prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, कात्तिक २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • आफुलाई कारबाही भए रविको कोर टिमको रहस्य खोलिदिने ढाकाको धम्की
आफुलाई कारबाही भए रविको कोर टिमको रहस्य खोलिदिने ढाकाको धम्की
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत २९, २०७९ बागेश्वरी पोस्ट
आफुलाई कारबाही भए रविको कोर टिमको रहस्य खोलिदिने ढाकाको धम्की
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कारबाही गरे रवि लामिछानेको ‘कोर टिम’ को रहस्य खोलिदिने बताएका छन् । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएपछि विवादमा आएका श्रेष्ठले पार्टीले गठन गरेको छानबिन समितिलाई बयान दिने क्रममा यस्तो बताएको स्रोतले जनाएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भनाइलाई आधार मान्ने हो भने रविको कोर टिममा दीपक बोहोरा, निकिता पौडेल र डोरप्रसाद अर्याल रहेका छन् । प्रसाईँको रवि लामिछानेको तर्फबाट सबै प्रकारको ‘आर्थिक डिल’ उनीहरुले गर्दै आएका छन् । 

पार्टीले गठन गरेको समितिले मंगलबार सांसद श्रेष्ठसँग करिब दुई घण्टा छलफल गरेको थियो । बयानका क्रममा उनले आफूलाई फसाउन षड्यन्त्र भएको र यस्तो बेला पार्टीले पनि अप्ठेरो पार्ने हो भने कोर टिमसहित अन्य विषयहरु पनि खुलाइदिने धम्की दिएका छन् । 

सो कुरा छानबिन समितिमा रहेका व्यक्तिहरुले रवि लामिछानेलाई सुनाइसकेका छन् । आफूलाई पार्टीकै मान्छेहरु मिलेर फसाउन खोजिएको आरोपसमेत लगाएका छन् । 

समितिका पदाधिकारीहरूले अडियोमा भनिएजस्तो ‘कोर टिम’ के हो रु त्यसमा को–को छन् र त्यसले कसरी काम गर्छ लगायतका प्रश्न गरेको तर श्रेष्ठबाट सार्वजनिक गर्ने तर छानबिन समितिलाई नबताउने बताएको स्रोतले जनाएको छ । 

समितिले मंगलबार नै रविलाई ई–मेलमार्फत प्रतिवेदन बुझाइएको छ । श्रेष्ठले त होइन मेरो आवाज होइन, यो सबै क्यारिकेचर हो, यसमा विस्तृत अनुसन्धान होस् अनि कारबाही सजाय गरिपाउँ भनेका थिए । तर आयोगले उनलाई कारबाहीको सिफारिस गरेको छ । 

रास्वपाको अनुशासन तथा आचरण समितिको संयोजक भरतमणि देवकोटा छन् । सदस्यमा अधिवक्ता यज्ञमणि न्यौपाने, रमाकान्त रिमाल र रामहरि सुवेदी छन । उनीहरुले श्रेष्ठलाई बयान लिएका थिए ।

गत माघ १ मा प्रसाईंसँगको फोन संवादमा श्रेष्ठले पार्टीभित्र पैसा माग्ने कोर टिम रहेको बताएका थिए । २ करोड दिए कोर टिमले आफूलाई मन्त्री बनाउने तत्काल १ करोड दिइहाल्नुपर्ने भन्दै उनले प्रसाईंसँग भविष्यमा काम गरिदिने भन्दै पैसा मागेका थिए । 

कोर टिमबारे उनले फोन संवादमा भनेका थिए, ‘मुकुलजी (महामन्त्री ढकाल) लाई त्यति थाहा नभएको बताएका थिए ।

आज गर्दै टुंगो 

रास्वपाले आज श्रेष्ठका बारेमा टुंगो लगाउँदै छ । सभापति रवि लामिछानेले हिजै आज टुंगो लगाउने बताएका थिए । उनी चितवन २ बाट उपनिर्वाचनका उम्मेदवार हुन् । चुनावको मुखमा आएर आफू बदनाम हुने देखिएपछि उनले कुनै पनि हदसम्म जान सक्ने बताइसकेका छन् । 

उनले कुहिएको आलु बोराबाट हटाउन आफूलाई पनि आउने प्रतिक्रिया दिइसकेका छन्। उनले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहार्नेसमेत बताइसकेका छन् । 

अब उनले श्रेष्ठलाई पार्टीबाट हटाउँछन् कि बदनाम सहेर बस्छन् भन्ने पाटो महत्वपूर्ण हो । 

त्यस्तै ढाकालाई कारबाही गर्न हुन्न भन्ने पक्षमा पार्टीभित्रै मतभेद रहेको छ । रवि कारबाही गर्ने पक्षमा रहेका छन् भने उपसभापति डोलप्रसाद कारबाही गर्नुहुन्न भन्ने पक्षमा छन् । हाम्राकुराडटकमबाट साभार


प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP