गरेका युवाहरुलाई सदस्यता वितरण समेत गरेका थिए । सम्मेलनमा १६०० प्रतिनिधि सहभागी थिए । 

फोटोफिचर

No description available.

No description available.

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १९:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP