नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रासस मिडियाको पनि मिडिया होः अध्यक्ष झा
रासस मिडियाको पनि मिडिया होः अध्यक्ष झा
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत १९, २०७९ बागेश्वरी पोस्ट
रासस मिडियाको पनि मिडिया होः अध्यक्ष झा

नेपालगञ्ज । राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झाले रासस मिडियाको पनि मिडिया भएको बताएका छन् । नेपालगञ्जमा आज राससले आयोजना गरेको 'सेवाग्राहीसंग रासस' विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष झाले नेपालमा अन्य मिडियाहरुको एक मात्र आधिकारिक समाचार स्रोत रासस भएको भन्दै राससलाई मिडियाको पनि मिडियाको संज्ञा दिए ।

नेपाल पत्रकार महासंघ बाँके शाखाको सभाहलमा भएको कार्यक्रममा अध्यक्ष झाले अनाधिकृत रुपमा रासस प्रयोग गर्नेको संख्या ठूलो भएपनि आधिकारिक रुपमा रासस प्रयोग गर्ने संख्या अत्यन्त न्यून रहेको बताए । उनले राससको आधिकारिक सेवाग्राही बन्न मिडियाहरुलाई आग्रह गरे । राससलाई समयानुकुल र प्रविधिमैत्री बनाउँदै लगिएको बताउँदै उनले डिजिटल प्लेटफर्मले सूचनाको परिधिलाई फराकिलो बनाइदिएको उल्लेख गरे । झाले पत्रकारितामा अब 'डेडलाइन' युगको अन्त्य भएको भन्दै सूचनाको परिधि फराकिलो भएको बताए । पछिल्लो समय राससले श्रब्यदृश्य (भिजुअल) सामग्री पनि उत्पादन गरिरहेको जानकारी दिँदै उनले अब मातृभाषाका स्थानीय बुलेटिन सेवा पनि सुरु गर्ने तयारीमा रासस रहेको बताए ।

No description available.

राससका बोर्ड सदस्य कृष्ण अधिकारीले राससले विचार सेवा पनि सुरु गरेको जानकारी गराउँदै राससकर्मी बाहेकका व्यक्तिहरुले पनि आफ्ना विचारहरु राससमा प्रकाशित गर्न सक्ने अवस्था बनेको बताए । मार्केटिंग प्रमुख राजाराम कार्कीले रासस स्थापनाको ६ दशकपछि आफ्ना सेवाग्राहीको रचनात्मक सुझाब संकलन गर्न देश दौडाहामा निस्केको बताए । उनले सेवाग्राहीबाट प्राप्त सुझाबलाई अभिलेखीकरण गरेर आवश्यक परिमार्जन र परिवर्तनसहित अघि बढ्ने बताए । त्यसक्रममा अध्यक्ष झाले नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीलाई 'रासस शैली पुस्तिका' हस्तान्तरण गरेका थिए ।

No description available.

रासस नेपालगञ्ज प्रमुख युवराज पाण्डेले सहजीकरण गरेको कार्यक्रममा पत्रकारहरु झलक गैरे, कृष्ण अधिकारी, शंकरप्रसाद खनाल, तुला अधिकारी, अछरी पोख्रेल लगायतले राससका पछिल्ला गतिविधिहरुको सराहना गर्दै विभिन्न सुझाबहरु समेत दिएका थिए । अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, रासस नेपालगञ्जका पूर्व प्रमुख निरज गौतम, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नवीन गिरी लगायतको उपस्थिति रहेको थियो ।  


प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  २१:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP