prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस क्षेत्र नम्बर १ बाँकेद्वारा सल्लाहकारसंगै विभिन्न मनोनयन
कांग्रेस क्षेत्र नम्बर १ बाँकेद्वारा सल्लाहकारसंगै विभिन्न मनोनयन
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत २५, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस क्षेत्र नम्बर १ बाँकेद्वारा सल्लाहकारसंगै विभिन्न मनोनयन

नेपालगञ्ज । नेपाली काँग्रेस क्षेत्र नम्बर १ बाँकेले सल्लाहकारसंगै कार्यसमिति सदस्य, आमन्त्रित सदस्य र विभिन्न शाखाहरुमा सदस्यहरु मनोनयन गरेको छ । क्षेत्रीय सभापति पोषण केसीले नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) तथा नेपाली काँग्रेसको नियमावली २०७६ मा व्यवस्था भए बमोजिम क्षेत्रीय कार्यसमितिको सल्लाहकार, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य र विभिन्न शाखा सदस्यहरु मनोनयन गरिएको बताए । 

केसीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नारायणप्रसाद सिग्देल, कृष्णप्रसाद पौडेल, रामचन्द्र मौर्य, तप्त पौडेल, भानुभक्त भट्टराई, तुलसीराम थारु, नरबहादुर मल्ल, गुट्टु थारु, खेमप्रसाद दाहाल र रामलौटन यादवलाई सल्लाहकारमा मनोनयन गरेको जनाएका छन् । यसैगरी बजारु थारुलाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको क्षेत्रीय सभापति केसीले उल्लेख गरेका छन् । यस्तै कार्यसमितिको आमन्त्रिण सदस्यहरुमा सात जना मनोनित भएका छन् । मानबहादुर ओली, प्रेमबहादुर ओली, दलबहादुर सुनार, धर्मराज शाही, रामकिसुन थारु, गंगा सापकोटा  र बालकुमारी सापकोटालाई आमन्त्रित सदस्यमा मनोनयन गरिएको प्रबक्ता तुलाराम खत्रीले जानकारी दिए ।

यस्तै क्षेत्रीय कार्यसमितिले कृष्णबहादुर पुन मगर संयोजक रहेको १७ सदस्यीय आदिवासी जनजाती शाखा, ध्रुब आचार्य संयोजक रहेको ११ सदस्यीय अभिलेख अनुगमन तथा मूल्यांकन शाखा, बलराम शर्मा संयोजक रहेको ७ सदस्यीय अन्य पार्टी समन्वय शाखा, अम्मरबहादुर बुढाथोकी संयोजक रहेको १४ सदस्यीय कृषि तथा किसान समन्वय शाखा, नमिता रावत संयोजक रहेको १५ सदस्यीय महिला शाखा, जयश्वर पौडेल संयोजक रहेको १४ सदस्यीय प्रशिक्षण शाखा, खुमबहादुर बस्नेत संयोजक रहेको १५ सदस्यीय स्थानीय तह समन्वय शाखा, तुलाराम खत्री संयोजक रहेको १६ सदस्यीय सूचना, सञ्चार तथा प्रसारप्रसार शाखा, बजारु थारु संयोजक रहेको १७ सदस्यीय थारु जाती समन्वय शाखा, अमृतप्रसाद पौडेल संयोजक रहेको १३ सदस्यीय उद्योग बाणिज्य तथा व्यापार शाखामा १२ जना र दिपेन्द्र उप्रेति संयोजक रहेको १७ सदस्यीय युवा तथा तरुण शाखा विस्तार गरेको प्रबक्ता खत्रीले जानकारी दिए ।  

क्षेत्र नम्बर १ ले आज संगठन विस्तार तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम गरेर सल्लाहकार, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य र शाखा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेको हो । क्षेत्रीय सभापति केसीको सभापतित्व एवम् केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेश कार्यसमिति सदस्य टेकनारायण भुसाल र अञ्जना पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य बाल्मिकीले संगठनलाई गतिशील र चलायमान बनाउन सम्पूर्ण पार्टी पंक्ति क्रियाशील हुनुपर्नेमा जोड दिए । उनले पार्टीका विभिन्न तह र तप्कामा जिम्मेवारी पाएका व्यक्तिहरुले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा जिल्ला उपसभापति कृष्ण कार्की, महासमिति सदस्य चिन्तामणि धिताल, प्रदेश सभा १ (२) का सभापति बलराम शर्मा, प्रदेशसभा १(१) का कार्यवबहाक सभापति अम्मरबहादुर बुढाथोकी, महाधिवेशन प्रतिनिधि भानुभक्त भट्टराई र संगिता थारु, कोहलपुर नगर सभापति बिरेन्द्रकुमार शाह, राप्तीसोनारी सभापति भिमबहादुर राना क्षेत्री, पूर्व क्षेत्रीय सभापति रामचन्द्र मौर्य, पूर्व महाधिवेशन प्रतिनिधि तुलसीराम थारु लगायत अतिथिको उपस्थिति रहेको थियो ।

 


प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १९:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP