prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • तुलसीपुर एयरपोर्टको बिस्तारका साथै कोइलाबास नाका संचालनमा ल्याउन सांसद दीपक गिरीको माग
तुलसीपुर एयरपोर्टको बिस्तारका साथै कोइलाबास नाका संचालनमा ल्याउन सांसद दीपक गिरीको माग
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत २७, २०७९ बागेश्वरी पोस्ट
तुलसीपुर एयरपोर्टको बिस्तारका साथै कोइलाबास नाका संचालनमा ल्याउन सांसद दीपक गिरीको माग

काठमाडौं । दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद दीपक गिरीले  सरकारको ध्यानाकर्षण गराएका छन् । नेपालको पुरानो मध्येको एक टरिगाउँ विमानस्थलमा नियमित जहाज चल्न सकेका छैनन् ।

जसका कारण दाङ लगायत त्यो क्षेत्रका पहाडी जिल्लाका यात्रुहरू नेपालगन्ज वा भैरहवा पुग्न बाध्य छन् । यो विमानस्थल २०११ सालदेखि नै सञ्चालनमा थियो । तर, जहाजहरू भने नियमित छैनन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले विमानस्थलको विस्तार, सुदृढीकरण र नियमित जहाज सञ्चालनका लागि आवश्यक व्यवस्था गर्न र आगामी बजेटमा विमानस्थलका लागि बजेट विनियोजन गर्न पनि माग गरे ।

‘यो विमानस्थलको रनवे विस्तार र हवाई सेवा नियमित बनाउका लागि आगामी बजेटमा यथोचित व्यवस्था गर्न म सरकारसँग अपिल गर्दछु’ उनले भने ‘यो विमानस्थल नियमित सञ्चालनमा आयो भने पश्चिम नेपालका आम नागरिकलाई धेरै सेवा सुविधा पुग्नेछ ।’ उनले त्यो विमानस्थललाई नेपालगन्ज विमानस्थलको विकल्पका रुपमा विकास गर्न सकिने पनि बताए । उनले पटक पटक बजेट योजनामा राखिए पनि विमानस्थलको विस्तार र सुदृढीकरण हुन नसकेको भन्दै अब जनतालाई ढाँट्ने काम नगर्न पनि सरकारसँग आग्रह गरे।

त्यस्तै उनले दक्षिणी दाङमा रहेको कोइलाबास नाका सञ्चालनमा ल्याउन पनि माग गरे । त्यसका लागि भारत सरकारसँग पहल गर्न उनले प्रधानमन्त्रीलाई आग्रह गरे । ‘केही दिनभित्रै प्रधानमन्त्रीको भारत भ्रमण सुरु हुँदैछ । त्यसक्रममा दाङको कोइलावास नाका सञ्चालनका लागि भारत सरकारसँग पहल गर्नुहुन आग्रह गर्दछु,’ गिरीले भने ।

कुनै बेला नेपालकै प्रमुख भन्सार नाका मानिने कोइलाबास नाका करिब पाँच दशकदेखि बन्द अवस्थामा छ । पश्चिम नेपालको एउटा प्रमुख आर्थिक केन्द्र बनेको कोइलाबास र पूर्वपश्चिम राजमार्ग अहिले पिच बाटोले जोडिइसकेको छ ।

‘त्यो नाका किन बन्द भयो ? कुनै बेला पश्चिमका जनताले नुन र सुनको व्यापार गरेर देशको प्रमुख आर्थिक केन्द्र बनेको कोइलावास नाका सञ्चालनमा ल्याउन सरकारले आवश्यक पहल गरोस्’ उनले भने ‘भारत भ्रमणका क्रममा प्रधानमन्त्रीज्यूले त्यो कुरा प्रमुखता दिएर उठाउनुपर्छ।’ यो नाका सञ्चालन भए पूरै लुम्बिनी प्रदेशका जिल्लाहरूमा सामान आयात निर्यातका लागि छोटो दूरी कायम हुनसक्छ ।

त्यस्तै उनले प्रतिनिधिसभाको बैठकमा जनप्रतिनिधिले उठाएका सवालहरूको जवाफ दिनुपर्ने पनि बताए । ‘हामी जनप्रतिनिधिले विशेष समय लिएर जनताका धेरै समस्याहरू राखेका हुन्छौं । देशको चिन्ता गरेका हुन्छौं । तर, त्यसको जवाफ कसले दिने हो ?’ उनले भने ‘सरकारका तर्फबाट सांसदहरूलाई जवाफ दिनका लागि नियमित जिम्मेवारी तोकिनुपर्छ ।’

 


प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP