prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनी र गण्डकी प्रदेश छाड्न नेकपा एमालेको अझै आनाकानी
लुम्बिनी र गण्डकी प्रदेश छाड्न नेकपा एमालेको अझै आनाकानी
banijya office
बागेश्वरी पोस्ट
सोमबार, चैत २७, २०७९ बागेश्वरी पोस्ट
लुम्बिनी र गण्डकी प्रदेश छाड्न नेकपा एमालेको अझै आनाकानी

नेपालगन्ज । दुई प्रदेशमा समीकरण बदलिँदा समेत अझै नेकपा एमालेले गण्डकी र लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनलाई सत्ता हस्तान्तरण गर्न आनाकानी गरिरहेको छ । दुवै प्रदेशमा एमाले अल्पमतमा परिसकेको भए पनि मुख्यमन्त्री खगराज अधिकारी र लिला गिरीले राजीनामा नदिई असहज परिस्थिति बनाएका कारण सत्ता सत्ता गठबन्धन दल दुई प्रदेशमा सरकारविहीन भएका छन् । 

nepalgunj 081-082

२७ पुसदेखि शुरु भएको कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सत्ता सहकार्य आइतबारदेखि समाप्त भएको छ । आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएसँगै एमाले–माओवादीबीचको सहकार्यमा पूर्णविराम लागेको छ । तर, गण्डकी र लुम्बिनीमा यस्तो परिस्थिति बनेको छैन । 

गण्डकीमा पहिलो दल नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका एक जना सांसद छन् । तर, एमालेमा अधिकारी मुख्यमन्त्री रहेका छन् । 

माओवादी र राप्रपाले यसअघि नै सरकार छाडिसकेका छन् । यहाँ कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने थियो । अहिलेसम्म बन्न सकेको छैन । 

यता लुम्बिनीमा एमालेसँग २९, कांग्रेससँग २७, माओवादीसँग १०, राप्रपा र नागरिक उन्मुक्तिसँग ४–४, जसपा र जनमतका ३–३ जना सांसद छन् । प्रदेशमा दोस्रो रहेको कांग्रेसले एमालेबाट सरकार खोस्न सकेको छैन ।

यहाँ गठबन्धन दलहरुको स्पष्ट बहुमत पुग्छ । लुम्बिनीमा माओवादी केन्द्रले पनि सरकारको नेतृत्व दाबी गरेको छ । प्रदेश सभाका १० दलमध्ये माओवादी केन्द्र १० सांसदसहित तेस्रो ठूलो दल हो । तर, त्यहाँ कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरिएको छ । 

यता कर्णालीमा एमाले १० पुसको समीकरण अनुसार २७ पुसमा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मालाई समर्थन गर्दै सरकारमा सहभागी भएको थियो । एमालेबाट विनोदकुमार शाहले २८ पुसमा मुख्यमन्त्री शर्मासँगै शपथ लिएर दलको प्रतिनिधित्व गरेका थिए । यद्यपि उनी ११ माघसम्म बिना विभागीय मन्त्री भएर बसे । ११ माघमा मात्रै मन्त्रीमण्डलले पूर्णता पाएको थियो ।

आइतबार एमालेका तर्फबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा दिएपछि त्यहाँ नयाँ सरकार बन्ने वा यही सरकारमा कांग्रेस सहभागी हुने बाटो खुलेको छ ।  

राष्ट्रिय राजनीतिमा चुनावी गठबन्धन ब्युँतिएसँगै मुख्यमन्त्री शर्माको सहजताका लागि राजीनामा दिएको एमालेले जनाएको छ । कर्णालीमा एमाले लोकप्रिय पार्टी रहे पनि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्न सकिरहेको छैन । 

०७४ मा २० सिटसहित पहिलो दल बन्दा समेत नेतृत्वको अवसर नपाएको एमाले यो पटक १० सिटमा खुम्चियो । १० पुसमा एक खालको समीकरण बनेपछि सत्तामा जाने अवसर त प्राप्त गर्यो तर नेतृत्वको अवसर प्राप्त गरेन । 

उता मधेस प्रदेशबाट एमाले बाहिरिएको छ । उपनिर्वाचनमा जसपालाई असहयोग गरेको भन्ने भित्री अभियोगमा जसपामा मुख्यमन्त्रीले एमाले मन्त्रीहरुलाई निकाल्ने तयारी गरेपछि एमाले सरकारबाट बाहिरिएको हो ।

बागमतीमा एमाले बाहिरिइसकेको छ । बागमतीमा कांग्रेस सहभागी भएको छ । कांग्रेसबाट आइतबार बहादुरसिंह लामा र तीर्थबहादुर लामा मन्त्री बनेका छन् । 

कोशी प्रदेशमा भने एमाले बलियो रहेकाले त्यहाँबाट तत्कालै सरकार अर्कोतर्फ मोडिने संभावना निकै कम रहेको छ ।


प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ०९:२१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP